काठमाडौँ । पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ समीकरण बनेसँगै यसको प्रभाव सेयर बजारमा परेको छ । एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ सत्ता समीकरण बनेसँगै सेयर बजारमा सकारात्मक सर्किट लागेको हो ।
हिजोको तुलनामा नेप्से परिसूचक ७९ अङ्क अर्थात ४ प्रतिशतले बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । यससँगै २० मिनेटका लागि कारोबार स्थगित भएका छ ।