सार्वजनिक बसमा सवार रविलाई यात्रुको प्रश्न, ‘यो स्टण्ट किन् ?’

सिधाकुरा

काठमाडाैँ । आइतबार दिउँसो १ बजेका लागि संसद्को बैठक आह्वान गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै सांसद र केन्द्रिय सदस्य ५ दिन अनिवार्य सार्वजनिक सवारी साधनको प्रयोग गर्ने अभियान चलाएका कारण सभापति रवि लामिछानेको गाडी पार्टी कार्यालय वनस्थलीमा थियो ।


अब उनलाई सार्वजनिक बस समातेर संसद् भवन नयाँ बानेश्वर पुग्नुपर्ने भयो । लामिछाने र उनका निजी सुरक्षा अधिकृत बिहान साँढे ९ बजे घरमा खाना खाएर महाराजगञ्ज बुढानीलकण्ठ सडकमा झरे । सडकमा केहीबेर बस कुर्नु पर्यो । फुटपाथमा निजी सुरक्षा अधिकृत (पीएसओ) सँगै उभिएका उनीलाई देखेर पैदलै हिँडेका र मोटरसाइकलमा आएका सर्वसाधारणहरूले बाटोमै रोकेर फोटो खिचे, कुराकानी गरे । 

केही बेरमा बुढानीलकण्ठ यातायातको बस आयो । सो बसमा रवि लामिछाने उक्लिए । बसमा सिट खाली थिएन, लामिछाने झ्यालकै छेउमा उभिए । उनीसँगै उभिने यात्रुहरू टन्नै थिए ।त्यसपछि सुरु भयो यात्रु र लामिछाने बीचको भलाकुसारी । 

बसमा उभिएका उनलाई एक महिलाले बस चढेर स्टन्ट देखाएको भनिन् । प्रश्न गर्ने महिला जाजरकोटकी पूर्व शिक्षिका थिइन् । उनले रवि लामिछानेलाई 'निजी गाडी थन्क्याएर सार्वजनिक बस चढेर के गर्न खोजेको ?' भनिन् । नेताहरूबाट आजित भएका जनताहरू प्रचारबाजीले मात्रै खुसी नहुने भन्दै उनले बस चढ्ने अभियानको जवाफ मागिन् । 


जवाफमा रास्वपा सभापति लामिछानेले आफूहरू जनतासँग प्रत्यक्ष साक्षात्कार गर्न र सार्वजनिक यातायातमा भएको दुःख संसद्‌मा उठाएर कानुन बनाउने अभियानमा लागेको जवाफ दिए । सार्वजनिक यातायातको क्षेत्रमा जनताको समस्या समाधान गर्न आफ्नो निर्वाचन क्षेत्रमा 'ब्लू बस' चलाएको प्रसङ्ग लामिछानेले ति पूर्व शिक्षिकालाई सुनाए । 

बसमा रहेकी अर्की एक यात्रु महिलाले हाँस्दै लामिछानेलाई प्रश्न गरिन, 'ल बताउनुस्, हामी चढ्ने बस किन चढ्नु भयो ?' जवाफमा लामिछानेले  भने, ‘भोट माग्न चुनावमा मात्रै होइन सबै जनताको साथ छौँ भन्न बस चढेको । भुइँ मान्छे हौँ, हामी भुइँ नछोडुँ भन्न चढेको । बसमा भएकाहरू गलल हाँसे ।’

महाराजगञ्जबाट चाबहिल हुँदै तीनकुनेतर्फ अघि बढिरहेको बसका चालक र सहचालकलाई यात्रुहरूले प्रश्न गरे, 'रवि लामिछानेले यो बस चढ्लान् भन्ने लागेको थियो ?,' चालकले भने 'सोचेकै थिइनँ ।’, सहचालकले थपे, ‘ह्या मत अचम्मै भइदिरा...’ 

बसमा एकपछि अर्का यात्रुले लामिछानेसँग संवाद गरे । कतिपय यात्रुहरूले बसमा महिला र बच्चाहरूलाई कार्यालय समयमा कठिन हुने गरेको गुनासो सुनाए । कतिपयले लामिछानेसँग फोटो र भिडियो खिचे । 


बस तीनकुने पुग्यो । रविले ओर्लिएर सहचालकलाई भाडा सोधे । उनले लिन अनकनाए । तर, रविले आफ्नो  पीएसओ सहितको भाडा तिरे ।  

त्यसपछि बानेश्वर संसद् भवन पुग्न उनलाई अर्को बस चढ्नु पर्ने भयो । त्यसका लागि उनीहरु जहाँ ओर्लिए, त्यहाँबाट बानेश्वरका लागि गाडी चढ्न उनीहरु पैदल हिँडेर पारीपट्टी गए । केही बेरको प्रतिक्षापछि उनीहरुले कोटेश्वरतर्फबाट आएको बस समाते । बसमा उनी चढ्ने बित्तक्कै फेरि सुरु भयो उनी माथि प्रश्नको वर्षा । 

रवि लामिछानेसँगै उभिएका एक पुरुष यात्रुले रवि लामिछाने सरकारमा जाँदाको दुई कार्याकालको समिक्षा गरे । आफुहरुले भोट हालेको पार्टीको नेता रवि भएको भन्दै ति यात्रुले रविलाई सरकारमा गएर गम्भिर गल्ति गरेको बताए ।  


उनले पहिलो पटक छोटो समय मन्त्री भएको भन्दै दोस्रो कार्याकाल फलदायी नभएको बताए । ‘जनताको कुन ठाउँमा तपाईंहरुलाई हुनुपर्थ्यो भनेको थियो, कहाँ हुनुभयो, तपाईंले बुझ्नु पर्छ,’ ति यात्रुले लामिछानेलाई सुझाव दिए । त्यो बसमा पनि एक महिला यात्रुले लामिछानेलाई जनताको मुद्दा नछोड्न सुझाव दिइन । रास्वपासँग जनताले धरै आशा गरेको भन्दै उनले संयमित भएर जनताको पक्षमा राजनीति गर्न सुझाव दिइन् । 

लामिछानेसँग बसमा भेटिएका विद्यार्थी,कर्मचारी तथा सर्वसाधरणले फोटो खिचे, कुराकानी गरे । त्यससपछि बानेश्वर चोकमा झरेर उनी संसद् भवन गए ।

संसद् सकिएपछि पुनः लामिछाने बानेश्वर चोक आए र बस चढेर रत्नपार्क ओर्लिए । रत्नपार्कबाट उनी बिजुलीबाट चल्ने माइक्रो बस चढेर हात्तिगौडास्थित घर फर्किए ।

प्रतिक्रिया

  • Sujan Dhakal 2 months ago
    राम्रो काॠ जनता सङ्ग केही समय बिताउनु पनि राम्रो हो

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....