काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री एवंम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेसले आफ्नो जवाफ सुन्न नचाहेको बताएका छन् । आज सिंहदरवारका प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
उनले आफूमाथि लागेका आरोपका जवाफ दिन पाउनुपर्ने बताए । ‘यत्रो आरोप लागेपछि एक पटक बोल्न त पाउनुपर्यो नी मैले । मैले त चूनौति पनि दिएको छु ।’ गृहमन्त्री लामिछानेले सञ्चारकर्मीहरुलाई प्रति प्रश्न गर्दै भने, ‘प्रमाणहरु तपाईँले भेटाउनु भयो कि नाईँ ? मैले त थाहा पाइनँ । मलाई लागेको आरोपमा प्रमाण छ भन्नु भएको थियो । आयो कि नाईँ प्रमाण ?’
सबै लामिछानेले कांग्रेसले आफूलाई सबैतिरबाट आफ्नो भनाई राख्न रोकेको र आफैँले डरायो भनेर आरोप लगाएको बताए ।
‘आरोप लगायो बोल्न नदियो, हात पनि बाँध्दिने, बोल्न पनि नदिने मुख पनि थुन्दिने अनी किन डराएको भन्ने ? लामिछानेले भने, ‘हात खुट्टा खोलेर हेर्नुस डराएको हो कि होइन । कुरा सुन्न किन डराएको एक पटक ? एक पटक कुरा सुन्न डराउन पर्छ र ?’