राजश्व इतिहासकै ठूलो कर चुहावट मुद्दा, तीन दर्जन बढी राजश्व अधिकृतमाथि पनि भ्रष्टाचारमा अनुसन्धान गर्ने निर्णय

नवीन ढुंगाना

काठमाडौँ । राजश्व अनुसन्धान विभागले गत साउनमा विमानस्थलबाट बाहिरिएको १५५ किलो ब्रेक सु सहितको सुन बरामद गर्यो । साउन २ गते राति बरामद भएको सुन प्रकरणको अनुसन्धानका क्रममा विभागको गति र कामले प्रधानमन्त्री कार्यालय मातहतको उक्त विभागको सर्वत्र प्रशंसा भयो ।

राजश्व चुहावट र तस्करीबारे काम गर्ने उक्त्र विभागबाट सुनको अनुसन्धान अधुरो मै खोसियो । दशककै सबै भन्दा ठूलो आर्थिक अपराध हुनसक्ने ठानिएको सुन तस्करी अनुसन्धान खोसिएपछि हिस्स बनेको विभागलाई एउटा अर्को ठूलो सूचनाले पछ्यायो । 

कोही सूचकले विभागका अधिकारीलाई सुन जत्रै ठूलो आर्थिक अपराधमा विभागले अनुसन्धान गर्न सक्ने बतायो । नेपालका आन्तरिक कर कार्यालयहरूकै डेटिङमा एक  अमेरिकी कम्पनीको नेपालमा रहेको सहायक कम्पनीले झण्डै २० वर्षदेखि भ्याट र आयकर छलेको सूचनामा भनिएको थियो ।


 

सूचनाको प्रारम्भिक प्रशोधनपछि विभागका महानिर्देशक नवराज ढुंगानाले अनुसन्धानअघि बढाउने निर्णय गरे । लगत्तै विभागले विभागका निर्देशक उपसचिव केदार कोइरालालाई अनुसन्धान अधिकृत तोक्यो र अनुसन्धान अघि बढ्यो । 

७ महिना लामो अनुसन्धान पछि चैत १५ गते विभागले आफ्नो सबै अनुसन्धान टुङ्ग्यायो र कोटिभिटि नेपाल प्रा‍. लि. हात्तीसार काठमाडौँले ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ भ्याट र आयकर छली गरेको निष्कर्षमा पुग्यो ।

जुन कम्पनी अमेरिकाको ख्यातिप्राप्त सफ्टवेयर निर्माण कम्पनी कोटिभिटी इंकको सहायक कम्पनी हो । जसको कम्पनी भारत लगायतका विभिन्न देशमा छ । 

राजश्व इतिहासकै ठूलो चुहावट मुद्दा

आर्थिक वर्ष २०६१ र ६२ मा भेरिस्क हेल्थ इंक नामक कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौँमा दर्ता भयो । दर्ता भएको पहिलो वर्ष २ करोड ५० लाखको कुल कारोबार गरेको कम्पनी राजश्व अनुसन्धान विभागको अनुसन्धान दायरामा आइपुग्दा अघिल्लो आर्थिक वर्ष २०७९ र ८० मा एक सय करोड रुपैयाँको कारोबार गरेको पाइएको छ। 

नेपालमा स्थापना भएको १० वर्ष पछि कम्पनीले शेयर स्वमित्व परिवर्तन गर्न सुरु ग¥यो । शेयरधनी दर्ता किताबअनुसार भेरिस्क इन्फर्मेसन टेक्नोलोजिज् प्र. लि.को नाममा मिति २०७१/ ०९ /०६ मा शेयरधनी दर्ता किताबमा डिटु हकाई, इंक, मिति २०७१ / १२/ १३ मा शेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इंक र मिति २०७२/ ०३ /०४ मा शेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इंक नाममा शेयर वृद्धि उल्लेख थियो । भर्सेन्ड टेक्नोलोजिज् प्रा लिको नाममा मिति २०७५/०२ /३० मा शेयरधनी दर्ता किताबमा भर्सेन्ड टेक्नोलोजिज् इंक उल्लेख भएको, कोटभिटी नेपालको नाममा मिति २०७६/०५ / २६ मा शेयरधनी दर्ता किताबमा कोटिभिटी इंक उल्लेख भएको देखियो ।

विभागकाअनुसार पटक पटक शेयर धनी परिवर्तन हुँदा पनि नेपालमा रहेको कम्पनीले यो सूचना लुकायो । यस्तै, हरेक वर्ष करोडौँले बढिरहेको निर्यात कारोबारमा पनि कम्पनीले भ्याट छलेको देखियो । 

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार सो कम्पनीले शेयर स्वामित्व परिवर्तनको सूचना लुकाएर आयकर ४१ करोड ६४ लाख १७ हजार ९६५ रुपैयाँ र मूल्य अभिवृद्धि कर (भ्याट)  ४ अर्ब ७६ करोड ५८ लाख ४३ हजार ३३५ रुपैयाँ  राजश्व चुहावट गरेको पुष्टि भयो । 

