“भारत गएर मजदुरी नगरी घर चल्दैन, सीमाका पहरेदार भनेर कहिलेसम्म गर्व गरेर बस्ने ?”: दोधारा चाँदनीवासी

सिधाकुरा

दोधारा चाँदनी । आफूले उपभोग गर्दै आएको जमिनको  जग्गाधनी पुर्जासमेत छैनभन्दा आश्र्चय लाग्न सक्छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी विना जग्गाधनी पुर्जा जीवन यापन गर्न विवस छन् ।

भौगोलिक विकटतासँगै अभाव र अधिकारको प्रवाह नगरी पाँच दशकभन्दा बढी समय सीमा बस्तीमा स्थानीयसित जग्गाधनी पुजा नपाएको दशकौँ वितिसक्यो । जोगबुढा नदी पारी, नेपाल–भारत सीमासित जोडिएको बडुवाल टोलसित अभाव, गरिबी र आफूले पाउनुपर्ने अधिकारबाट वञ्चित हुनुपरेको पीडा स्थानीयवासीसित छ ।

स्थानीय तहको निर्वाचनमा बडुवाल टोलबाट वडा सदस्य पदमा निर्वाचन जितेकी दोधारा चाँदनी –३ का महिला वडासदस्य लक्ष्मी रानाले सीमाको पहरेदारीमा बसेका बडुवाल टोलमा साढे तीन सय परिवारमा बीस प्रतिशतले मात्रै जग्गाधनी पुर्जा भएको जानकारी दिए । उनका अनुसार स्थानीयले २०५४ सालमा जग्गाधनी पुर्जा पाएका थिए । 

विसं २०७४ को निर्वाचन आसपास जोगबुढा नदीमा झोलुङ्गे पुल र नदी नियन्त्रणका लागि तटबन्ध बनेपछि बडुवाल टोलवासीले आफू नेपाली हुनुको आभाष पाएको उनको भनाइ छ ।

पश्चिम भारततर्फ घनाजङ्गल र पूर्वतर्फ जोगबुढा नदीबीचको बडुवाल टोलमा अझै स्थानीयवासीको प्रमुख माग नै आफूले लामो समय भोगचलन गरेको जग्गाको पुर्जा पाउँ भन्ने छ ।

“भारतबाट आउने जङ्गली हात्तीले स्थानीयको ज्यान लिँदा पनि सरकारबाट जग्गा धनी पुर्जा नभएकै कारण क्षतिपूर्ति नपाएको पीडा बडुवाल टोलवासीले भोगेको छ ।” वडा सदस्य रानाले भने, “दुखः, पीडा नभनी माटोको मायाले सीमामा सङ्घर्ष गर्दै बसेका समुदायलाई कहीँकतैबाट सहानुभूति मिलेन ।” सरकारी सुविधाका नाउँमा गाउँमा कच्ची सडक, सोलार बत्ती, एउटा खोप केन्द्र, प्राथमिक तहको स्कुल र पछिल्लो समय सशस्त्र प्रहरी बलको उपस्थितिबाहेक केही छैन ।

स्थानीय गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ओलीले बडुवाल टोलको अधिकांश जमिन फिल्डबुकमा कायम मात्रै रहेको बताए । 

“२०५४ सालमा केहीले पुर्जा पाए पनि पछि आयोग फेरि आउँछ भनेर बन्द गरेछन्”, उनले भने, “हामीलाई त कसैले सुविधा के दियौँभन्दा सबैको एक स्वर जग्गाको पुर्जा नै हो ।” उनले सीमामा माटोको रक्षा गर्दै बसेका बडुवाल टोलीवासीमा पुर्जा नदिएर अन्याय गरिएको दुखेसो पोख्नुभयो ।

“यतिका वर्ष अभाव र पीडा नभनी सीमामा रक्षार्थ खटिँदा सुविधा दिनुपर्नेमा भएको खेतको पुर्जा नमिल्नु कहाँसम्मको दुखःको विषय हो ? उनले भने, “त्यही पुर्जा नभएको जमिनमा खेती गर्दा भारतबाट आउने जङ्गली हात्तीले समटे्न नदिएको स्थिति छ ।” महाकाली नदी नै सीमा नदीका रुपमा हेरिए पनि कञ्चनपुरका सवालमा भने त्यो लागू हुँदैन । महाकाली पारी दोधारा चाँदनी नगरपालिका छ । दोधारा चाँदनी नगरपालिकामा पनि जोगबुढा नदी बग्छ । जोगबुढा नदी पारी यहाँ दुई  सीमा बस्ती छन् । जबडुवाल टोल र कुतियाकवर । 

