बागलुङ नगरपालिकाको आलोचना गर्दा मेयरले नै हाले नागरिकलाई साइबर क्राइमको मुद्दा

सिधाकुरा

काठमाडौँ । बागलुङ नगरपालिकाको आलोचना गर्दा बागलुङका एकबहादुर केसीलाई बागलुङ नगरपालिकाका मेयरले नै साइबर क्राइमको कसुरमा प्रहरीमा मुद्दा दर्ता गराएका छन् । 


केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्‌घाटन गरेको बागलुङ बसपार्क दोस्रो दिनबाटै चल्न छोडेपछि नगरपालिका र मुख्यमन्त्रीकै आलोचन गर्दै केसीले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । 

निर्माण सुरु भएको २३ वर्षमा बसपार्क उद्‌घाटन भएपनि दोस्रो दिनबाटै सञ्चालन हुन नसकेपछि, बागलुङ नगरपालिका र मुख्यमन्त्रीले शिलालेखमा नाम लेखाउनकै लागि उद्‌घाटन गरेको आशय सामाजिक सञ्जालमा व्यक्त गरेका थिए । 

साथै उनले उक्त कार्यक्रम स्थलमा आयोजकले गरेको फोहोर दोस्रो दिनसम्म पनि नउठाएपछि आफैँले फोहोर सङ्कलन गरेर फेसबुकमा भिडियो पोष्ट गरेका थिए । केसीले बागलुङमा भर्खर उद्‌घाटन भएको बसपार्क दोस्रो दिनबाटै सञ्चालनमा नआएपछि निरन्तर सामाजिक सञ्जालमा विरोध जनाइरहेका थिए । 
केसीले यो विषयमा पहिलो पटक सेप्टेम्बर ४ मा मुख्यमन्त्रीले शिलामा नाम लेखेको ठाउँ, बागलुङबासीको थाप्लोमा ऋण भन्दै सुनसान बसपार्कको भिडियोसहित स्टाटस लेखेका थिए । 

त्यसपछि केसीले ‘जागौँ नागरिक, शिला लेख भत्काउन अब ढिला गर्नु हुँदैन’ भन्दै अर्को स्टाटस राखेका छन् ।

केसीले अर्को दिन उद्‌घाटन भएको दोस्रो दिन नै बसपार्क सुनसान भन्ने न्युज लिङ्क शेयर गर्दै ‘राजाका सालिक भत्काए जसरी शिलान्यास गरेको शिलापत्र भत्काउन नागरिक जागौँ उठौँ’ लेखेका छन् ।

फेरि केसीले एक युट्युब च्यानलमा यही बसपार्कमा विषयमा दिएको अन्तर्वार्ताको लिङ्क शेयर गरेका छन्, जहाँ ‘बसपार्क सुनसान हुँदा स्थानीय आक्रोशित’ भनिएको छ । 

सेप्टेम्बर ५ मा केसीले बसपार्क उद्‌घाटन भएको २ दिनसम्म पनि उद्घाटनमा गरिएको फोहोर नउठाइएको भन्दै आफैले फोहोर उठाएको भिडियो पोस्ट गरेका छन् । 

केसीले फोहोर सङ्कलन गरेको भिडियो एक सामाजिक सञ्जाल प्रयोगकर्ताले बागलुङका मेयर बसन्त कुमार श्रेष्ठलाई पठाएका प्रश्न गरेका 
थिए । ति व्यक्तिको प्रश्नमा मेयर श्रेष्ठले ‘नाटकै हो भाइ’ भन्ने जवाफ दिएको स्कृनसट पनि केसीले फेसबुकमा हालिदिएका छन् । 

केसीका यिनै स्टाटस र भिडियोलाई प्रमाण बनाउँदै बागलुङ नगरपालिकाका मेयरले विद्युतीय अपराध सम्बन्धी कसुरमा जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । केसीलाई पक्राउ गर्न जिल्ला अदालत बागलुङबाट पक्राउ पुर्जी जारी भइसकेको अदालत स्रोतले जनाएको छ । तर प्रहरीले भने यस विषयमा खुलाउन चाहेनन् । 

