इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका सबै नेपालीको शव पहिचान भएको छ ।
तेलअबिबस्थित नेपाली दुतावासका अनुसार सोमबार २ जना नेपालीको शवको समेत पहिचान भएपछी ज्यान गुमाएका सबै नेपालीको शब पहिचान भएको छ ।
अक्टोबर ७ मा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरुमध्ये मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साहको शव सोमबार पहिचान भएको हो ।
यस अघि आइतबार राजन फुलारा,प्रवेश भण्डारी र पदम थापाका शब पहिचान भएको थियो । यस अघि अन्य ५ जनाको शब पहिचान भएर नेपाल ल्याइसकिएको छ ।
पहिचान भएर स्वदेश ल्याउन बाँकी भएका ५ जनाको शब आवश्यक प्रक्रिया पुरा गरी यथाशीघ्र स्वदेश पठाइने दुतावासले जनाएको छ ।