घरबाट बिदा भएर दुबई उड्न काठमाडौँ आए, मेनपावर अघिल्लो राति नै भाग्यो

काठमाडाैँ । मरिण गाउँपालिका–१, सिन्धुलीका सुजन बम्जनलाई गत महिना साथीहरूले दुबईमा वैदेशिक रोजगारीको लोभ देखाए । राम्रो काम, धेरै आम्दानी र छिट्टै विदेश जान पाइनेगरी काम आएको भन्दै साथीहरूको सल्लाहमा बम्जनले सिन्धुली नै घर भएकी माया घलानलाई सम्पर्क गरे । मायाले पनि साथीहरूले भने जस्तै गरी सुजनलाई छिट्टै विदेश उड्न पाइने आश्वासन दिइन् र प्रक्रिया सुरु गर्न भनिन् ।  

मायाको कुरा पछि सुजन काठमाडौँ आए र सामाखुसीमा भएको बायोमेइ इन्टरनेशनल नामक कम्पनीमा मायासँगै गए ।  कम्पनीमा भेटिएकाहरुले  सुजनलाई आफूहरूले वर्षौँदेखि नेपाली युवालाई विभिन्न देशमा रोजगारीका लागि पठाउने गरेको भन्दै आकर्षक सेवा सुविधा भएको दुबईको कम्पनीमा पठाउने बाचा गरे । 

म्यानपावर कम्पनीले सुरुमा सुजनलाई ५० हजार रुपैयाँ लाग्ने बतायो । सोहीअनुरूप सुजनले आफूलाई कम्पनीसम्म पुर्याउने एजेन्ट मायाको बैंक खातामा ५० हजार रुपैयाँ जम्मा गरे र राहदानीसमेत उनैलाई दिए । पैसा र राहदानी बुझाएपछि उनी घर फर्किए । केही समयपछि मेनपावरबाट सुजनलाई स्वास्थ्य परिक्षण गर्न काठमाडौँ बोलाइयो । कम्पनीले भनेअनुरूप नै सामाखुसीको आशिर्वाद स्वास्थ्य सेवा क्लिनिकबाट ५ हजार ५ सय रुपैयाँ तिरेर सुजनले आफ्नो स्वास्थ्य जाँच गराए । त्यसको केहीदिन मै उनलाई अफर लेटर आएको बताइयो ।


दुबईको कम्पनीबाट भिसा आएका कारण घरबाट बिदाई भएर आउन भन्दै मेनपावर कम्पनीले सुजनलाई बोलायो । पुस १९ गते सुजन घरबाट बिदाइ भएर दुबई उड्न काठमाडौँ आए । कम खर्चमै वैदेशिक रोजगारीका लागि अवसर आएको भन्दै घरबाट बिदा भएर काठमाडौँ आएकै दिन सुजन मेनपावर रहेकाे  सामाखुसीकाे टाउन प्लानिङ पुगे । तर, पहिले कागजात बुझाउन मायासँगै गएको मेनपावरको कोठा खाली थियो । बोर्ड समेत पनि थिएन । वरिपरिका मानिसलाई मेनपावर कम्पनीबारे सोधखोज गरे । तर, स्थानीयहरुले अघिल्लो रात नै कम्पनी यहाँबाट उठाएर अन्तै लगिएको बताए । 

घरबाट माला लगाएर विदेश जान निस्किएका सुजन सामाखुसी टाउन प्लानिङको मेनपावर भागेको कोठा अघि थुचुक्कै बसे । ‘भोलीको उँड्ने टिकट छ भन्थे, तै पनि आजै भए पनि मेनपावर पुग्छु भनेर आएको दिन नै अफिस गएँ तर राति सबै उठाएर भागेछ,’ सिधाकुरासँग सुजनले आफ्नो व्यथा बिसाए, ‘अब कहाँ जाने परिवारलाई के भन्ने ?’ सुजनका अनुसार भागेको मेनपावर कम्पनीसँग सुजनको सक्कलै पासपोर्ट समेत छ ।  

घरबाट विदेश जान काठमाडौँ आएको एक हप्ता बित्दासमेत मेनपावर कम्पनी सम्पर्कमा नआएपछि उनी चिन्तित छन् । ‘ठगी गर्ने गिरोह पनि सम्पर्कमा आएन, परिवारले पैसा र राहदानी नलिई घर नफर्कनु भन्ने दबाब दिएका छन्,’ उनले भने । 

