गैह्रीगाँउ हत्याकाण्डका अभियुक्तको बयानः 'सबैको हत्या गरेपछि चुरोट खाएर त्यहीँ डेढ घण्टा सुतेँ, ९ ठाउँमा हत्या गरेको छु' ( बयानकाे पूर्णपाठ )

सिधाकुरा

काठमाडौँ : काठमाडौँको गैरीगाउँस्थित दिव्य सःमिलमा चार जनाको हत्या अभियोगमा २३ वर्षीय सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ का भण्डारीलाई शुक्रबार काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । 

भण्डारीले गत भदौ २९ गते काठमाडौँको गैरीगाउँस्थित दिव्य सःमिलमा भएको ४ जनाको सामूहिक हत्या गरेको स्वीकार गरेका थिए । बयानका क्रममा मोटरसाइकलले ठक्कर दिएका निउँमा १९ वर्षीय नविन राईको हत्या गर्न जाँदा अन्य तीन जनाको समेत हत्या गरेको खुलाएका छन् ।

उनले राई सहित मिलका सुरक्षा गार्ड कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी आमा सुभद्रा भुजेल, उनकी श्रीमती अम्बिका भुजेलको हत्या गरेका स्वीकार गरेका थिए । उनको बयानसँग भौतिक प्रमाण पनि मेल खाएको प्रहरीले जनाएको छ । उनले बयानका क्रममा बहिरा प्रति सामाजिक विभेद गर्दा आफूले ९ ठाउँमा हत्या गरेको समेत खुलाएका छन् । साथै उनले म्यासेजमा लागू औषध (गाँजा)को कारोबारको समेत कुरा गरेको भेटिएको छ ।

 थुनामा पुगेका सञ्जय भण्डारीले चारै जनाको हत्या गरि सोही ठाउँमा डेढ घण्टा सुतेको समेत बताएका छन् । उनी बोल्न र सुन्न नसक्ने भएकाले प्रहरीले दोभाषे प्रयोग गरेर बयान गराएको थियो ।

थुनामा पुगेका सञ्जय भण्डारीको बयानको पूर्णपाठ

"सांकेतिक भाषाको माध्यामबाट अध्यापन गराईने श्री सिन्धु बहिरा आधारभूत विद्यालय बाह्रबीसे सिन्धुपाल्चोक फाँटको छात्रवासमा बसी कक्षा १ देखी कक्षा ८ सम्म अध्ययन गरेँ। त्यसपश्चात् काठमाडौं नक्सालमा रहेको छात्रवासमा बसी श्री केन्द्रीय बहिरा उच्च माध्यामिक विद्यालय नक्साल काठमाडौंमा शिक्षा संकायमा अध्ययन गरी १२ कक्षा पास गरेको छु।

१२ कक्षा पास गरेपछि मजस्तै बहिरा साथीहरू रोशन कार्की, पंकज शर्मा र शिवराम मगर भन्ने साथीहरूसँग मिली काठमाडौं धुम्बराहीस्थित धीरज नकर्मीको घरको एउटा कोठा भाडामा लिई ३-४ महिना जती बस्यौँ।

त्यसपछि गाउँको घर सिन्धुपाल्चोक गई बसेँ। समय समयमा काठमाडौं आउने जाने गर्दथेँ। २०७९ कात्तिकतिर काठमाडौं आई काँडाघारीस्थित कान्छी दिदी भगवती भण्डारीको डेराकोठामा लगभग ३-४ महिना बसी कम्प्युटर सिकेँ।

पुनः गाउँको घर सिन्धुपाल्चोक बाह्रबीसेमा गई बसेकोमा घटनाको दिन काठमाडौं आई घटना घटाएको हुँ। मिति २०८० भदौ २९ गते राति जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नम्बर ३२ तीनकुनेस्थित दिव्य सःमिल एन्ड काष्ठ उद्योगमा मैले चारजना व्यक्तिको हत्या गरेको हुँ।

मैले हत्या गरेको मृतकहरूको नाम विशाल भन्ने नवीन राई, कुमार भन्ने पूर्णबहादुर भुजेल, अम्बिका भुजेल र शुभद्रा भुजेल भन्ने पछि थाहा पाए। म तीक्ष्ण क्षमता भएको व्यक्ति हुँ, एकपटक देखेको व्यक्तिलाई सधैँ चिन्न सक्छु र हरेक कुरा लामो समयसम्म दिमागमा राख्नसक्छु।

