लोकगायक खड्ग गायक गर्बुजाकाे कहाली लाग्दो विगत : पहिलो गित रेकर्ड गरेकै दिन आमा बितिन्, ३ महिनामा खबर पाए

सिधाकुरा

म्याग्दी । भिरबाट खसेर घाइते नभएको भए लोकगायक खड्ग गर्बुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सीमित हुन्थ्यो । बेलायती सेनामा भर्ति हुन पहिलो चरणको शारीरिक अभ्यासको परीक्षामा उत्र्तीण भएपछि थप तयारीका लागि गाउँ फर्किएका धवलागिरि गाउँपालिका–६ मराङ, अर्बाङका गर्बुजा भिरबाट खसेर शारीरिक अपाङ्गता भएपछि उनको लाहुरेको सपना गायनतर्फ मोडियो । 

विसं २०४३ पुस ८ गते घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका गर्बुजाको शरीरको मेरुडण्डदेखि तल्लो भागले काम गर्न सक्दैन । लाहुरे बनेर घरपरिवारको सपना पूरा गर्ने उनका पाइला भीरबाट लर्किएपछि अधुरा मात्रै रहेनन् परिवारमा सङ्कट, अभाव र समस्या झनै झाङ्गिदै गए । आर्थिक अभाव र स्वास्थ्य सेवाको पहुँच नभएका कारण समयमै उपचार गराउन नसकेर अपाङ्गता भएका गर्बुजा आफ्नै हिम्मत र निरन्तरताको प्रयासले सफल र लोकप्रिय गायकको पहिचान बनाउन सफल भए । 

अहिले ह्विलचेयरमा चढेर जब गर्बुजा मञ्चमा माइक समाउन पुग्छन्, तब युवायुवतीदेखि वृद्धवृद्धासम्म नाच्न थाल्छन् । परम्परागत लोक भाकामा गीत गाउने गायक गर्बुजाले धौलागिरि क्षेत्रमा गुञ्जने शिरफूल, यानीमाया, सालैजो, सोरठी, ख्याली, झ्याउरे, लस्केलगायतका लोकभाकाको संरक्षण हुने सयाैँ गीत तयार गरेका छन् । 

गर्बुजा अहिले स्वदेशमा मात्रै होइन, प्रवासमा रहेका नेपालीमाझ पनि उत्तिकै लाकेप्रिय कलाकारका रुपमा परिचित छन् । हेर्दाहेर्दै मायाले सोलेडाँडा काट्यो मायाले, बेनी बजार कालीगण्डकी, पानी खायो बाघैले, सुन मुरलीलाई, छ फूल बनैमा लगायतका मर्मस्पर्शी भाका सिर्जना गरेका गर्बुजाकाे गायनयात्रा जीवनकै कहालीलाग्दो दुर्घटनाबाट सुरु भएको थियो । 

“परिवारको पनि चाहना म लाहुरे भैदिए हुने भन्ने थियो । भारतीय सेनामा भर्ति हुन फाइनलसम्म पुगेर बाहिरिएको थिएँ । त्यतिबेलै गलेश्वरमा बेलायती सेनाको भर्ति लिन गल्ला आएको सूचना पाएपछि, त्यहाँ गएर शारीरिक व्यायामको परीक्षा दिएँ । पहिलो चरणमा उत्र्तीण भएर गाउँ गएको थिएँ, घाँस काट्न भीरमा गएको बेला लडेपछि रुखमा अड्किन पुग्यो । त्यो घटनाबाट म त बाँचे तर मेरो लाहुरे बन्ने सपना त्यहीँ म¥र्यो”, गायक गर्बुजाले दुख सम्झीए । 

बेनी, पोखरा हुँदै वीर अस्पतालसम्म उपचारका लागि गएपनि ढिला गरी अस्पताल आएकाले पूर्णरुपमा उपचार सम्भव नहुने चिकित्सकको जवाफ लिएर घर फर्किएका गर्बुजाले मौलिक बाजाको रुपमा चिनिने मौरीबाजा बनाउने र गाउँका स्थानीय भाका गाउन थाले । उनका दाईसमेत सानै उमेरमा रुखबाट खसेर अपाङ्गता भएका थिए ।

