काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले–कांग्रेसले सरकार परिवर्तनका लागि संविधान संशोधनलाई कथा बनाएको टिप्पणी गरेका छन् ।
संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्चले सोमबार काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता बिषयक कार्यक्रममा प्रचण्डले कांग्रेस र एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई सरकार परिवर्तनको कथा र बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरु गम्भीर नभएको बताएका हुन् । वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको उनले बताए ।
त्यस्तै प्रचण्डले कथा र बहाना नभई एजेण्डाका हिसाबले अघि सार्ने हो भने संविधान संशोधन आवश्यक रहेको जिकिर गरे । संविधान बनाउँदा माओवादी एजेण्डा स्वीकार गरेका नेताहरुले अहिले कार्यान्वयनमा पनि इमान्दारिता नदेखाएको उनको भनाइ छ ।
प्रचण्डले संघीय निजामति ऐन संसदसम्म पुर्याउन १८ महिना लागेको र प्रहरी समायोजन ऐन बन्दा पनि कार्यान्वयनमा लैजान आनाकानी गरिरहेको बताए । उनले अहिलको संविधान शान्ति सम्झौताको अंग भएकाले संशोधनको चर्चा गर्दा शान्ति सम्झौताको पक्षमा पनि विचार गर्नुपर्ने बताए ।
प्रचण्डले अब विभिन्न समुदायले पाएको समानुपातिक समावेशी अधिकार नखोस्ने गरी राजनीतिक स्थायित्व र भ्रष्टाचार अन्त्यका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नतिर जोड गर्नुपर्ने धारणा राखे । उनले संविधान निर्माणको मुख्य पहलकर्ता र शान्ति सम्झौताको एक हस्ताक्षरकर्ताको हैसियतले संविधानलाई बढी सर्वस्वीकार्य बनाउन पहल गर्ने जिकिर गरे ।
-
📗 Message; TRANSFER 1,82359 BTC. Assure =>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MzEwMDQ1OTA3OTA3JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZz 23 days agokv0ukv
-
📱 You have 1 notification # 389. Open > out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MzEwMDQ1OTA3OTA3JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxzZSZzaWdu 23 days agooy0h9t