२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले आज भन्सार जाँचपास बन्द गरेका छन् । सुन तस्करी प्रकरणमा आफूहरुमाथि बिभिन्न निकायले अनावश्यक धरपकड गरेको उनीहरु आक्रोसित छन् ।
भन्सार कार्यालयका कर्मचारीले बिभिन्न आन्दोलनका कार्यक्रहरु समेत घोषण गरेका छन् । सोही अनुसार हिजो आइतबार उनीहरुले ३ घण्टा पेन डाउन गरेका थिए । र आज उनीहरुले जाँचपास बन्द गरेका हुन् ।
६० किलो सुन प्रकरणमा अहिलेसम्म भन्सार कार्यालयका ६ जना कर्मचारी पक्राउ परेका छन् ।
उनीहरुल सुनको सेटिङ गर्ने माथिल्ला कर्मचारी तथा संलग्न शिर्ष व्यक्तिहरुलाई कुनै कारवाही नगरी कर्मचारीमाथि मात्र निरन्तर प्रहार भएको बताएका छन् । सोही कारण केही दिनअघि उनीहरुले भन्सार विभागका प्रमुखलाई पत्र लेख्दै १ सय ३७ जनाले सामूहिक सरुवा माग गरेका थिए । सो माग सम्बोधन नभएपछि उनीहरुले आइतबारबाट आन्दोलनका कार्यक्रम घोषण गरेका हुन् ।