मलाई मोटरसाइकलले ठक्कर दिँदा, मैले ठक्कर दिने मोटरसाइकल चालकको अनुहार, आखा, शरीरको जीउडाल लगायतको हुलिया राम्रोसँग नियालेको कारण मेरो मानसपटलमा गहिरो स्मरण भइरहेको थियो। दुर्घटनापश्चात् मोटरसाइकल कोटेश्वरतर्फ गएको थियो। मलाई ठक्कर दिई उपचार खर्च नदिई हातपात गर्ने मोटरसाइकल चालकको म निरन्तर खोजीमा थिएँ।

सोही क्रममा म काँडाघारीमा बस्ने हुँदा कोटेश्वरको बाटो हुँदै आवतजावत गर्ने क्रममा मलाई ठक्कर दिने मोटरसाइकल चालकलाई पैदल हिँडेको अवस्थामा देखी मैले निजलाई चिनिहालेँ।

म निजको पिछा गर्दै जाँदा काठमाडौं तीनकुनेस्थित दिव्य सःमिल एन्ड काष्ठ उद्योगभित्र छिरे, त्यसपछि पटकपटक काष्ठ उद्योगको वरपरबाट नियाल्दा काष्ठ मिलको पश्चिमतर्फको फलामे डन्डीको गेटसँग सटाई बनाएको अस्थायी टहराहरूमा बस्ने गरेको निश्चित भयो। 

निजको नाम नवीन राई भन्ने पक्राउ परेपछि थाहा पाएको हुँ। मलाई ठक्कर दिई, हातपात गरी मेरो आत्मसम्मानमा चोट पुर्‍याउने मोटरसाइकल चालक नवीन राई बस्ने स्थान जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थितको दिव्य सःमिल एन्ड काष्ठ उद्योग पत्ता लगाइसकेपछि मैले निजलाई मार्न सकिने अवसर खोज्दै गर्दाको अवस्थामा म सिन्धुपाल्चोक बाह्रबीसेस्थित आफ्नो घरमा गई करिब एकरदुई महिनाजति घरमा बसेँ।

घटनाको अघिल्लो दिन बेलुका काठमाडौं गई मलाई ठक्कर दिने मोटरसाइकल चालकलाई मार्नुपर्छ भन्ने लाग्यो। भोलि काठामाडौं गई मार्ने योजना बनाए। सोहीअनुसार घटनाको दिन नवीन राईलाई मार्नको लागि पहिलेदेखि घरमा राखेको खुकुरी, मेरो परिचयपत्रहरू, कपडासमेत झोलामा राखी, लिई अन्दाजी बिहान ११ बजेतिर बाह्रबीसेस्थित अरनीको यातायातको काउन्टरमा आई अपाङ्ग छुटको सुविधा लिई भाडा तिरी बस चढी काठमाडौं हिँडेँ।

बेलुका अन्दाजी ४ बजेतिर बसले काठमाडौं कोटेश्वर ल्याई पुर्‍यायो र सोही स्थानमा बसबाट उत्रिएँ। कोटेश्वरबाट अर्को गाडी चढी चाबहिल पुगेँ। 

चाबहिलबाट पदैल हिँड्दै गहना पोखरी हुँदै नक्साल गई मजस्तै बहिरा साथीहरू चित्रबहादुर लामा, मनीष शाह र विवेक बस्नेतलाई भेटी केही समय सामान्य व्यक्तिगत गफ गरी निजहरूसँग छुट्टिई पुनः नक्सालबाट पैदल हिँड्दै गहनापोखरी चाबहिल एयरपोर्ट हुँदै घटनास्थल तीनकुने गएको हुँ।

घटनास्थल जाने क्रममा गौशालाबाट मोबाइल अफ गरेँ। खुकुरी राखेको झोला मैले बोकी हिँडेको थिएँ। घटनास्थलमा पुग्दा राति अन्दाजी ७ बजिसकेको थियो। 

घटनास्थल दिव्य सःमिल एन्ड काष्ठ उद्योगको दक्षिणमा एयरपोर्ट देखिने रिङरोडतर्फ मूल गेट थियो। मूल गेटअगाडि केही चहलपहल देखिन्थ्यो। सो गेटबाट पश्चिम  अन्दाजी १०र१५ मिटरको दूरीमा दिव्य सःमिल एन्ड काष्ठ उद्योगको पश्चिम गेटतर्फ जाने बाटो छ। सो बाटोबाट पश्चिततर्फको गेटमा गएँ।

