रवि लामिछाने : विश्व रेकर्ड होल्डर पत्रकारदेखि दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री

सिधाकुरा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री भएका छन् । पत्रकारिता हुँदै राजनीतिमा प्रवेश गरेका लामिछानेले १५ महिनामा दोस्रो पटक देशको उपप्रधान एवम् गृह सम्हाल्न पुगेका हुन् । 

लामिछाने २०७९ जेठमा टेलिभिजन पत्रकारीता बिट मार्दै राजनीतिमा होमिएका थिए । असार ७, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै राष्ट्रिय राजनीतिमा तरंग फालेका लामिछानेले सोही वर्ष मंसिर ४ मा भएको निर्वाचनमा चितवनबाट ४९ हजार बढी मत ल्याएर आफूसहित २० सांसद लिएर संघीय संसद प्रवेश गरे ।

राजनीति सुरु गरेको ६ महिनामै लामिछानेको नयाँ दल संसदको चौथो ठूलो शक्ति बन्यो । उनको गति यतिमै रोकिएन । २०७९ पुस ११ गते बनेको निर्वाचनपछिको गठबन्धनमा उनी उपप्रधान तथा गृहमन्त्री बने । साथै रास्वपाका तर्फबाट थप ३ मन्त्री पनि सरकारमा सहभागी गराए । 

लामिछाने गृहमन्त्री भएसँगै उनको नागरिकता पुनः प्राप्तीको प्रक्रिया पुरा नभएको भन्दै सर्वोच्चले पुरानो नागरिकता फिर्ता गरि नयाँ नागरिकता लिनु पर्ने फैसला सुनायो । चैथो ठूलो दलको रुपमा उपप्रधान एवम् गृहमन्त्री भएका उनी ३२ दिनमै गृह मन्त्रालयबाट बाहिरिए । 

लामीछाने निर्वाचित भएको चितवन २ मा पाँच महिनापछि पुनः निर्वाचन भयो । लामिछाने दोस्रो पटक पनि ५४ हजार १७६ मतसहित पुनः निर्वाचित भए । लामिछाने पार्टीको सभापति र संसदको सांसदका रुपमा सधैँ अब्बल देखिए ।

डेढ दशक लामो अमेरिका बसाईपछि स्वदेश फर्किएर ६२ घण्टा १२ मिनेट लामो टक सो गरेका लामिछानेले गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरे ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा सुरु भएको सिधाकुरा प्रधानमन्त्रीसँगका परिकल्पनाकारदेखि सञ्चालकसम्म आफैँ थिए । जनताका गुनासो प्रधानमन्त्रीलाई सोझै राख्न सक्ने माध्यमका रुपमा कार्यक्रम बनाएका लामिछानको भूमिका केपी ओली प्रधानमन्त्रीबाट हटेसँगै खोसियो । 

त्यस लगत्तै लामिछानेले जनताको चासो गुनासो र प्रश्न सम्बोधन गर्ने कार्यक्रम सिधाकुरा जनतासँग सुरु गरे । जहाँ अरु सबै थियो, केवल प्रधानमन्त्री मात्रै थिएनन् । लामिछानेले सञ्चालन गरेको कार्यक्रम दुःख परेका जनताहरुको गुनासो सुनाउने, पिडा पोख्ने चौतारी बनेको थियो, माइतीघर बनेको थियो । 

करिब ७ वर्ष न्युज २४ टेलिभिजनमा कार्यक्रम चलाएपछि लामिछानेको अगुवाईमा ग्यालेग्सी टेलिभिजन सञ्चालनमा आयो र त्यसमा पनि लामिछानेले सिधाकुरालाई निरन्तरता दिए । कार्यक्रमको प्रभावकारिता झनै बढेको थियो । 

पत्रकारिताको यात्राबाट समाजमा देखिएका विकृती विसंगती र नागरिकको पिडालाई राम्रोसँग बुझेका लामिछाने जनताका समस्याको मूल नै समाधान गर्न चाहे । करिब १ वर्ष ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम चलाएपछि लामिछानेले पत्रकारिता क्षेत्र भन्दा माथि उठ्ने सोचेर राजनीतिमा होमिए ।

लामिछाने, सामान्य लापरवाहीले ठुलो सजाय पाएका व्यक्ति हुन् । साना साना कमजोरीले उनलाई बारम्बार विवादमा तानिरहने मात्रै होइन, पहिलो पटक गृहमन्त्री भएको ३२ औँ दिनमा नागरिकता पुन प्रयोग गरेको जानकारी प्रशासन कार्यालयमा नगराएको सामान्य कारणले उपप्रधान तथा गृहमन्त्री पद गुमाए । 

३२ दिन सरकारमा हुँदा प्रशासन सुधारका लागि सकारात्मक सुरुवात गरेका थिए । आफैँ पनि सामान्य नागरिक सरह व्यवहार गर्न चाहने लामिछानेले सार्वजनिक सेवामा पदको दुरुपयोग गरेनन । दोस्रो पटक संसदमा प्रवेश गरेका लामिछानेले जनताको आवाज बनेर भ्रष्टाचार अनियमिततामा खरो उत्रिएका थिए । राज्य व्यवस्था तथा सुशासन समितिमा लामिछाने आक्रमक देखिन्थे ।

सुन तस्करी, नागरिकता विवाद, सरकारको कामको प्रभावकारिता माथिको खरो प्रश्नले लामिछानेलाई सधैँ उचाइ दिइनै रह्यो । अहिले लामिछाने पुनः आफैँले बारम्बार उठाइरहने प्रश्नको जवाफ दिनु पर्ने भूमिकामा दोस्रो पटक पुगेका छन् । जनतालाई सुशानको प्रत्याभूति गराउन उपप्रधान तथा गृहमन्त्रीका रुपमा लामिछानेको दोस्रो इनिङ सुरु भएको छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....