“घरका दुई छोरा त अपाङ्गता भएका थियाैँ । त्यही समयमा घरमा आमासमेत पक्षघातको बिरामी पर्नुभयो । हामी दुई अपाङ्गता भएका दाजुभाइको स्याहार गर्ने आमासमेत थला परेपछि म पुनःस्थापनाको खोजीमा घर छाडेर भौतारिएको थिएँ”, गर्बुजाले भने । घर छाडेपछि सदरमुकाम बेनीका चोकचोकमा गीत गाउने र मौरीबाजा बजाउने आफ्नो दैनिकी स्मरण गर्छन् ।

बेनी, बागलुङका बजार हुँदै काठमाडौँ पुगेर गीत गाउँदै दुःखका कथा सुनाउँदै गर्बुजाले सडकबाट जीवनको कठिन सङ्घर्ष सुरु गर्नुभएको थियो । विसं २०४७ मा पुनःस्थापना र गीत रेकर्ड गर्ने सपना बोकेर काठमाडौँ अाएका गर्बुजाले रेडियो नेपालको चौतारी कार्यक्रममा सहभागी बनेर आफूलाई गायनमा निखार ल्याउने अवसर पाए । 

रेडियो नेपालको स्वर परीक्षणमा उत्तीर्ण भएपछि गीतसङ्गीतबाटै आफुलाई अघि बढाउने सङ्कल्प गरेका गर्बुजाको पहिलो गीत रेकर्ड गर्ने दिनमा घरमा आमाको निधन भएको थियो । “फोनको सुविधा थिएन, चिठी पठाउनुपथ्र्यो घरको हाल खबर बुझ्नलाई । मैले पहिलो गीत ‘दुःखको भूमरी’ रेकर्ड गराउने दिनमा नै आमा बित्नुभएछ, त्यो खबर मैले काठमाडौँमा भेटिनुभएका आफन्तबाट करिब तीन महिनापछि मात्रै थाहा पाएँ”, गर्बुजाले गहभरी अाँसु पार्दै विगत सुनाउँछन् । 

करिब नौ सय गीतमा स्वर भरेका गायक गर्बुजा दुई दर्जन विदेशी भूमिमा पुगेर आफ्नो साङ्गितिक प्रस्तुति दिएका छन् । गायन संँगसँगै बाध्यबाधनतर्फसमेत सिपालु गर्बुजाले विसं २०५४ देखि रेडियो नेपालमा करारमा नियुक्त भएर बाध्यबादनको कामसमेत गर्दै आएका छन् । लोपउन्मुख नेपाली मौलिक मौरी बाजाका सर्जगसमेत रहेका उनले मादल, बाँसुरी, हार्मोनियम लगायतका बाध्यबाधनसमेत बजाउँछन् । 

 २०५९ मा प्रवल गोर्खा दक्षिण बाहु पदकबाट सम्मानित गर्बुजा म्याग्दीमासमेत विभिन्न सङ्घ संस्थाबाट सम्मानित भइसकेका छन् । हालै गर्बुजाको गृह गाउँपालिका धवलागिरिले गर्बुजालाई उत्कृष्ट श्रष्टाको रुपमा सम्मान गरेको छ ।

गाउँमा कक्षा ६ सम्मको अध्ययन गरेका गर्बुजाले काठमाडाैँ पसेर कलाकारितामा आफूलाई निखार मात्रै ल्याएनन्, बिचमा छाडेको पढाइलाई स्नातक तहसम्म निरन्तरता दिए । अहिले उनका दुई छोरी अध्ययनको सिलसिलामा अष्ट्रेलियामा छन् भने उनी श्रीमती र बाबुसँग काठमाडाैँमा बस्छन् । बाध्यबादन र गीत रेकर्ड गराउनुका साथै विभिन्न मेला, महोत्सव र साङ्गितिक कार्यक्रममा गर्बुजाको दैनिकी व्यस्त हुने गरेको छ ।


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....