अन्धविश्वासले निम्त्याएको पारिवारिक विनाशः काला जादु गरेको भन्दै २ जनाको हत्या

जियालाल साह

वीरगञ्ज । गत जेठ २९ गते पर्साको जगरनाथपुर गाउँपालिका १ विसुनपुर्वा टोलको ओरिया खोला किनारमा गाडेको अवस्थामा दुई वटा शव फेला पर्यो । 


शव फेला परेको स्थान नेपाल भारत सिमानामा पर्छ । शव सडेर दुर्गन्ध आइरहेको थियो भने वन्यजन्तुले खोस्रिएर शरीरका केही भाग बाहिरै देखिएको थियो । स्थानीयले प्रहरीलाई सो घटनाबारे खबर गरे । 

प्रहरी घटनास्थलमा पुग्दा शव नजिकै कालो प्लास्टिकको झोलामा पुजा गर्ने अबिर, धुप लगायतका सामाग्री पनि फेला पर्यो । तत्कालै प्रहरीले घटनाबारे अनुसन्धान गर्न जिल्ला  र छिमेकी जिल्लाका विभिन्न युनिटसँग समन्वय थाल्यो ।

अनुसन्धानका क्रममा उक्त शव बाराको कलैया उपमहानगरपालिका वडा नं ५ पर्सा टोलका ५५ वर्षीय रामएकवाल पण्डित कुम्हार र उनका सहयोगी साथी बाराकै आदर्श कोतवाल गाउपालिका वडा नं ५ बेलवा टोलका ४० वर्षीय सुरेश ठाकुरको भएको खुल्यो । 

शवको पहिचानपछि प्रहरीले मृतकको परिवारसँग निजहरूको व्यक्तिगत, आर्थिक, सामाजिक तथा धार्मिक पुष्ठभूमि बुझेर अनुसन्धान अघि बढायो । सो क्रममा प्रहरीले रामएकवालको परिवारमा अंशबण्डाको विषयमा चर्को विवाद रहेको पत्तो पायो । सोही विवादलाई आधार मानेर अनुसन्धान गर्दै जाँदा रामएकवालको हत्या परिवारकै सदस्यको योजनामा भएको रहस्य बाहिर आयो । 

‘रामएकवालको हत्या गर्ने योजना रामएकवालका सहदोर भतिज सन्तोष प्रसाद कुम्हार र सन्तोषका भिनाजु लक्ष्मण कुमार प्रजापतिले बनाएको पाइयो,’ जिल्ला प्रहरी कार्यालय पर्साका घटना अनुसन्धान गरेका अधिकृतले भने,‘ उनीहरूले रामएकवालको हत्या गर्नको लागि महादेव महतो नुनियालाई सुपारी दिएको पाइयो ।’ साला भेना मिलेर रामएकवाल पण्डितको हत्या गर्न महादेव महतो नुनियालाई ४÷४ लाख रुपैयाँ दिएको बयानका क्रममा खुलाएका छन् । 

परिवारमा काला जादु गरेको भन्दै हत्या

मृतक रामएकवाल पण्डित कुम्हारका तीन दाजुभाइ छन् । तीनै दाजुभाइ मध्ये उनी सबैभन्दा कान्छो भए पनि परिवारको चल्तापुर्जा थिए । तीन दाजुभाइ मध्ये जेठो दाइ रहेका झोँझा पण्डितसँगको अंशबण्डाको विवाद अझैसम्म चलिरहेको छ । 

रामएकवाल मेडिकल पसल राखेर प्राथमिक उपचारको कार्य गर्दै आएका थिए । उनका ४ वटी छोरी र एक छोरा छन् । रामएकवाल मेडिकल पसलसँगै झारफुक समेत गर्ने गर्थे । उनले तन्त्रमन्त्र गरी मोहनी लगाएका कारण आफ्नो परिवारमा विभिन्न घटना हुने गरेको भन्दै उनको हत्या गरेको ठूलो दाइको छोरा लक्ष्मण पण्डितले प्रहरी समक्ष बयान दिएका छन् । 

हत्याका योजनाकार लक्ष्मण पण्डित र तिनका भिनाजु सन्तोष प्रसाद कुम्हारको बयानलाई उदृत गर्दै ती प्रहरी अधिकारीले भने, ‘काका रामएकवालले घरमा कालोजादु गरेका कारण कहिले भैँसी मर्ने, कहिले अचानक घरमा कुखुरा मर्ने लगायतका घटना हुने गरेको थियो ।’ उनीहरूले काकाकै काला जादुका कारण आफ्ना बाबु र दाइको बच्चाको समेत मृत्यु भएको बयान दिएको प्रहरीले जनाएको छ । 

काकाका कारण घरमा शुभ नभएको भन्दै लक्ष्मण पण्डितले चार महिनाअघि देखि नै काकाको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानले देखाएको छ । लक्ष्मण र सन्तोषले रामएकवालको हत्याका लागि हत्या मुद्दामा सजाय भुक्तान गरी बाहिर आएका महादेव महतो नुनियालाई ८ लाखको सुपारी दिएको पाइएको प्रहरीको दाबी छ । 

हत्याको रहस्य खुल्ने डरले रामएकवालका साथीको पनि हत्या

जेठ २५ गते लक्ष्मण र सन्तोषले पुजाको बहानामा रामएकवाललाई वीरगञ्ज बोलाउँछन् । रामएकवालले आफूसँगै सुरेश ठाकुरलाई पनि लिएर जान्छन् । उनीहरुलाई लक्ष्मण पण्डितका भिनाजु सन्तोष पण्डितले एउटै बाइकमा तिनजना चढाएर पर्साको जगरनाथपुर गाउँपालिका वडा नं। १ बिसुनपूर्वा टोलस्थित ओरिया खोला किनार पुर्याउँछन् ।

रामएकवाल र सुरेशलाई सोही खोलामा पुजाका लागि बोलाइएको थियो । त्यसपछि पूर्व निर्धारित योजना अनुसार हत्या गर्ने सुपारी पाएका महादेव महतो त्यहाँ पुग्छन् । उनीहरूले रामएकवाल र सुरेशको गम्छाले घाँटि थिचेर हत्या गर्छन् । त्यसपछि उनीहरूले शवलाई भारतीय सिमामा छोडेर त्यहाँबाट आआफ्नो घर लाग्छन् । 

झारफुक तथा रात्रीमा हुने पुजामा सहयोग गर्नका लागी साथी बनेर गएका सुरेश ठाकुरको समेत हत्या हुन्छ । ठाकुर विग्रेका टिभि मोबाईल मर्मत गर्ने काम गर्थे । उनी पनि रामएकवालसँग मिलेर सामान्य झारफुक समेत गर्दै आएका थिए । हत्याका योजनाकारहरुको सुरेशसँग कुनै दुश्मनी थिएन । पारिवारिक रिसिइवी रामएकवाल पण्डितसँग भएपनि हत्याको रहस्य खुल्ने डरले उनीसँगै आएका सुरेश ठाकुरको समेत हत्या गर्नुपरेको बयान लक्ष्मण पण्डितले प्रहरीलाई दिएका छन् । 

प्रहरीका अनुसार सुरेशलाई जिउँदो छोड्दा हत्याको पोल खुल्ने डरले उनको समेत हत्या गरिएको पर्सा प्रहरी समक्ष आरोपितहरुले बयान दिएका छन् । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....