राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफू र राष्ट्रिय स्वतन्त्र पार्टीको टिम स्वास्थ्यकर्मीसहित भूकम्प प्रभावित जिल्ला जाजरकोट जान लागेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तानसेन भेलालाई सम्बोधन गर्न पाल्पा पुगेका सभापति लामिछानेले फेसबुक लाइभ गरेर भूकम्पले देश रुवाइरहेको बेला आफूहरुले पनि भेलालाई स्थगित गरेर उपचार र उद्धारमा सहयोग गर्नका लागि जाजरकोट जाने बताएका हुन् ।
उनले आफू पाल्पामा रहेको र त्यहीँबाट जाजरकोट प्रस्थान गर्ने साथै रास्वपाका केन्द्रिय टिम स्वास्थ्यकर्मीको टिमसहित काठमाडौँबाट जाजरकोट प्रस्थान गर्ने तयारी रहेको उनले बताए ।
त्यस्तै उनले पार्टीका सदस्यहरुलाई समेत प्रशासनसँग सहकार्य गरेर उद्धार कार्यमा खट्न आग्रह गरेका छन् ।
गयराती जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परि हालसम्म जाजरकोट र रुकुमपश्चिमका १२० बढीको मृत्यु भएको छ ।