पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्र प्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?

सिधाकुरा

काठमाडौँ । पेट दुखेर वीर अस्पताल आएका जुम्लाका चित्रप्रसाद अहिले खुट्टा नै टेक्न नसक्ने अवस्थामा पुगेका छन् । उपचारका क्रममा चिकित्सकको लापरवाहीका कारण आफ्नो दाहिने खुट्टा नै चल्न छाडेको उनको आरोप छ । 

जुम्लाका ५२ वर्षीय चित्रप्रसाद समाल पेटमा डल्लो जस्तो देखिए पछि हिँडेरै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए । क्यान्सरको शङ्का गर्दै प्रतिष्ठानले काठमाडौँस्थित वीर अस्पताल पठाएको थियो । उनको वीर अस्पतालमा पेटको उपचार भयो । तर, पेटको उपचारका क्रममा लापरबाही हुँदा उनी अहिले खुट्टा नै नचल्ने समस्याका कारण अर्को अस्पताल अर्थात वीरकै ट्रमा सेन्टरको ५४२ नम्बर बेडमा छटपटिएका छन् । 


अस्पतालै पिच्छे भएका अनेक परिक्षण र शल्यक्रियाले पछि रोग झनै बल्झिएको छ । हिँडेर अस्पताल आएका समालको अहिले दाहिने खुट्टाले टेक्दैन, खुट्टामा चाल समेत छैन । जुम्ला तातोपानी गाउँपालिका ४ का समाल परिवार वीर अस्पतालमा उपचारका क्रममा लापरवाही गरिएको दाबी गर्दै आएका छन्  छोरा महेश समालका अनुसार चित्र प्रसादको कोखामा समस्या भएपछि साउनको पहिलो साता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गराउँदा क्यान्सर हुन सक्ने शङ्का गर्दै प्रतिष्ठानले वीर अस्पताल काठमाडौँमा रिफर गरेको थियो । 

वीर अस्पताल आएपछि चिकित्सकले आन्द्रामा क्यान्सर हुन सक्ने भन्दै कोलोनोस्काेपी गर्नुपर्ने सुझाव दिए । चिकित्सकका अनुसार रिपोर्टमा आन्द्राको बाहिरी भागमा डल्लो देखियो । चिकित्सकले अपरेशन गर्नुपर्ने बताए । 

त्यसपछि साउन २३ गते अस्पतालमा भर्ना भई २५ गते अपरेशन गर्न तयारी गरियो । भर्ना भएपश्चात्, चिकित्सकले एमआरआई गराउन सुझाव दिए । फेरी भोलिपल्ट एमआरआईको साटो अल्ट्रासाउण्ड गर्न भनियो । अल्ट्रासाउण्ड गर्दा चित्र प्रसादको पेटमा डल्लो देखियो । साउन २९ गते चित्र प्रसादको अप्रेसन भयो । 

महेशका अनुसार अपरेशनको क्रममा डक्टरहरूले सोचेजस्तो डल्लो नभएको र नशाहरू डल्लो परेका कारण अप्रेसन गर्नुपर्ने अवस्था आएको जानकारी दिएका थिए । पेटमा केही नदेखिएपछि अपरेशनको क्रममा नशाहरू काटिएको र तिनको रिपेयर गर्न राष्ट्रिय ट्रमा सेन्टरबाट डाक्टर जनित सिंहको टिमले आएर सर्जरी गरेको महेश बताउँछन् । 

त्यसपछि चित्र प्रसादको पेटको समस्या कम हुँदै गए पनि कम्मरदेखि तलको भाग हुँदै दाहिने खुट्टामा समस्या देखियो । उनको दाहिने खुट्टाले चाल नै पाउन छोड्यो, सेन्स हरायो । अप्रेसन पछि अवस्था झन् बिग्रिएपछि उनलाई ग्यास्ट्रो वार्डमा दुई दिनसम्म राखियो तर भदौ २ गते राति ११ बजे उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लैजानु पर्ने भन्दै डिस्चार्ज गरिएको थियो महेशको गुनासो रहेको छ ।

अहिले उनी ट्रमा सेन्टरको बेडमा छन्, उनी वैशाखीको सहाराबिना टेक्न सक्दैनन् । चिकित्सकले रोगको पहिचान नै नगरी अप्रेसन गर्दा जटिलता निस्किएको हुन सक्ने चित्र प्रसादका छोरा महेशको गुनासो छ । 

यस विषयमा ग्यास्ट्राे सर्जरीका विभागीय प्रमुख शरद पोखरेलसँग कुराकानी गर्न  खोज्दा उनले समय नै नदिएको महेशको गुनासो छ । 

समालको परिवारले अहिले स्वास्थ्य उपचारमा लापरवाही गरिएकाले दोषी माथि कारवाही गरि विरामीलाई क्षतीपुर्ती भराउन माग गरेका छन् । समालको परिवारले विर अस्पतालका निर्देशकलाई सम्बोधन गर्दै आइतबार निवदेन दर्ता गराएका छन् । 

यता अस्पताल प्रशासनले भने बिरामीको आरोपको खण्डन गरेको छ । अस्पतालका सूचना अधिकारी मोहन कोइरालाले  विशेषज्ञ चिकित्सकहरुबाट हुने उपचारमा लापरबाहीको अवस्था नहुने भन्दै चिकित्सकको अनुभव र वीर अस्पातालको उपचारलाई विश्वास गर्न आग्रह गर्छन् ।

‘वीर अस्पतालको उपचारको गुणस्तरमा शङ्का गर्नु पर्दैन,’ कोइरालले भने,‘तर, समालको घटनामाले के भएको हो हामी बुझ्न बाँकी छ ।’ वीर अस्पतालमा दैनिक २५ सय बिरामी उपचारका लागि आउने भन्दै उनले त्यो सबै समग्र संस्था माथिको विश्वासका कारण सम्भव भएको बताए । साथै उनले अहिले पनि ९ सय बिरामी अस्पतालमा भर्ना भएर उपचारत रहेको भन्दै उपचारको गुणस्तरमा आशंका नै गर्न नपर्ने बताए ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....