लामो अनुसन्धान सकेर मुद्दा चलाउने निर्णय गरेपछि १६ चैतमा विभागले उच्च सरकारी वकिल कार्यालय पाटनलाई रायका लागि मुद्दा बुझाएको थियो । जसमा चुहावटको दोब्बर अर्थात कुल १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ माग दावी गरिएको छ । महानिर्देशक ढुंगानाकाअनुसार राजश्व अनुसन्धान विभागले एउटै फर्म विरुद्ध मुद्दा दायर गरेर माग दाबी गरेको यो हालसम्मकै ठूलो दाबीको रकमको मुद्दा हो । 

नेपाल र नेपालीलाई तलब मात्रै  

राजश्वको अनुसन्धानमा देखिए अनुसार यो कम्पनीको २० वर्षे नेपाल बसाइमा नियतै राखेर कर छली गरेको देखिन्छ। अनुसन्धान अधिकारीहरूकाअनुसार कम्पनी नेपालमा गैर नाफामूलक जस्तो मात्रै देखिएको छ । ‘एक आर्थिक वर्षमा एक अर्ब बढीको सफ्टवेयर निर्यात गरेको कम्पनीले नेपालमा कुनै कर र दायित्व भने पुरा गरेको देखिएको छैन्’ विभागका एक अधिकारी भन्छन्, ‘कम्पनीको कारोबारबाट नेपालमा तलब र कम्पनी सञ्चालन खर्च बाहेक अरु कुनै आर्थिक दायित्व नै देखिएको छैन् ।’ 

कुल कारोबारको ८२ प्रतिशत हाराहारी तलब र कम्पनी सञ्चालनमा खर्च गरेको सो कम्पनीले अमेरिकामा रहेका कम्पनीका प्रमुखहरूलाई समेत करोडौँ रुपैयाँ तलब खुवाउने गरेको अनुसन्धानमा देखिएको छ ।

विभागकाअनुसार नेपालमा दर्ता भएकामध्ये सबै भन्दा ठूलो उक्त सफ्टवेयर कम्पनीमा ६५० जना इन्जिनियरहरू कार्यरत छन् । काठमाडौं महानगर पालिका ४ हात्तीसारको  साःख भवनमा उक्त कम्पनीको कार्यालय रहेको छ ।  

कर छलिमा सरकारी निकायकै सहयोग

कोटिभिटि नेपालले स्वामित्व परिवर्तन गरेको पुष्टि भए पनि राजश्वले पटक पटक ताकेता गर्दा उसले कुनै कागजात बुझाएन । जब विभागले बल लगायो तब केही साह्रै कमसल  र धमिलो देखिने कागजात विभागलाई प्राप्त भयो ।

उक्त कागजातका आधारमा थप स्रोतबाट प्रमाणीकरण गर्दा सरकारी अभिलेखमै भ्याट र स्वामित्व परिवर्तन हुँदा आयकरको विवरण पेश नगरिएको विभागले फेला पा¥यो । करोडौँ रुपैयाँ कर छुट नदिइएकोबारे विभागले बुझ्दा मातहतका आन्तरिक राजश्व विभाग मातहतका कर अधिकारीहरूले नेपालमा विदेशी मुद्रा भित्र्याइरहेको भन्दै कम्पनीलाई करको दायरामा नल्याइएको पाइएको विभागका अधिकारीहरू बताउँछन् । 

‘आन्तरिक राजश्व कार्यालय र विभागका अधिकारीहरूले सहुलियत दिइएको अनुसन्धानमा देखियो,’ स्रोतले भन्यो । विभागको अनुसन्धानमा देखिएको कैफियत टेकेर सरकारी वकिल कार्यालय उच्चले आन्तरिक राजश्व कार्यालय र विभागका तीन दर्जन अधिकारीहरूलाई कारबाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय गरेको छ । 

कर असुल हुनु पर्नेमा नियतबस कर असुल नगरी भ्रष्टाचार गरिएको देखिएको अभियोग पत्रमा उल्लेख छ । अनुसन्धान अधिकारीहरूकाअनुसार २०७० यता आन्तरिक राजश्व कार्यालय टङ्गाल र विभागको नेतृत्व गरेका देखि उच्च अधिकारीहरू यो कर छलिमा संलग्न रहेको देखिएको छ । उनीहरु सबै विरुद्ध थप अनुसन्धान गरेर भ्रष्टाचार मुद्दा चलाउन सरकारी वकिल कार्यालय उच्चले निर्णय गरेकाे छ ।

प्रतिक्रिया

  • भुपालराज खतिवडा 7 months ago
    समाचार त प्रसारण भयाे, चुहावट भएकाे रकम हेर्दा मुलुककाे बार्षिक बजेट हाराहारीमा देखियाे तर सरकारले कार्बाहि गर्छ कि नगर्ला ! मुलुक भित्र देखिएका डरलाग्दा भ्रष्टाचार काण्डहरु र त्यस प्रति सरकारकाे अाँखा चिम्लाइ हेर्दा याे कम्पनी लाई र्बाहि हाेला भन्न सकिने अाधारहरु देखिन्छ र ?

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....