काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बुधबार सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको जिम्मेवारी दिएको हो ।
पार्टीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा साबित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा, गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीनानाथ शर्मा, सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्जमा स्थायी समिति सदस्य कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालिबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जमा केन्द्रीय सदस्य बीना मगर तोकेको हो ।
त्यस्तै बैठकले विभिन्न देशका लागि पनि नेताहरुलाई नेतृत्व सुम्पिएको छ । माओवादीले मध्यपूर्व इन्चार्जमा उपाध्यक्ष पम्फा भुसाल, भारत इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्जमा टिबी पाठक, युरोप–अमेरिका इन्चार्जमा सुरेन्द्रकुमार कार्की तथा विशेष प्रदेश समिति इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा यशोदा सुवेदीलाई तोकेको छ ।