‘उपत्यकाका २ लाख ८० हजार बालबालिका पोलियोकाे जोखिममा छन्, खोप लगाऔँ’

लक्ष्मण गिरी

काठमाडाैँ । गत असार २९ गते काठमाडौंको ढलमा पोलियोको भाइरस फेला परेको पुष्टी भयो । स्वास्थ्य मन्त्रालय मातहतको परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले सङ्कलन गरेको नमूना परीक्षण गर्दा खोपबाट उत्पन्न पोलियो भाइरस भेटिएको थियो । महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार नेपाल पोलियो मुक्त भएको १० वर्षपछि काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट सङ्कलन गरेको ढलको नमूनाले वातावरणमा पोलियो भाइरस भेटिएको हो ।


यद्यपि अहिलेसम्म बालबालिकामा पोलियो संक्रमण भएको पुष्टि भने नभएको गौतम बताउँछन् । उनका अनुसार हालसम्म उपलब्ध नमूना र परिक्षण रिपोर्टहरूका आधारमा काठमाडौँ उपत्यका नै पोलियोको जोखिममा परेपछि महाशाखाले खोप अभियान सुरु गरेको छ । साउन ९ गतेबाट उपत्यकाका बालबालिकालाई पोलियोबाट जोगाउन खोप अभियान सुरु भएको डा गौतम बताउँछन् । उनका अनुसार उपत्यकामा पोलियोको जोखिममा पर्न सक्ने ५ वर्ष उमेर भन्दा मुनीका झण्डै २ लाख ८० हजार बालबालिकाहरू छन् ।

पोलियो भाइरस के हो ? बालबालिकालाई कसरी पोलियोबाट जोगाउने ? पोलियोको खोप अभियान र बालबालिकाका लागि अभिभावकले अपनाउनुपर्ने राजधानीबारे सिधाकुराका लागि लक्ष्मण गिरीले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ । 

काठमाडौँको ढलमा कसरी भेटियो पोलियो भाइरस ?

स्वास्थ्य सेवा विभाग मातहतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जेठ १३ गते सो क्षेत्रबाट ढलको नमुना सङ्कलन गरेको थियो । उक्त नमुनाको रिपोर्ट असार २९ गते आएको थियो । सो क्रममा पोलियोको नयाँ भेरियन्ट फेला परेको हो । काठमाडौँको थापाथली आसपास भएर बग्ने टुकुचा खोला र बागमती नदीको संगमस्थल परिसरको ढलमा पोलियो जीवाणु भेटिएको हो । 

निरन्तर परीक्षण गर्ने विभागले सन् २०१० यता नेपालमा पोलियोको जीवाणु पाएको थिएन । त्यसो त सन् २०१४ मा नेपाल पोलियोमुक्त देश समेत बनेको थियो तर त्यसको एक दशकपछि ढलमा पोलियोको नयाँ भेरियन्ट ‘भ्याक्सी डेरिभ्ड पोलियो भाइरस–टाइप ३’ फेला परेको हो । सन् २०१७ देखि देशका विभिन्न स्थानमा पोलियो परिक्षण गर्दै आएको प्रयोगशालाले हालसम्म ७ सय ५० वटा नमुना सङ्कलन गरिसकेको छ । 

विश्व स्वास्थ्य सङ्गठनले (डब्ल्यूएचओ) ले सन् २०२६ सम्म विश्वलाई पोलियो उन्मूलन गर्ने लक्ष्य लिएको छ, जसका लागि कुनै पनि राष्ट्रमा पछिल्लो १० वर्षमा मानिसमा पोलियो देखिनु हुँदैन । तर, पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको नेपालमा उक्त जीवाणु देखिएसँगै स्वास्थ्य क्षेत्र तरङ्गित बनेको छ ।

पोलियो भाइरस के हो ? यो कसरी सर्छ ?

पोलियो बालबालिकालाई पक्षघात गराउने सरुवा भाइरस हो । यो भाइरसद्वारा लाग्ने रोग हो । व्यक्ति–व्यक्ति बीचको सम्पर्कद्वारा यो रोग फैलिन्छ । संक्रमित व्यक्तिको दिशा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने गर्छ । पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । खुला प्रजातिका पोलियो भाइरस तीन प्रकारका हुन्छन् र वैज्ञानिक हिसाबले ती फरक–फरक हुन्छन् ।पोलियो दुषित खानेपानी अथवा खानेकुरा जसमा पोलियोको विषाणू अर्थात भाइरस छ र त्यो खायो भने मानिसमा पोलियो लाग्ने हो । यदि पोलियो समाजको एउटा व्यक्तिलाई भयो भने अर्को व्यक्तिलाई पनि सर्छ  । यसलाई सरुवा रोग पनि भन्न मिल्छ ।  

पोलियोका लक्षणहरु के के हुन ? 