यता आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि केसी जिल्ला छाडेर हिँडेको बताएका छन् । सिधाकुरासँगको सम्पर्कमा आएका केसीले आफूले स्थानीय भएकाले सरोकारवाला निकायलाई झकझक्याउन सामाजिक सञ्जाल मार्फत ध्यानर्कषण गराउँदा साइबर क्राइमको दण्ड देखाएर दबाउन खोजेको गुनासो गरेका छन् । 

एकबहादुर केसी

जिल्लामा भ्रष्टाचार तथा अनियमितताको विषयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यम माफर्त ध्यानकर्षण गराउँदै आएका केसीले बागलुङ नगरपालिका मेयर बसन्त कुमार श्रेष्ठले पदीय हैसियतको दुरुपयोग गर्दै प्रहरीलाई नै दबाबमा राखेर आफूविरुद्ध जाहेरी दर्ता गराएको गुनासो गरे । 

बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठ
बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले पनि आफूले केसीविरुद्ध जाहेरी दर्ता गराएको बताएका छन् । सामाजिक सञ्जालबाट समाज भड्काउने नियतका साथ गतिविधि गरेपछि आफूले जोहरी दर्ता गराएको श्रेष्ठको दाबी छ । श्रेष्ठले भने, ‘निरन्तर राज्यका निकायविरुद्ध समाज भड्काउने अभिव्यक्ति दिने, शिलालेख भत्काउनुपर्छ भन्दै हिँड्ने व्यक्तिलाई कानुनी दायरमा ल्याउनका लागि मेरै आदेशमा नगरपालिको जाहेरी दर्ता गराएको हो । 

बसपार्क अहिले पूर्ण सञ्चालनमा रहेको दावी गर्दै मेयर श्रेष्ठले उद्‌घाटन भएको भोलिपल्ट कामदार थाकेका कारण बसपार्क सफा गर्न नभ्याइएको अवस्थामा केसीले फोहोरको भिडियो बनाएर पोस्ट गरेको बताए । 

अधिवक्ता राम शर्माले भने बागलुङ नगरपालिकाले बोलेकै भरमा, लेखेकै भरमा विद्युतीय अपराधमा जाहेरी दर्ता गराएर आलोचकको मुख थुन्न खोजेको बताउँछन् । राज्यको लाखौँ लगानी भएका संरचना उद्‌घाटन गरेर पनि चलाउन नसक्दा खेप्नुपर्ने आलोचना ढाकछोप गर्न विरोध गर्नेहरुलाई ठेगान लगाउने रणनिति नगरपालिकाले लिएको उनको बुझाई छ । 

विद्युतीय अपराधको पासो देखाएर नागरिकलाई नगरपालिका र जनप्रतिनिधि विरुद्ध बोल्नै रोक्ने उद्देश्यले नाङ्लो ठटाएर हात्ति तर्साउन खोजेको शर्मा बताउँछन् । उनले भने कानुनको गलत प्रयोग गरेर जाहेरी दर्ता गर्ने, पक्राउ पुर्जी लिने गरिएपनि स्थानीय सरकारले एक जना नागरिकतामाथि गरेको यो हठ विद्युतीय अपराधको कसुर नठहर्ने दाबी गर्छन् । 

मेयर श्रेष्ठ नेपाली कांग्रेस पार्टीबाट निर्वाचित भएका हुन् । 

प्रतिक्रिया

  • 📌 You have a transaction from Binance. Take >>> out.carrotquest-mail.io/r?hash=YXBwPTY0MDcyJmNvbnZlcnNhdGlvbj0xNzkzOTE5MDI1MDM0NTYxNzk0JmFjdGlvbj1jbGlja2VkJnVybD1odHRwcyUzQSUyRiUyRnJlZGxpbmtiaXRzLnRvcCUyRmdvJTJGeTJiNDAzJTJGMjNiNCZyYWlzZV9vbl9lcnJvcj1GYWxz 1 months ago
    n40238

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....