फुर्सदको समय कटाउने थलो टुँडिखेल सिकाइ केन्द्रमा परिणत

सिधाकुरा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाद्वारा टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा युवाको आकर्षण देखिएको छ । सीप सिकेर रोजगार हुने उद्देश्यले सयौँको सङ्ख्यामा युवाहरु सीप सिक्न दैनिक आइरहेका छन् । यहाँ सीप सिक्न धेरै जिल्लाका युवाले फाराम भरेको आयोजकले जनाएको छ ।


‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने नाराका साथ काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सीप मेलाको आयोजना गरेको थियो । एक महिनामा दुई हजार ८१ जनालाई निःशुल्क तालिम दिने लक्ष्यसहित सीप मेला आयोजना गरिएको हो । सीप सिक्न सयौँ युवा दैनिक आउन थालेपछि अहिले टुँडिखेल भरी भराउ हुने गरेको छ । फुर्सदको समय कटाउने थलोका रुपमा रहेको टुँडिखेललाई सीप मेलाले सिकाइको केन्द्रमा परिणत गरेको सीप सिक्न आएका दोलखाका प्रजय गोलेले बताए । उनले भने, “सीप मेला सुरु भएपछि अहिले यहाँको रौनक फेरिएको छ, मैले पनि कम्प्युटर हार्डवेयर र नेटवर्किङ सिक्दै छु ।”

एक महिनासम्म सञ्चालन हुने सीप मेलामा सिकर्मी, प्लम्बिङ र प्राविधिकलगायत १० क्षेत्रमा ३० प्रकारका सीप निःशुल्क सिकाइरहेको काठमाडौँ महानगरपालिकाका सहरी योजना सदस्य एवं सीप मेला निर्देशक समिति सदस्य शैलेन्द्र झाले बताए । “सीप मेलामा हामीले सूचना प्रविधिको क्षेत्रमा डिजिटल मार्केटिङ, कम्प्युटर हार्डवेयर र नेटवर्किङ, ग्राफिक डिजाइन र सिसीटिभी क्यामेराबारे सिकाउन थालेका छौँ”, उनले भने, “हस्पिटालिटी क्षेत्रमा पाक कला, बेकरी, बरिस्टा, बार्टेन्डिङ, वेट्रेसिङ सिकाउँदै छौँ ।”

मेलामा अटो मोबाइल्स क्षेत्रमा विद्युतीय कार मर्मत, विद्युतीय मोटरसाइकल र स्कुटर मर्मत, विद्युतीय अटो, अटो एअर कन्डिसन मर्मतको सीप सिकाउने गरिएको छ । त्यसैगरी, कला र संस्कृति क्षेत्रमा कला र स्कल्प्चरको तालिम दिइनुका साथै निर्माण क्षेत्रमा सिकर्मी, इलेक्ट्रिसियन, टाइल, मार्बल फिटिङ र प्लम्बिङजस्ता व्यावहारिक सीप सिकाइएको झाले जानकारी दिए।

मेलामा सीप सिक्नका लागि यही वैशाख १५ गतेसम्म कूल छ हजार चार सयले फाराम भरेका थिए । अहिले पनि फाराम भर्नेको दिनहुँ भीड लागेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरद्वारा सञ्चालित रोजगार आयवृद्धि गौरवको आयोजना भएकाले सीप मेला भइरहने आयोजकले जनाएको छ ।

सीप मेला निर्देशक समिति सदस्य झाका अनुसार टुँडिखेलमा सीप मेलामा अहिले गार्मेन्टतर्फ टेलरिङ, ड्रेसमेकिङ र फेसन डिजाइन, ब्युटिसियन अर्थात् शृङ्गार क्षेत्रमा मेकअप आर्ट, नेल आर्ट, आइलेस आर्ट, कपाल काट्ने तालिम स्टाइलिङ र सैलुनको सीप सिकाइँदैछ । त्यसैगरी, मेकानिकलतर्फ फ्रिज र एसी मर्मत तालिम, वेल्डिङ तालिम, डिजाइन क्षेत्रमा साइन मेकिङ र पुरोहित क्षेत्रमा पुरोहित अध्ययन तथा ज्योतिष शास्त्रको सीप सिकाइएको छ ।

मेलाले सीप प्राप्त गर्न र नयाँ अवसर खोज्न अवसर दिएको निःशुल्क सीप सिकिरहनु भएका दार्चुलाका मणिराम धामीले बताए । “कतिपय तालिमहरु हामीले पैसा तिरेर पनि पाउन सकेका थिएनौँ, यहाँ आएर निःशुल्क रुपमा सिक्न पाएका छौँ, हाम्रो लागि यो नै ठूलो कुरा हो, सीप सिकेर हामी रोजगार बन्ने छौँ”, उनले भने ।

मेलामा सीप सिक्न आएकामध्ये अधिकांशले सोसल मिडिया मार्केटिङ, मोबाइल मर्मतलगायत प्राविधिक क्षेत्रमा चासो देखाएका छन् । तालिम पाएका सबैलाई स्वरोजगार वा ओजेटी (अन द जब ट्रेनिङ) सुनिश्चित गरिएकोे छ । 

विदेशमा हस्पिटालिटी क्षेत्रमा राम्रो अवसर भएको र नेपालमा पनि राम्रा होटल, रेष्टुँरा, क्याफेमा पाक कलामा निपुणता भएकाको हस्पिटालिटी क्षेत्रमा माग बढी भएकाले होटल व्यवस्थापनका शिक्षक तथा सीप मेलाका बेकरी प्रशिक्षक निरञ्जन मानन्धरले जानकारी दिए । सीप मेलामा सीप सिक्न इच्छुक सबैले नागरिकताको प्रतिलिपिसँगै आवेदन फारम भर्नुपर्ने तथा त्यसपछि बिहान, दिउँसो र बेलुका आफ्नो समयअनुसार तालिम लिने समय छान्न सकिने व्यवस्था छ ।

उच्च माग भएका क्षेत्रमा निःशुल्क तालिम उपलब्ध गराएर महानगरले नागरिकलाई रोजगार बजारमा प्रतिस्पर्धा गर्न आत्मविश्वास र योग्यता प्रदान गर्ने क्षमताको विकास गर्न थालेको काठमाडौँ महानगरका प्रशिक्षण तथा मेला संयोजक देवेन्द्र केसीले बताए । उनले भने, “निःशुल्क सीप तालिम प्रदान गरेर महानगरले बेरोजगारलाई रोजगारीको अवसर दिन र आर्थिक वृद्धिमा योगदान पु¥याउन सशक्त बनाउँदैछ, बेरोजगारका लागि यो राम्रो अवसर हो ।” चालु आर्थिक वर्षमा १५ हजारलाई सीपमूलक तालिम दिने र पाँच हजारलाई रोजगारी दिने महानगरपालिकाको लक्ष्य छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....