काठमाडाैँ । सोमबार सहकारी र लघुवित्त पीडितहरु निषेधित क्षेत्र पार गरि संसद भवन परिसरमै पसेर नाराबाजी गरेपछि प्रशासनले मंगलबार बिहानैदेखि संसद भवन, सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटारको फुटपाथ समेत निषेधित क्षेत्र तोकेको छ ।
प्रशासनले उल्लिखित स्थानको फुटपाथमा डोरी र तारवार लगाएर निषेधित क्षेत्र तोकेको छ भने उक्त स्थानमा बाक्लो संख्यामा नेपाल प्रहरी परिचालन गरेको छ ।
फुटपाथमै घेराबार गरेपछि उक्त ठाउँमा सर्वसाधारण हिँडन समेत पाएका छैनन् ।