प्रधानमन्त्रीलाई रवि लामिछानेको प्रश्नः दोषीलाई साथमा लिएर हिड्ने, निर्दोषलाई फसाउन खोज्ने ? (भिडियो सहित)

सिधाकुरा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  प्रमाणले दोषी देखिएकाहरूलाई साथमा लिएर हिड्ने र निर्दोषलाई फसाउन लागि परेको दाबी गरेका छन् । 

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै लामिछानेले बालकुमारी घटनामा छानबिन आयोगले दोषी ठहर गरेको भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका विषयमा सदनमा प्रधानमन्त्रीले जाँच दिन चुनौती दिएका छन् । 

साथै लामिछानेले सरकारका निकायहरूलाई सरकार बाहिरका व्यक्तिलाई नक्कली प्रमाण खडा गरेरै भएपनि थुन्न दबाब दिएको खुलासा गरेका हुन् । 

यस्तो छ संसद्मा रवि लामिछाने दिएको अभिव्यक्ति ः 

'सम्माननीय सभामुख महोदय, सबै भन्दा पहिला बालकुमारी घटनामा यो देशमा रोजगारी नपाएर, विदेशमा रोजगारी गरेर परिवार पाल्छु भनेर जान खोजेको दुई होनाहार युवा विरेन्द्र साह र सुजन राउतको दिनदहाडै गोली हानी हत्या गरियो, १०/१० लाख दिएर सरकार चुपचाप बस्यो । र अहिले छानबिन समितिले निष्कर्ष निकाल्यो जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीनै दोषी रहेको कुरा प्रतिवेदनले ठहर गर्यो । प्रतिवेदनले स्पष्ट पारिसक्दा अहिलेसम्म पनि न सम्बन्धित मन्त्रीले आफ्नो नैतिकताको प्रदर्शन गरेका छन्, न सरकार न प्रधानमन्त्रीले कुनै छनक देखाउनु भएको छ । यसमा गर्नु पर्ने के होला ? 

छानबिन आयोगले दोषी ठहराउँदा ठहराउँदै पनि त्यस विषयमा चुइक्क नबोलेर अरु विषयमा भाषण दिदै जाने नैतिकता कहाँबाट प्राप्त हुन्छ ? यो विषयको जवाफ सदनलाई दिनु पर्ने हुन्छ । र मलाई विश्वास छ यसबारेमा प्रधानमन्त्रीले आज अवश्य पनि कुराकानी गर्नु हुने छ ।

सभामुख महोदय, म एउटा कुरा के स्पष्ट पार्न चाहन्छु भने, सरकार प्रमाण कँही कतै नभेटेका मान्छेहरूलाई प्रमाण खोजेर भएपनि, नक्कली प्रमाण बनाएर भएपनि, नक्कली उजुरी बनाएर भएपनि, जसरी भएपनि खोज, जसरी समात जसरी पनि थुन्न खोज भनेर दबाब दिनका लागि लागिरहने अनि छताछुल्ल प्रमाण भएका मान्छेहरूलाई वरिपरि लिएर हिँडिरहने हो भने विधिको शासनको बारेमा नबोले पनि हुन्छ । 

हामी बुझ्दछौँ, गठबन्धनको पिडा, हामी बुझ्दछौँ प्रधानमन्त्रीसँग जम्मा ३२ सिट भएको पीडा, तर हामी यो पनि बुझ्दछौँ नेपाली जनताले भोग्नु परेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार नबनोस् । 

रास्वपाले रचनात्मकरुपमा सँधै सरकारले गरेको राम्रा कामको सदैव सम्मान गर्दै आएको छ । तर आफ्ना वरपरका मान्छेलाई बचाउन प्रयास गर्ने, अनि अन्यलाई फसाउन प्रयास गर्ने गरेको गन्ध आएको हुनाले सम्मानित सदनको ध्यानाकर्षण गराउन चाहन्छु । सरकारले फाइल खोल्ने हो भने हाम्रो दलबाट, म हुँदै मेरा सम्पूर्ण सांसदबाट सुरु गरोस् ठिक छ । तर अब अर्को फाइल सरकारले नखोलोस् , किनकी सरकारले फाइल खोल्ने भनेको त आफ्ना मान्छे बचाउनका लागि रहेछ । आफ्ना मान्छेको फोटो आउनका लागि रहेछ । त्यस कारण आज सम्माननीय सभामुख मार्फत सम्माननीय प्रधानमन्त्री र सरकारलाई म भन्न चाहन्छु, भ्रष्टाचार लगायतका सम्पूर्ण फाइल रास्वपाबाट खोल्न सुरु गरोस्, तर अन्य दलको नखोलोस् , कसैको पनि नखोलोस्  । 

फाइल खोल्नु के रहेछ भन्ने कुरा ललिता निवासमा देख्यौँ, फाइल खोल्नु केका लागि रहेछ सुन काण्डमा देख्यौँ, फाइल केका लागि खुल्दो रहेछ भन्ने भुटानी शरणार्थी प्रकरणमा देख्यौ । अब कति चिजमा हेर्न बाँकी होला र आफ्ना मान्छेको अनुहार आउँदा बित्तिकै बन्द गर्ने, र मुद्दा कमजोर बनाएर अदालतलाई फैसला गर्न ग्राहो बनाइदिने परिस्थिति बनाइदिने अनि न्यायालय बदनाम हुने ? न्यायलयले गर्यो , हामीले त गरेको होइन भन्ने अनुसन्धान गर्दै गर्दाका मान्छे सार्ने, यही हो फाइल खोल्ने तरिका म यत्ति भन्न चाहान्छु हामीबाट सुरु गरियोस्, मिडिया ट्याल पनि हामीबाट सुरु गरियोस्, २१ जना सांसद तयार छन्, सम्पुर्ण छानबिन हामीबाट गरियोस्, हाम्रा सम्पूर्ण फाइल  खोलियोस, हामीलाई कहाँ बोलाउने हो खडा गरियोस् तर अन्य फाइल सरकारले नखोलोस् , सरकारको नियतमा ठुलो शंका भयो र अन्त्यमा दुई होनाहार युवाले ज्यान गुमाएको यो घटनालाई रास्वपाले सामान्यरुपमा लिदैन । के गर्ने हो प्रधानमन्त्री ज्यूले आज यही संसदमा भन्नुहुने छ र आफूले प्रतिबद्धता गराए अनुसार सुशासनका लागि आफू जे पनि गर्न तयार छु, म देशमा केही गर्नका लागि आएको छ, यो कार्यकाल गज्जबको हुने छ भनेर जुन प्रतिवद्धता गर्नुभएको छ, आज प्रधानमन्त्रीको जाँच हुनेछ, प्रधानमन्त्रीले आज आफ्ना जाँच दिनुहुने छ, बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई के गर्ने हो, हाम्रो केही पनि माग छैन, प्रधानमन्त्रीले रोष्टमबाट भन्नुहुनेछ छ, हामीले हात दुखुन्जेल ढ्याप ढ्याप गर्न हामी तयार छौँ '।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....