भ्रम छर्न पूरानो कागज प्रकाशन गर्ने कान्तिपुरले अरुलाई कानुन सिकाउनुपूर्व आफूले सिकोस् : रवि लामिछाने

सिधाकुरा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीले हिनामिना गरेको विषयमा आफ्नो नाम विभिन्न मिडियाले जोडेकोप्रति सामाजिक संजालबाट जवाफ दिएका हुन । 

सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै उनले कान्तिपुर दैनिकमा मंगलबार प्रकाशित समाचारमा ग्यालेक्सी टीभीको सेयरसँग सम्बन्धित पुरानो कागजात प्रकाशित गरेको भन्दै खेद प्रकट गरेका छन् ।

उनले पूरानो कागजात प्रकाशन गरि आफू अझै गोर्खा मिडिया नेटवर्कको सेयरवाला रहेको भ्रम छर्न खोजिएको बताएका छन् । 

‘कान्तिपुर दैनिकले हिजो (मंगलबार) ‘सहारा चितवन सहकारीका बचतकर्ता वेसहाराः ८५ करोड हिनामिना, बिनाधितो १२ करोड ग्यालेक्सीमा शीर्षक’को समाचार प्रेषित गर्‍यो। समाचारमा म अझै ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कको सेयरवाला रहेको भ्रम छर्न खोजिएको रहेछ। भ्रमलाई सत्यका रुपमा स्थापित गर्न उसले सेयर लगतको पुरानो (२०७८/६/२३) को विवरण राखेको रहेछ। त्यसपछि गोर्खा मिडिया नेटवर्कको सेयर लगतमा निकै फेरबदल भइसकेको तथ्यको कागजात उसले पाउन सकेन वा नियतबस लुकायो म भन्न त सक्दिन !,’ उनले थपेका छन्, ‘मैले ग्यालेक्सी टीभी छोड्ने बेलैमा आफूलाई दिएको (पैसा लगानी नगरी) सेयर सबै ट्रान्सफर गरेको जानकारी गराएको थिएँ। तर, मैले सार्वजनिक जानकारी दिइसकेको मात्र होइन, कानूनी रुपमै अलग भइसकेको कम्पनीसँग सम्बन्धित पुरानो कागजात भजाएर कान्तिपुरले के स्थापित गर्न खोजिरहेको छ, मैले बुझ्न सकेको छैन। उसले पुरानो कागजातको सहारा लिएर भ्रम छर्नुअघि नयाँ कागजात खोज्ने सामर्थ्य राखेको भए उसको नियतमा अहिले जसरी सार्वजनिक प्रश्न आउने थिएन। सेयर लगतको नयाँ कागजात तल पोष्ट गरेको छु जसमा मेरो सेयरवाला नभएको स्पष्ट देखिन्छ। ’

त्यस्तै उनले सहकारीले आफ्ना सदस्यबाहेक कुनै संस्थालाई ऋण दिनु कानून विपरीत रहेको र कानून उल्लंघन गरे सहकारी विभागले सम्बन्धित सहकारीलाई कारबाही गर्ने कानूनी व्यवस्था रहेको रविले उल्लेख गरेका छन् । तर आफू कर्मचारीको रुपमा कार्यरत संस्थामा लगानीकर्ताले कहाँबाट लगानी ल्याए त्यो उनले नभनेसम्म आफूले थाहा पाउने अवस्था नहुने पनि बताएका छन् ।

ग्यालेक्सीले कुनै सहकारीबाट अवैधानिकरुपमा ऋण लिएबापत तत्कालीन सेयर सदस्यका रूपमा आफूलाई पनि कारबाही हुने भए भोग्न तयार रहेको पनि रविले बताएका छन् ।

'विद्यमान कानून मलाई कारबाही गर्न अपर्याप्त छ भने संशोधन गरेर भए पनि अभियोग लगाउँदा हुन्छ । तर, यहाँ मेरो एउटा प्रश्न चाहिँ छ । मदिराको विज्ञापन गर्न हुँदैन भन्ने कानूनी व्यवस्था सञ्चारमाध्यमलाई थाहा छ कि छैन ? छ भने २०७५ सालमै बनेको यस्तो व्यवस्थाको वर्षौँसम्म किन बर्खिलाप गरी मदिराको विज्ञापन गरी नै रहे ? कानून त तिनी पनि बुझ्थे र बुझ्छन् होला ? मैले कानून जान्नु र बुझ्नुपर्छ भन्ने कुनै सञ्चारमाध्यम वा पत्रकारलाई लाग्छ भने उसले पनि जान्नु र बुझ्नुपर्छ कि पर्दैन ?', उनले लेखेका छन् । 

त्यस्तै उनले आफूलाई कान्तिपुर र कान्तिपुरहरुले विगतदेखि अहिलेसम्म नियोजितरुपमा प्रहार गरेपनि आफू भने जिम्मेवार नीति निर्माताको रुपमा कान्तिपुरहरुको अधिकारका लागि लडिरहने बताएका छन् । 

‘प्रश्न गर्ने वैधानिक अधिकार आफूसँग मात्रै रहेको ठान्ने सञ्चारमाध्यम प्रश्नैसँग तर्सिन्छन्। र, नियत राखेरै प्रश्न गर्नेको चरित्रहत्यामा केन्द्रित हुन्छन्। कान्तिपुरले विगतदेखि अहिलेसम्म मलाई गरेको प्रहार नियोजित श्रृंखलाको निरन्तरता हो। जुन निरन्तर रहनेमा ढुक्क छु। एक जिम्मेवार नीति निर्माताको रुपमा म 'कान्तिपुरहरु' को अधिकारका लागि पनि लडिरहनेछु।’, उनले लेखेका छन् । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....