जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन भन्ने त्रास बढेको बताएका छन् ।
संघीय संसदको चालू अधिवेशनको अन्त्य हुनु अगाडि प्रतिनिधि सभामा सदनको कामकारबाहीको विषयमाथि धारणा राख्ने क्रममा बोल्दै उनले संविधानको महिमा गाउनेहरुले नै संघीयतामाथि खतरा उत्पन्न भएको बताएका छन् । “अघि एक मान्य (सांसद)ले प्रदेश खारेजी भन्दै हुनुहुन्थ्यो, यता बस्ने साथी (सांसद)हरूले संघीयता खारेज गर्लान् जस्तो देखियो ।” उनले भने ।
त्यस्तै उनले संविधानलाई समयानुकुल परिमार्जन गर्न नसके यसको महिमा टिक्न नसक्ने समेत बताएका छन् । “देशको ठूलो हिस्साले अनरसिप नलिएको संविधानलाई समयानुकूल संशोधन, परिमार्जन नगरी कसरी अघि बढ्ला र महिमा कति दिन टिक्ला ?, उनले ।