उक्त बाटोबाट काष्ठ उद्योगसँगै रहेको मार्बल उद्योगमा जाने गेट छ, त्यो गेट बन्द थियो। 

बाटो त्यहीँ अन्त्य भएको थियो। अन्यत्र जान आउन सकिने अवस्था थिएन। पश्चिम गेट अगाडिको दुईवटै ठूलो घर पूर्ण रुपमा खालीजस्तो सुनसान थियो। त्यहाँ मानिसको चहलपहल हुने ठाउँ थिएन। पश्चिम गेट फलामको डन्डीहरू जोडी बनाएको थियो। सोही फलामको डन्डीहरूमा समाती नाघेर गेटसँगै रहेको दिव्य सस्मिल एन्ड काष्ठ उद्योगको  एककोठे कच्ची टहराको घरमा प्रवेश गरेँ।

खुकुरी झोलामा थियो। सुरुमा प्रवेश गरेको पश्चिम गेटनजिकको एक कोठे टहरो घरको कोठामा ढोकाको चुक्कुल मात्र लगाएको चाबी लगाएको थिएन। चुक्कुल खोली कोठा भित्र गएँ।

कोठामा चुरोट खाएँ। लगभग १५ मिनेटजति कोठामा एक्लै बसेँ। कोठाको सामुन्ने अगाडि भुइँतलासमेत दुईतले कच्ची टहरो घर थियो।

घरको भुइँतला बन्द र माथिल्लो तलाको ढोका खुला, बत्ती बलिरहेको अवस्थामा थियो। बत्ती बलेको कोठामा बाहिरबाट जाने फलामे गोलो रेलिङ भर्‍याङ थियो। 

सुरुमा प्रवेश गरेको कोठाबाट निस्किई कोठाको सामुन्नेको टहरोमा गई फलामे रेलिङ गोलो भर्‍याङ चढी बत्ती बलिरहेको माथिल्लो कोठामा गएँ।

कोठाको बीचमा बार लगाई दुईवटा कोठा बनाई अफिसको लागि प्रयोग गरेका रहेछन्, कोठामा कोही थिएनन्। केही समय त्यही कोठामा राखिएको सोफामा बसेपछि बाहिर मान्छे आएको जस्तो लाग्यो।

उठेर हेर्दा बाहिर मान्छे हिँडेको देखेँ। उक्त मान्छे पश्चिम गेटतर्फ गई, फर्किई पूर्वतर्फ गई पुनः फर्किई आउँदै थिए। आउँदै गरेको व्यक्ति मलाई ठक्कर दिई हातपात गर्ने मोटरसाइकल चालक नवीन राई रहेछन्, चिनिहालेँ। 

नवीन राई म बसेको कोठातर्फ आउन थाले। म पूर्वयोजना बमोजिम झोलाबाट खुकुरी निकाली कोठाको ढोकामा तयारी अवस्थामा बसेँ। नवीन राई ढोकामा आइपुग्नासाथ मलाई देखे। मेरो गाला माथि टाउकामा झापड हाने।

मैले दुवै हातले खुकुरी मजबुत तवरले समाती बल लगाई निजको टाउकोमा जोडले प्रहार गरेँ। रगताम्मे भई ढले। ढलेपछि पनि मैले टाउकोमा पटकपटक प्रहार गरेँ। मरेको एकिन भएपछि उसको खुट्टामा समातेर घिसारी कोठाभित्र छेउमा लगी राखेँ। केही समयपछि कोठा बाहिर आँगनजस्तो भागमा अर्का ५०-५५ वर्षजतिको देखिने छोरा मान्छे फोनमा कुरा गर्दै आएको जस्तो लाग्यो।

कोठाबाट तल झरी निजको पछाडि टाउकोमा जोडले खुकुरीले हानेँ। निज एकै चोटमा ढले, ढलेपश्चात् पनि टाउकोमा पटकपटक प्रहार गरेँ। मरेको एकिन भएपछि निजको दुवै खुट्टामा समातेर घिसार्दै टहराको पछाडि कुनामा रहेको ट्वाइलेटको ढोकाको छेउमा लगेर लुकाएँ।

