झापा जग्गा प्रकरण : प्रदेश सांसदसहित संलग्नहरूमाथि प्रहरीले थाल्यो अनुसन्धान

राजु पौडेल

झापा । कोशी प्रदेशका प्रदेशसभा सदस्य भुमीप्रसाद राजवंशीले फरार प्रतिवादी उपस्थित गराएर करोडौँको जग्गा पास गरिदिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रदेश सभा सदस्यले सङ्गठित रुपमा मानिस अपहरण तथा शरीर बन्धकका फरार प्रतिवादी एवम् जग्गा धनीलाई मुद्दा मिलाउने प्रलोभनमा पारेर उनकै नाममा रहेको जग्गा नामसारी गरिदिएको सिधाकुराले खुलासा गरेको थियो । 

EXCLUSIVE : फरार अभियुक्तबाट करोडौंको जग्गा हत्याउन कांग्रेस प्रदेश सांसद नै संलग्न

घटना सार्वजनिक भएपछि मुद्दा दर्तादेखि फैसलासम्मका कागजात संकलन गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाको बिर्तामोड –५ जात्रुबाडीका श्रीलाल भनिने सुरेन्द्रलाल राजवंशीको भारत पश्चिम बङ्गालस्थित चैनागारामा हत्या भएको थियो । 

राजवंशीकी जेठी श्रीमती हिमादेवी चौधरीले कान्छी श्रीमती चिन्ता सिन्हा सहितलाई ८ जनालाई विपक्षी बनाएर सङ्गठित रुपमा मानिस अपहरण तथा शरीर बन्धक मुद्दा दायर गरेकी थिइन् । २०७५ साउन १० गते झापा जिल्ला अदालतमा दायर भएको मुद्दा फैसला हुँदासम्म प्रतिवादी सिन्हा अदालतमा उपस्थित भइनन् । २०७८ पुस २७ गते झापा जिल्ला अदालतले गरेको फैसलाअनुसार सिन्हा फरार रहेका कारण मुद्दा मुल्तबीमा रहने ठहर गर्यो । 

तर, फरार रहेकी प्रतिवादी सिन्हालाई मुद्दा मिलाइदिने बहानामा नेपाल बोलाएर उनका श्रीमानका नाममा रहेको जायजेथा वादी हिमादेवी चौधरीलाई पास गर्ने गैह्रकानुनी कार्यमा माननीय राजवंशीको संलग्नता रहेको खुलेको थियो । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरीले अहिले हत्या अभियोग र जाहेरी देखिको मिसिल मगाएर अनुसन्धान सुरु गरेको छ । उक्त विषयमा अनुसन्धान सुरु गरेको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए । 

प्रहरीका अनुसार घटनासंग सम्बन्धित सबै कागजपत्र झिकाएर अनुसन्धान सुरु गरिएको छ । ‘हामीले इलाका प्रहरी कार्यालय अनारमनीसँग समेत सबै मिसिल माग गरेका छौँ,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यसपछि केकस्तो फैसला भयो, फरार प्रतिवादी कसरी ल्याइयो ति सबै अनुसन्धान गरिरहेका छौँ । सबै खुलेपछि जानकारी गराउँछौँ ।’

जेठी श्रीमती हिमादेवी चौधरीले पतिका नाममा रहेको जमिन आफ्नो नाममा पार्न एकलौटी नामसारीका लागि भूमिसुधार तथा मालपोत कार्यालय झापामा निवेदन दिएकी थिइन् । मालपोत कार्यालयले २०७६ मंसिर ८ गते मृतककी कान्छी श्रीमती सिन्हा समेत रहेकाले अदालतबाट हकदार कायम गरि ल्याउन भनेको थियो । चौधरीले नै दायर गरेको अपुताली रोलक्रमबाट हटाइपाउँ भन्ने मुद्दा पनि जिल्ला अदालत झापाले २०७८ साल पुस २७ गते प्रतिवादी फरार रहेकोले वादीको दाबीसँग सहमत हुन नसकिने फैसला गरेको थियो । तर, बिर्तामोड वडा नम्बर ८ को कार्यालय र मालपोत कार्यालय झापाले अदालत र आफ्नै आदेशको विरुद्ध जग्गा नामसारी गर्दै राजीनामा पास गराइदिएपछि जग्गा हत्याउने कार्यको खुलासा भएको थियो ।

राजवंशीको हत्या र त्यसपछिको अनुसन्धान र सम्पत्ति किनबेचमा विगतदेखि गिरोह सक्रिय रहेको यसअघि नै प्रहरी अनुसन्धानमा खुलेको थियो । २०७४ फागुन ९ गते भारतको पश्चिम बङ्गालस्थित चैनागिरीमा हत्या गरिएका राजवंशीको अनुसन्धानमै चलखेल देखिएको पाइएको थियो । 

सो हत्यापछि जग्गा हत्याउन इलाका प्रहरी कार्यालय अनारमनीका तत्कालीन डीएसपी कृष्ण कोइराला, असई अम्बिका पोखरेल, अर्जुनधाराका टेकबहादुर लिम्बू र चारपानेका धैरज राजवंशी लागेको पाइएको थियो । तर, हालसम्म हत्या अभियोगमा न कोही पक्राउ परे, न त मुद्दा प्रक्रिया नै अघि बढ्यो । बरु कान्छी श्रीमती चिन्ता सिन्हासँग बस्दै आएका राजवंशीकी जेठी श्रीमती हिमादेवी चौधरीले कान्छीविरुद्ध सङ्गठित रुपमा मानिस अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरिन् । जसले गर्दा हत्या जस्तो फौजदारी कसुरका अपराधी उम्कने मौका पाए । अनुसन्धानमा संलग्न तत्कालीन एक प्रहरीका अनुसार जग्गाको झमेला र पैसाको प्रलोभनले गर्दा अनुसन्धान पुरा हुन पाएको थिएन । उनले भने, ‘अनुसन्धान अघि बढाउने हो भने धेरै कुरा खुल्छ ।’


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....