हिजोसम्म खेलिरहेको बच्चालाई आज लुलो पक्षघात भयो भने अर्थात हातखुट्टा अचानक नचल्ने वा भनौँ शरिरका कुनै पनि अंगहरु अचानक चलेनन् भने त्यो पोलियोको लक्षण हो । त्यस्तो लक्षण  देखिएमा बच्चाको दिसाको जाँच गर्नुपर्छ । यदी पोलियो भएर पक्षघात भयो भने त्यस्ता बालबालिका जीवनभर रोग पालेर बाँच्नुको विकल्प हुँदैन ।

त्यस्तै पक्षघात विस्तारै शरिरका विभिन्न भागमा फैलन्छ र बच्चालाई श्वास फेर्न गाह्रो भएर मृत्यु पनि हुनसक्छ । त्यस्ता धेरै उदाहरण विश्वमा छन् । त्यो संगसँगै कतिलाई ज्वरो आउने, जीउ दुख्ने, रुवाखोकी लाग्ने, पखाला हुने जस्ता लक्षण देखा पर्छन् । 

अहिले फेला परेको पोलियोको भाइरस कस्तो हो ?

हामीले यस अघि पनि निरन्तर पोलियोको भाइरस जाँच गरिररहेका थियौँ । यस्तो जाँचमा बालबालिकालाई खुवाएको वा इन्जेक्ट गरिएको पोलियो खोप दिशामार्फत पानीमा बगेर आएको मात्रै पाइएको थियो । तर, यस पटक त्यो पोलियोसँग मिलेर (म्युटेसन) भएर नयाँ भाइरस बनेको देखियो ।  

यसको जोखिम क्षेत्र चै के हो ?

हामीले प्राप्त गरेको नमूना परीक्षणबाट यो सिङ्गो उपत्यकामा पोलियोको जोखिम देखियो । किन भने परिक्षण भएका भाइरसको नमूना टुकुचा खोलाको मात्रै नभई बागमति नदीको पनी हो । अव यसको स्रोत पहिचान गर्न सिङ्गो उपत्यका नै अनुसन्धानको विषय हो । उपत्यका झण्डै २ लाख ८० हजार ५ वर्ष मुनीका बालबालिका रहेको तथ्याङ्क छ । यसर्थ उनीहरुको सुरक्षाका लागि पोलियो विरुद्धको अतिरिक्त डोज खोजको अभियान सरकारले चालेको हो । कुनै पनि यो समूहका बालबालिकालाई खोज लगाउनबाट नछुटुन भन्ने नै अहिलेको प्रमख आवश्यकमा हो त्यसैअनुसार अभिभावकले पनि तदरुकता देखाउन म आग्रह गर्छु ।

खोपले सुरक्षित राख्छ तर पोलियोबाट जोगिन व्यक्ति र परिवारको पनि दायित्व हुन्छ नी हैन ? 

अवश्य हुन्छ । सबै भन्दा पहिले खानपानको स्वच्छतामा ध्यान दिनु पर्यो ।  सफा पानीको प्रयोग प्रयोग गर्नु प¥यो । भाइरस भएको खानेकुरा खाँदा पनि पोलियोको जोखम हुन्छ यसर्थ यी कुरामा परिवार देखि नै सचेत बनौँ । बालबालिकामा हिजोको आजै पोलियोसँग मिल्दोजुल्दो लक्षण देखिए चिकित्सकको सम्पर्कमा पुगौँ । महत्वपूर्ण कुरा के हो भने यो रोग समाजमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ र यो रोगबाट पक्षघात भएमा निको हुँदैन । ज्यान जाने जोखिम रहन्छ । 

सुरक्षाको पूर्व तयारी घरमै कसरी गर्ने ? 

उमालेको वा उमालेर सेलाएको स्वच्छ पानी पिउनु पर्छ । दूषित खानेकुरार्ला त्याग्नु पर्छ । खाना खानु अघि र पछि सफासँग हात, खुट्टा धुनुपर्छ । बालबालिकाको दिशा पिसाब स्वच्छतरिकाले शौचालयमै बिर्सजन गर्नुपर्छ । खोपलाई कसैगरी पनि नछुटाउनु हुन अनुरोध ।

सरकारले प्रतिकार्यमा के के काम गर्दैछ ?  

हामीले अहिले खोपको मात्रा पुरा गरे नगरेका बालबालिकाहरुको विवरण हेरिरहेका छौँ  समुदाय स्तरमा पोलियोको बिरामी बालबालिका छकी छैन भन्ने सर्भिलेन्स सुरु भएको छ । खोप अभियान र समाजमा रोगको अवस्था पहिल्याउन स्वास्थ्यकर्मीको अभिमुखीकरण र  परिचालन सुरु भइसकेको छ । खोप अभियान हिजो देखि सुरु भएको छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....