शव लुकाएर आउँदा सोही ठाउँनजिकै आँगनमा अर्को महिला आउँदै गरेको देखेँ। उनलाई पनि खुकुरी हानेँ। सुरुमा हान्दा छेकेको जस्तो लाग्यो। तत्कालै दोस्रोपटक जोडले हान्दा भुइँमा ढलिन्। 

ती महिलाको शव पनि दुईवटा गोडामा समाई घिसारी केटा मान्छेको शव लुकाएको ट्वाइलेटको ढोकानजिकै पानी तान्ने चापाकलको छेउमा लुकाएँ। लगत्तै झोला भिरेकी बूढी मान्छे आँखा नदेखेको जस्तो गरी बिस्तारै भुइँतिर हेर्दै आइन्। 

ती बूढी मान्छेलाई समाती घाँटी रेटी मारी शवलाई घिसारेर काठहरू राखेको कुनामा लगी लुकाएँ। त्यसपछि यताउता हेरेँ, कसैलाई देखिनँ। लगभग रातिको ९ जति बजिसकेकाले सुनसान थियो। म थाकिसकेको थिएँ। 

शवहरू लुकाएको नजिकै चापाकलको धारामा प्लास्टिकको बाल्टी थापिरहेको रहेछ।

धारा थिची धाराबाट पानी निकालेर हात, मुख, खुकुरी धोएँ। मेरो कपडामा लागेको रगत पुछेँ र अफ गरेको मोबाइल अन गरी मोबाइलको लाइट बाली शरीरको रगत पुछिएको छरछैन एकिन गरेँ। 

त्यसपछि चुरोट खाएको पहिलेको कोठामा गई आराम गरेँ। लगभग डेढ दुई घण्टाजति आराम गरेपछि फ्ल्यास लाइटहरू आएको जस्तो लाग्यो। घटना सम्बन्धमा थाहा पाई मानिसहरू जम्मा हुन लागेको जस्तो लाग्यो। 

खुकुरीसहितको झोला बोकेर घटनास्थलमा प्रवेश गरेको गेट नाघेर दगुर्दै सडक क्रस गरेर तीनकुने हुँदै कोटेश्वरतर्फ भागेको हुँ।

नवीन राईको हत्या गरेपछि हत्या गरेको स्थानमा अन्य तीनजना व्यक्तिहरू कुमार भन्ने पूर्णबहादुर भुजेल, अम्बिका भुलेल र शुभद्रा भुजेल आएको देखी निजहरूले मलाई देखी नवीन राईको हत्या गर्ने व्यक्ति भनी चिन्ने र चिनाउने भएको हुँदा घटनाको प्रत्यक्षदर्शी प्रमाण नष्ट गर्नको लागि निजहरूको पनि हत्या गरेको हुँ। 

घटनास्थलबाट बाहिर निस्की दगुर्दै घटनास्थलअगाडिको तीनकुने रिङरोड अगाडिको बाटो क्रस गरी केही परसम्म दगुरी त्यसपछि सडकको किनारै किनार छिटोछिटो हिँडी जडीबुटी चोकसम्म गएँ।

त्यहाँबाट काँडाघारीस्थित दिदी(भिनाजु विशाल डोटेल र भगवती भण्डारी बस्ने कोठाको घरमा गई घरको गेट घचघचाई खोल्न अनुरोध गर्दा गेट खोलेनन्।

लगभग दुई घण्टासम्म गेट बाहिर बसी गेट माथिबाट चढी घर कम्पाउन्डभित्र गई कोठाको ढोका ढकढक गरेँ। त्यो कोठामा मेरा भिनाजुको भाइबुहारी बस्न थालेका रहेछन्।

दिदी(भिनाजु अर्को घरमा सरेका रहेछन्। भिनाजुको भाइबुहारीले भिनाजुलाई फोन गरी बोलाइदिए। भिनाजु विशाल डोटेल आएर नजिकै रहेको कोठामा लगे। 

कोठामा पुगेपछि दिदीले खाना दिइन्। खाना खाई दिदी(भिनाजुको कोठामा बसेका उमेश माझी र म एउटै खाटमा सुत्यौँ। हाम्रो घरमा पहिलेदेखि घरायसी प्रयोजनको लागि तीनवटा खुकुरी राखेका थिए।

त्यसमध्ये मेरो साथबाट बरामद भएको खुकुरी पनि हो। उक्त खुकुरी केही वर्ष अगाडिदेखि मैले लिई हिँड्ने गरेको हुँ।