000

इन्द्रावती गाउँपालिका–८ सिन्धुपाल्चोकका सुवास बयलकोटीलाई दुबईमा ट्रली बोईको कामका लागि राम्रो अफर आएको बताए पछि उनी पनि बायोमेइ कम्पनीमा पुगे । एक हजार ९ सय २० दिराम (झण्डै ७० हजार) तलब हुने भन्दै उनीमार्फत ५० हजार र राहदानी लिइयो । सबै प्रक्रिया पूरा गरेका उनलाई कम्पनीले पुस २२ गते उडान भएको भन्दै काठमाडौँ बोलायो । तर, उनी काठमाडौँ आउनुअघि नै उक्त गिरोह फरार भइसकेको थियो ।

‘एक जना अंकल हुनुहुन्थ्यो, उहाँले १९ गते तपाईँको भिसा आयो, भिसा हेर्न आउनुस् भन्दै बोलाएका थिए । तर, काठमाडौं आउँदा अघिल्लो राति नै संचालकसहित सबै कर्मचारी फरार भइसकेका रहेछन्,’ सुवासले  सिधाकुरासँग भने ।


सुवासकै गाउँबाट अन्य साथीहरू पनि सोही कम्पनीमार्फत दुबई जानका लागि तयारी गरेका थिए  । उनीहरु सबैलाई फरक फरक मितिमा भिसा आएको बताउँदै काठमाडौँ बोलाएका कम्पनीका सञ्चालकहरू १८ गते नै फरार भएपछि उनीहरूको बिचल्ली भएको छ । ‘परिवारबाट बिदाइ भएर आएका छौँ,’ सुवासले भने, ‘फिल्मी शैलीमा लुटियौँ । पहिलो पटक विदेश जाने तयारी गरिएको थियो । तर, पहिलो प्रयासमै ठगिएँ ।’

सिधाकुराको कार्यालयमा आफू ठगिएको भन्दै आएका एक दर्जन युवाहरुकाअनुसार करिब २ सय जनाबाट सो गिरोहले एक करोड रुपैयाँ भन्दा बढी ठगी गरेर फरार भएको छ । १८ गते साँझ कार्यालय नै सारेर भागेको गिरोहले पैसा उठाएका र पासपोर्ट लिएका सबैलाई दुबई उड्न भन्दै १९ गते देखि २५ गतेसम्मको समय दिएको पीडितहरूले बताएका छन् । 

एजेन्टले उठाएका थिए २ सय जनासँग पैसा र पासपोर्ट
पीडित युवाहरुकाअनुसार दुबई जान राम्रो कम्पनीबाट अफर आएको कुरा सबै भन्दा पहिले एजेन्टहरूले बताएका थिए । छिट्टै काम हुने भन्दै आफूहरूसँग चिनेकै गाउँका मानिसहरूले पासपोर्ट र पैसा उठाएका थिए । काम हुनेमा शंका नगर्न भन्दै उनीहरुले जनही ५० हजारका दरले पैसा र पासपोर्ट पनि लिएको पीडितहरू बताउँछन् । 

सिन्धुपाल्चोक, सिन्धुली लगायतका जिल्लाका पीडितहरूले सिन्धुलीकी माया घलानलाई  मेनपावरमा बुझाउन पैसा र पासपोर्ट दिएका थिए । मायाको बैंक खाता र नगद नै पैसा दिएको पीडितहरूको दाबी छ । ‘हामीले पैसा एजेन्टको नाममा हालिदिएको हो । राहदानीसमेत एजेन्टलाई नै दिएका हौँ ।  संचालकहरुसँग हामीले भेटघाट नै गर्न पर्दैनथ्यो । अब संचालकहरु पनि को हुन्, केही थाहा छैन ।’ पीडित अर्का एक युवा बुद्धिसागर चौलागाईंले भने ।


पीडितसँगै सिधाकुरामा आएकी एजेन्ट (माया) ले पनि पीडितहरूको पैसा र पासपोर्ट कम्पनीलाई बुझाएको स्वीकार गर्छिन् । आफूले काम हुन्छ भनेर सहयोग गरेको तर आफूलाई समेत ठगेर कम्पनी फरार भएको भन्दै घलानले आफू पनि पीडित भएको दाबी गरिन् ।

आफूसँग कारोबार गरेको करिब २ दर्जन बढी युवाहरू यसैगरी ठगिएको भन्दै उनले बुझाएको पैसा र पासपोर्ट फिर्ता एवम् दोषीलाई कारबाहीका लागि सहयोग गर्ने बताइन् ।

‘म एजेण्ट होइन, मैले त चिनेका भाइहरूलाई सहयोग गरेको हुँ,’ मायाले भनिन् ,‘तर हामी सबै ठगियौँ ।’ उनकाअनुसार फरार भएका कम्पनीका सञ्चालकहरूले यही भिसाको प्रलोभन देखाएर थप २०० भन्दा बढीसँग पैसा उठाएका छन् । उनले ठगहरुलाई पक्राउ गर्न आफूले सघाउने पनि बताइन । भोगेकाहरूलाई पक्राउका लागि सहजीकरण गरिदिन भन्दै उनले पीडकहरू भागेको सिसिटिभी फुटेज पनि ल्याएको बताइन् । 

