कैलाली : जोशिपुर गाउँपालिका कैलालीका अध्यक्ष चित्रबहादुर चौधरी मध्यरातमा मदिरामा लठ्ठ भएर महिला अंगाल्दै गरेको भिडियो सार्वजनिक भएको छ ।
शंकर सामुदायिक वन उपभोक्ता समुह जोशीपुर–३ बन्जरिया कैलालीले शनिबार आयोजना गरेको वार्षिक साधारणसभामा प्रमुख अतिथि बनेर पुगेका अध्यक्षले आफ्नो पदीय मर्यादा विपरित गएर नृत्य गरेका हुन् । साधारण सभा सकिएपछि उनीहरु मदिरा पिएर नृत्य गर्न लागेका हुन् ।
भिडियोमा उनी मदिरा सेवन गरि अनियन्त्रित भएको देखिन्छ । उनको छेउमा अन्य पुरुष साथै महिला पनि मदिराको बोतल लिएर नाचिरहेका छन् ।
नाच्ने क्रममा अध्यक्ष चौधरीले एक महिलासँग गएर अंकामाल गर्दै नाचिरहेका छन् । जुन महिलालाई अध्यक्ष चौधरीलाई नै रमाइलो गराउन भन्दै २ हजार पैसा बुझाएर कार्यक्रममा ल्याइएको खुलेको छ । ति महिलालाई सव डिभिजन वन कार्यालयका एक कर्मचारीले त्यहाँसम्म पुर्याएको खुलेको छ ।
अध्यक्ष चौधरी नागरिक उन्मुक्ति पार्टीबा तर्फबाट गाउँपालिकामा निर्वाचित भएका थिए ।