काठमाडौँ । सिधाकुरा डटकमको कार्यकारी सम्पादकमा नवीन ढुंगाना नियुक्त भएका छन् । सिधाकुरा मिडिया नेटवर्क प्रालि सञ्चालक समिति बैठकले ढुंगानालाई कार्यकारी सम्पादकमा नियुक्त गरेको हो ।
सोमबार एक कार्यक्रमका बीच सिधाकुरा मिडिया प्रालिका अध्यक्ष युवराज कंडेलले ढुंगानालाई बालुवाटारस्थित सिधाकुराको कार्यालयमा स्वागत गरे । ढुंगाना एक दशक भन्दा लामो समयदेखि नेपाली पत्रकारितामा सक्रिय छन् ।
एभीन्युज टेलिभिजनबाट पत्रकारिता सुरु गरेका ढुंगानाले मेरोलगानी डटकम र अनलाइनखबर डटकममा लामो समय काम गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र आम सञ्चारमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेका ढुंगाना खोजी पत्रकारितामा रुची राख्छन् । सिधाकुरा मिडिया प्रालिको सम्पादकीय नेतृत्व ग्रहण गर्दै ढुंगानाले व्यवसायिक पत्रकारिताको धर्मलाई इमान्दारीताका साथ पालना गर्ने बताए ।
सिधाकुरा मिडिया प्रालिमार्फत सञ्चालनमा रहेको सिधाकुरा डटकमले गुणस्तरीय खोजमुलक समाचार प्रकाशन गरिरहेको र यसलाई कायमै राख्दै थप उचाईमा पुर्याउने ढुंगानाले बताए । ढुंगानाले भने, ‘व्यवसायिक पत्रकारीताको वास्तविक प्रयोग सिधाकुरामा हुने छ, खोजमुलक समाचार, तथ्य माथि विश्लेषण गर्न सिधाकुरालाई कसैको प्रभाव पर्ने छैन । नागरिक केन्द्रित सवाल हाम्रा प्राथमिकता हुने छन् ।’