नगद बुझेर एउटा चिर्कटोमा छाप 
पीडित युवाहरुकाअनुसार उनीहरूले ५० हजार दरले मेनपावरले मागेको रकम आ–आफ्नो एजेन्टको खातामा पठाएका हुन् । खातामा पैसा आएको र उक्त पैसा मेनपावर कम्पनीमा बुझाएको एजेन्ट मध्येकी एक माया बताउँछिन् । मायाकाअनुसार उनले कम्पनीमा पैसा नगदै बुझाएकी हुन र त्यो बापत एउटा कागजको चिर्कटो  उनले प्रमाणको रुपमा पाएकी छिन् । उनले सिधाकुरालाई उपलब्ध गराएको कागजको एक टुक्रामा केही रकम उल्लेख छ भने बीचमा बायोमेइ इन्टरनेश्नल नामक कम्पनीको छाप छ।


मायाकाअनुसार सो कम्पनीको एक जना सरलाई मात्रै उनले चिनेको तर सम्पर्क नभएको दाबी गरिन् । उक्त बायोमेइ इन्टरनेश्नल नामक कम्पनी देखाएर ठगी गर्ने प्रमुख गिरोहको रुपमा राजन प्रसाद अधिकारी र चम्पा तामाङ थापा रहेको मायाको दाबी छ । उनीहरु १८ गते राती नै कम्पनी उठाएर भागेको उनी बताउँछिन् । उनले संकलन गरेको सिसिटिभी फुटेज भिडियोमा एउटा गाडीमा कम्पनीको बोर्डसहितको सामान लोड गर्दै गरेको देखिन्छ ।   

तस्विर : नक्कली मेनपावर कम्पनी (बायोमेई इन्टरनेशनल)का संचालक सदस्य

फर्जी कम्पनी
पीडितहरूले बायोमेइ इन्टरनेश्नल नामक मेनपावरमा आफ्नो पासपोर्ट र पैसा बुझाएको बताएका छन् । तर, हामीले सो कम्पनीबारे बुझ्दा नेपालमा उक्त कम्पनी विदेशमा श्रमिक  पठाउने गरी दर्ता नै नभएको पाइएकाे छ । उक्त कम्पनी वैदेशिक रोजगार विभागमा समेत अस्तित्वमा देखिँदैन। विभागकाअनुसार दर्ता र अनुमति नै नलिई भएको सबै कारोबार अवैध हो । यो घटना सरासर गलत र ठगी भएको भन्दै विभागले उजुरी दिन पीडितहरूलाई आग्रह गरेको  छ ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेती भन्छन्, ‘वैदेशिक रोजगारीका सिलसिलामा जस्तासुकै ठगी भएपनि विभागले हेर्छ । उहाँहरूले पैसा बुझाएको प्रमाण नभएको भएपनि संख्यात्मक उपस्थित भएर उजुरी गरे हामी छानबिन अघि बढाउँछौँ ।’

२ सय बढी युवाहरुको पैसा र राहदानी लिएर फरार भएको गिरोहले कम्पनीमा कार्यरत कर्मचारीलाई पनि तलब र सेवा सुविधा दिएका छैनन् । सोही कम्पनीमा कार्यरत एक कर्मचारीका अनुसार उनी उक्त कम्पनीमा विगत २ महिनादेखि कार्यरत थिइन् । उक्त कम्पनीमा आफूहरुलाई एनजिओ भनेर काम लगाइएको उनकाे दाबी छ  । ‘हामीलाई म्यानपावर कम्पनी भनेर कहिल्यै थाहा दिइएन । मान्छे आउने र जाने क्रम चलिरहन्थ्यो । हामी काम गरिरहन्थ्यौँ ।’, उनले भनिन् ‘२ महिनादेखि तलब आएको थिएन, तैपनि हामीले काम गरिरहेका थियौँ ।  १८ गते एक्कासी हामीलाई भोलिदेखी अफिस नआउनु, तिमीहरुको तलब खातामा हालिदिन्छौँ भने हामी गएनौँ । उनीहरुले त्यही राति फरार भएछन् ।’ २ महिनासम्म आफूले त्यहाँ काम गरेपनि वैदेशिक रोजगारीका लागि कोही पनि नेपालीलाई उक्त कम्पनीले पठाएको जानकारी नभएकाे पनि उनी बताउँछिन् ।  



प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....