कारागारभित्रको झगडा प्रकरण : घटना दोहोरिन नदिन सात कैदीबन्दीलाई अन्यत्र सारियो

सिधाकुरा

खोटाङ । कैदीबन्दीबीच कारागारभित्रै झगडा भएपछि घटना पुनः दोहोरिन नदिनका लागि जिल्ला कारागार खोटाङमा रहेका सात जना कैदीबन्दीलाई अन्यत्र पठाइएको छ । विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीबीच समूह बनाएर झगडा गरेपछि चार जनालाई रौतहट र तीन जनालाई पर्सा कारागार पठाइएको हो । 

लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका कर्मा शेर्पा, ठगी मुद्दाका सन्तोष परियार, रेडपान्डाको छाला ओसारपसार मुद्दाका निश्चल श्रेष्ठ र बाल यौन दुराचार मुद्दाका उत्तम भनिने दर्शन राईलाई रौतहट तथा ठगी मुद्दाका (थुनुवा) प्रेम पुरी, जबरजस्ती करणी मुद्दाका इन्द्र पौडेल र डाँका मुद्दाका सुवास विश्वकर्मालाई आज पर्सा कारागार पठाइएको जेलर सोमप्रसाद आचार्यले जानकारी दिए । “गलत नियतका साथ कैदीबन्दीहरूबीच समूह बनाएरै झगडा भएको रहेछ । उनीहरू सबैलाई एकैठाउँमा राख्दा ज्यान मर्नेसम्मको खतरा भएको थियो”, उनले भने, “झगडा साम्य पार्न एउटा समूहलाई घटनाका योजनाकारसहित सात जनालाई एक÷एक जना प्रहरीसहित दुई वटा सुमो गाडी रिजर्भ गरेर रौतहट र पर्सा कारागार पठाइएको छ ।”

साउन–१६ गते बेलुका ५ः३० बजे भएको झगडामा ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका रोहिनीबहादुर कार्की घाइते भएका छन् । सुवास विश्वकर्मा र सन्तोष परियारले प्रहार गरेको बेल्चाले लागेर घाइते बनेका कार्कीको देब्रे हात भाँचिएको छ । 

घाइते कार्कीलाई सोही राति जिल्ला अस्पताल दिक्तेलमा भर्ना गरिएको थियो । कार्कीको हातमा प्लाष्टर गरिएको छ । उपचारपछि डिस्चार्ज भएका उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

झगडामा सहभागी सन्तोष र सुवासको टाउकोमा पनि समान्य चोट लागेको समाचार स्रोतले जनाएको छ । कारागारमा खटिएका प्रहरीको सहयोगमा झगडालाई केही छिनमै साम्य पारिएको कारागार शाखाले जनाएको छ ।  

घटना दोहोरिन सक्ने सम्भावनालाई विचार गर्दै सन्तोष र सुवासलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको थियो । कैदीबन्दीबीचमा झगडा भएको जानकारी पाए लगत्तै प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्का कारागार पुगेका थिए । 

सन्तोष र सुवासलाई पाँच महिनाअघि मात्रै झापा र झुम्काबाट खोटाङ कारागार सारिएको थियो । उनीहरू दुवै जना कर्मा शेर्पाको समर्थनमा झगडामा सामेल भएको खुलेको जेलर आचार्यले बताए। चौकीदार छनोटमा असन्तुष्टि जनाउँदै कर्मा शेर्पाको समूहले जेलर तथा कर्मचारीमाथि आक्रमण गर्ने योजना बनाएपछि झगडा भएको खुलेको जेलर आचार्यको भनाइ छ । कारागारभित्र प्रयोग हुने औजारको सुरक्षा गर्दै आएका नाइके रोहिनीबहादुर कार्कीलाई नियन्त्रणमा लिएर जेलर तथा कर्मचारीमाथि आक्रमण गर्ने योजनामा प्रतिरक्षा गर्दा झगडा भएको जनाइएको छ । 

कारागार शाखाले केही दिनअघि जबरजस्ती करणी मुद्दाका कैदीबन्दी देउकुमार राईलाई चौकीदार छनोट गरेको थियो । समाचार स्रोतका अनुसार देउकुमारको ठाउँमा पाँच महिनाअघि मात्र कैलाली कारागारबाट खोटाङ ल्याइएका कर्मा शेर्पाले आफू चौकीदार हुनुपर्ने दाबीसहित समूह बनाएर आक्रमणको प्रयास गरेको हो । 

यद्यपि, चौकीदार हुन कारागारभित्रकै कैदीबन्दीले गठन गरेको आन्तरिक समितिबाट सर्वसम्मत सिफारिस भएका कैदीबन्दी हुनुपर्ने कानुनी प्रावधान छ । सोही आन्तरिक समितिले सिफारिस गरेका कैदीबन्दीलाई जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकले चौकीदार छनोट गर्ने प्रचलन रहेको जेलर आचार्यले जानकारी दिए। 

जेलर आचार्यका अनुसार चौकीदार हुन एक वर्ष सोही कारागारमा बसेको, राजस्व हिनामिना नगरेको तथा सबै कैदीबन्दीको मान्य व्यक्ति हुनुपर्दछ । कर्मा शेर्पा पाँच महिनाअघि मात्र कैलालीबाट जिल्ला कारागार ल्याइएकाले छनोट नगरिएको जेलर आचार्यले जानकारी दिए । 

महिला ३३ जना र पुरुष ६६ जना गरी ९९ जना कैदीबन्दी अटाउने क्षमताका जिल्ला कारागार खोटाङका हाल एक सय ४७ जना कैदीबन्दी रहेका छन् । विसं २०३१ मा स्थापना भएको जिल्ला कारागारको भवन ठेकेदारको लापरबाहीले निर्माण भएकै समयदेखि जीर्णावस्थामा सञ्चालन हुँदै आएको छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....