प्रहरी प्रतिवेदन साथ पेस भएको खरानी रंगको छिर्केमिर्केजस्तो अगाडि नाइक लेखेको टिसर्ट, कालो जिन्स पाइन्ट, जुत्ता एक जोर र खैरो रंगको मोजा एक जोर मैले लगाएको मेरो टिसर्ट, पाइन्ट, जुत्ता र मोजा हो।

पक्राउपश्चात् मलाई हिरासतमा राख्ने क्रममा मैले लगाएको टिसर्ट, पाइन्ट, जुत्ता र मोजामा रगतजस्तो पदार्थ रहेको भनी हिरासतमा प्रहरीले मलाई खोल्न लगाए। 

प्रहरी प्रतिवेदन साथ पेस भएका टिसर्ट, पाइन्ट, जुत्ता र मोजा लगाई वारदातको दिनमा सिन्धुपाल्चोक बाह्रबीसेस्थित घरबाट काठमाडौं आई सोही कपडा, जुत्ता मोजा लगाएको अवस्थामा ४ जनाको खुकुरी प्रहार गरी हत्या गरेको हुँ।

सोही क्रममा मृतकहरूको शरीरबाट बगेको रगत मेरो कपडा, जुत्ता, मोजामा समेत लागेको हुनसक्छ। एयरपोर्ट गोल्डेन गेटको फुटेजमा गौशाला त्रिभुवन विमानस्थल हुँदै सिनामंगलतर्फ जाँदै गरेको कालो–कालो खैरो(खैरो छिर्के मिर्के टिसर्ट, कालो पाइन्ट, कालो जुत्ता लगाउने, पछाडि कालो ब्याग बोकेको, कपाल बाँधी जुरेली बनाएको गौशालाबाट घटनास्थलतर्फ जाँदै गरेको व्यक्ति म हुँ।

सामाजिक विभेदका कारण म निर्दयी छु। कसैप्रति माया ममता जाग्दैन।

विगतमा पनि यस्ता घटना धेरै घटाएको हुनाले मैले हत्यापछि घटनास्थलमा प्रवेश गर्दा पहिले पुगेको कोठामा गएर आराम गरेँ। आराम गर्दा केही समय निदाएँ, खासै असहज महसुस भएन।

बहिराहरूप्रति गरिने सामाजिक विभेदको कारण मैले काठमाडौंका विभिन्न स्थानहरू रातोपुल, धुम्बाराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा पनि विभिन्न मितिमा मान्छे मारेको छु। 

मैले मारेको मान्छेहरूलाई म चिन्दिनँ। सबैलाई धारिलो हतियार प्रहरी गरी मारेको छु। मारेको मिति थाहा छैन। अनुसन्धान गर्ने काम प्रहरीको हो। 

रिसर्च भण्डारी मैले चिनेको साथी हो। अहिले धेरै समय भयो सम्पर्कमा छैन, त्यतिखेर मार्ने विषयमा कुरा भएको भए तापनि मारेको छैन। अलिस श्रेष्ठ मजस्तै बोल्नरसुन्न नसक्ने बहिरा नागरिक हुन्। निजसँग तत्कालीन समयमा गाँजासम्बन्धी कुराकानी भएको भए तापनि कारोबार हुन पाएन। 

रिसव पौडेललाई उक्त म्यासेज तत्कालीन समयमा के कुन उद्देश्यले पठाएको हुँ, मलाई एकिन याद भएन, हाल खुलाउन सक्दिनँ। 

मेरो भन्नुपर्ने पूर्वबयान र प्रस्तुत थप बयानमा खुलाई लेखाएको छु। प्रस्तुत घटनामा मैले चारजनाको हत्या गरेपछि आराम गरिरहेको अवस्थामा घटनास्थलमा लाइट बाली आएका व्यक्तिलाई समेत हत्या गर्न पाएको भए यो घटना बाहिर आउँदैन थियो होला।

निजले घटना सम्बन्धमा प्रहरीलाई खबर गरेको कारण प्रहरीले मलाई पक्राउ गर्न सफल भयो। यदी घटनापछि निज व्यक्ति घटनास्थलमा नआएको तथा निजलाई पनि मैले मार्न भ्याएको भए म सबै शवहरू व्यवस्थापन गर्न सफल हुन्थेजस्तो लाग्छ। 

लाइटको उज्यालो देखी मानिसहरूको जमघट हुन लागेको भ्रममा परी निजलाई नमारी भागेकोमा मलाई पश्चाताप छ। "

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....