दोधारा चाँदनी नगरपालिका–१० मा पर्ने कुतियाकवर बस्तीमा ४२ विपन्न समुदायको लामो समयदेखि बसोबास रहे पनि स्थानीयको हातमा अझै जग्गाधनी पुर्जा नपुगेको स्थानीय बहादुर सिंह सुनारको भनाई छ । “जोगबुढा र महाकाली नदीले कुतियाकवर कटान गर्दै सीमा बस्ती नै बिलीन हुने चिन्ता भइसक्दा पुर्जा मिलेन”, उनले भने, “पुर्जाको आसैआसमा सीमा बस्तीबाट कटान र डुबानको समस्याले एक सयभन्दा बढी परिवार नै पलायन भएको विगत छ ।”

त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ का वडासदस्य लक्ष्मी रानाले भूमि आयोगमार्फत पुनः बडुवाल टोललगायत वडामा पुर्जा वितरणका लागि नापी आउन लागेको जानकारी दिए । “यही पुस २२ गते नापी आउने भनेर वडामा पत्राचार भइसकेको छ”, उनले भने, “आशा छ सीमाबस्तीदेखि सबैले जग्गाधनी पुर्जा पाउनेछन् ।”

उनले सीमामा सिपाहीको भूमि निभाएका सीमाबस्तीका स्थानीयलाई राज्यबाट थप सहुलियतका कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । “सीमामा बसेकाले अझै बिजुली देख्न नपाएको पीडा नै हाम्रो बस्तीमा छ”, उनले भन्नुभयो, “गाउँमा केही समयअघि लगाएको सोलार बत्ती पनि केही बिग्रिसके ।”

त्यसैगरी अढाइ दशकदेखि बडुवाल टोलमा बस्दै आएका स्थानीय कमला सुनारले भारतीय जङ्गलबाट हरेक वर्ष आउने हात्तीबाट प्रताडित हुँदा पनि राज्यबाट कुनै चासो नदिइएको गुनासो पोखे । “न जमिनको पुर्जा छ नत जमिनमा लगाएको अन्नबाली नै भित्राउन सक्ने अवस्था छ”, उनले भने, “हुँदाहुँदा घरभित्रको राखिएका धानका बोरासमेत हात्तीले खाइदिए ।” उनले छिमेकी सीता सुनारले हात्तीकै डरले अठार कट्ठा जमिन बाझै छाडेको बताए ।

“भारतीय सीमावर्ती जङ्गल छेउमै जमिन छ, हात्तीलाई नियन्त्रण गर्नसक्ने कुनै साधन नै भएन ।” उनले भने, “हात्तीले सखाफ पार्नुभन्दा त नलगाउनु नै बेस सम्झेर खेत नै बाँझो राखियो ।” सीमामा हात्तीहरु बस्तीमा आउन नदिन तारबारको व्यवस्था गरिदिन उनले आग्रह गरे । “पुर्जा नभएको जमिन कमाएको दशकौँ हुँदा पनि व्यवस्थापन नहुँदा राज्यबाट पाइने अरु सुविधा÷सेवाबाट वञ्चित हुँदा हाम्रो अवस्थामा पनि सुधार आउन बाधा पुग्यो”, उनले भने, “जमिन बैंकमा राखेर ऋण लिएर कारोबार वा अन्य कुनै काम गर्ने चाहना सपनामै सीमित रह्यो ।”

त्यसैगरी अर्का स्थानीय द्रोपती आउजीले सीमामा बिना सुविधा माटोको माया गरेर बस्दा पनि राज्यले बेवास्ता गरेको दुखेसो पोखिन् । “अन्धकार बस्तीमा पनि कुनै सुख सुविधा नभनेर मुलुकको सीमा अतिक्रमणबाट जोगाऔँ”, उनले भनिन्, “न बालबालिकाले राम्रो शिक्षादिक्षा पाए नत घर अग्रजले कुनै ज्याला मजदुरी नै ।”

उनले गाउँका अधिकांश पुरुष भारतीय बजारमा रोजगारीका लागि जानुपर्ने बाध्यता विद्यमान रहेको बताइन् । “पुरुष भारत गएर ज्याला मजदुरी गरेनन् भने घरमा जीविका चलाउन मुस्किल पर्छ”, उनले भनिन्, “आखिर सीमाका पहरेदार भनेर कहिलेसम्म गर्व गरेर बस्ने ? ।” 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....