काठमाडौँ । टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२० रन जोडेको हो ।
बलिङतर्फ नेपालका प्रतिश जिसिले सर्वाधिक ३ विकेट लिए । त्यस्तै करण केसी र कुशल मल्ले २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
फाल्गुन १९, २०८० ०१:१४ मा प्रकाशित