तथ्य जाँच : युवतीको चरित्रहत्या गरेको पोल खुलेपछि रवि र प्रहरीमाथि आरोप

लक्ष्मण गिरी

काठमाडौँ । बुधबार साँझदेखि एकाएक सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । 'उपप्रधानमन्त्री एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आलोचना गर्दा प्रहरीबाट यातना पाएका कारण एक युवकले विष पिए ।'


एक कान दुई कान आगो जसरी फैलिएको सो भिडियोकै आधारमा राष्ट्रिय दैनिक नागरिकले त बिहीबार पहिलो पृष्ठमै ठूलो समाचार छाप्यो ‘गृहमन्त्रीको आलोचना गर्दा प्रहरीको यातना, युवकले सेवन गरे विष’ शीर्षकको समाचार । 

समाजिक सञ्जालसँगै मूलधारका सञ्चारमाध्यम समेत यो प्रकरणमा जोडिएपछि सिधाकुराले उक्त समाचारको तथ्य जाँच गरेको थियो । जसमा रवि लामिछानेबारे फेसबुकमा कमेन्ट गर्दा प्रहरीले यातना दिएको र विष समेत पिएको भन्दै भाइरल भएको भिडियोको दावी गलत भएको पाइएको छ ।  

बुधबार सामाजिक सञ्जाल ‘फेसबुक’ मा एक युवकले रवि लामिछानेलाई सहकारी ठग भनेर आफूले कमेन्ट गरेकै आधारमा आफूलाई साइबर ब्युरोले यातना दिएको दाबी गर्दै भिडियो पोष्ट गरे । त्यतिमात्र नभएर उनले सो विषयलाई लिएर साइबर ब्युरोले दिएको यातनाका कारण आफूले विष सेवन गरेको दाबीसमेत गरेका छन् । उनले साइबर ब्युरोमा उपस्थित हुनुपूर्व  नै साथीलाई आफू ‘विष खाएर मर्न लागेको’ म्यासेज पठाएको देखिन्छ । 

सामाजिक सञ्जालमा उक्त भिडियो र सन्देश पोस्ट गर्ने व्यक्ति हुन् जाजरकोट जिल्ला तत्कालीन टालेगाउँ गा.वि.स –७ घर भई हाल काठमाडौँको किर्तिपुर बस्ने गणेशमान सिंह । २७ वर्षीय सिंहले अस्पतालको बेडमा सुतेर बोलेर बनाएको भिडियो बिहीबार बिहानैदेखि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भए । गृहमन्त्रीले विष पिउन बाध्य बनाएको भन्दै उनको चर्को आलोचना समेत भयो । एमालेका नेता भीम रावलले समेत गृहमन्त्री लक्षित आरोप लगाए । पत्रकार सम्मेलनमा उनले भने, 'स्नातकोत्तर गरेको नागरिकले गृहमन्त्री समेत रहेका व्यक्तिले सहकारीको त्यति ठूलो रकम हिनामिना गर्यो भनेर लेखेपछि साइबर ब्यूरोले दिएको घम्कीपछि उनले विष सेवन गरेको भन्ने विषय आएको छ । यो के हो?'

पूर्वगृहमन्त्री समेत भइसकेका एमाले नेताले सञ्जालमा भाइरल भएको विषयमा कुरै नबुझी बोलेको थाहा पाएपछि उक्त भिडियो, भिडियोको व्यक्ति, उनको पृष्ठभूमि र घटनाको कारणबारे हामीले खोजी गरेका छौँ । 

यस्तो छ घटना विवरण  

२०८० माघमा नेपाल प्रहरीको साइबर ब्युरोमा एउटा इमेल आयो । जहाँ इलामका एक होटल सञ्चालकले आफ्नो नक्कली फेसबुक कसैले खोलेर आफ्नो सम्पर्क विवरण र होटलको फोटोसमेत सार्वजनिक गर्दै सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने कोसिस भएको जानकारी गराएका थिए । 

यौन व्यापारको विषय जोडिएका कारण साइबर ब्युरोले पनि त्यसलाई विशेष प्राथमिकतामा राखेर अनुसन्धान अघि बढायो । ब्युरोले युवकको होटलको ठेगानामा रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरसँग समन्वय गर्यो र घटनाबारे थप जानकारी लियो । अनुसन्धानको क्रममा उक्त होटलमा कुनै अनैतिक क्रियाकलाप नभएको पाइएपछि साइबर ब्युरोले सामाजिक सञ्जालमा चरित्रहत्या गर्नेको खोजी गर्यो । जहाँबाट ब्युरोले थाहा पायो कि उक्त कर्तुत गर्ने व्यक्ति थिए जाजरकोटका गणेशमान सिंह । 

 तस्विर : गणेशमान सिंह 

जाजरकोटका सिंह र इलामकी एक युवतीबीच सामाजिक सञ्जालबाट चिनजान भएको थियो । शिक्षण पेशामा रहेकी उनको केही समयअघि घरभन्दा केही टाढाको दूरीमा रहेको विद्यालयमा सरुवा भयो । जहाँ उनी घरबाट धाएर शिक्षण गर्न सम्भव थिएन । 

सरुवा पश्चात विद्यालय नजिकै उनले होटलमा बसेर शिक्षण गर्ने योजना बनाइन् । जसका लागि उनले विद्यालय नजिकै होटल सञ्चालन गरेर बसेका एक छिमेकीको सहायता लिइन् र शिक्षण पेशालाई निरन्तरता दिइन् । 

होटलमा बसेर शिक्षण गरिरहेकी उनी र होटलका सञ्चालकको एक दिन एक सार्वजनिक कार्यक्रममा भेट भयो । गाउँघर सँगै भएको र छिमेकीका नाताले उनले ति युवती र आफ्नो फोटो खिचेर फेसबुकमा राखे, जुन कुरा जाजरकोटका सिंहले थाहा पाए  ।

उक्त विषयले सिंहलाई डाह भएपछि उनले होटल सञ्चालकलाई सम्पर्क गरे । सम्पर्कमा आएका सिंहले तथानाम गाली गरेपछि आफू र युवतीबीच कुनै सम्बन्ध नभएको र छिमेकी मात्र भएको उनले प्रष्ट पारे । तर, सिंह मान्न तयार भएनन् । उनले एकोहोरो होटल सञ्चालकलाई मानसिक यातना दिन थाले । त्यसपश्चात् सञ्चालकले उनको फोन उठाउनै छोडे । सञ्चालकले उनको फोन कलको बेवास्ता गर्न थालेपछि गणेशमानले उनकै चरित्र हत्या प्रयास सुरु गरको होटल सञ्चालकले बताएका छन् ।  ‘पटकपटक सम्झाएँ, बुझाएँ । मेरो छिमेकी आफन्त हुन भनेर सबै प्रष्ट पारेँ तर उनले मलाई टर्चर दिन थाले, त्यसपछि मैले उनको फोन उठाउन छोडेको हुँ’, सिधाकुराको सम्पर्कमा आएका होटलका सञ्चालकले भने  । 

गणेशमानले सुरुमा ऋषिराज झा नामक एक फेसबुक अकाउन्ट ह्याक गरेर त्यसबाट होटल सञ्चालकबारे अन्टसन्ट लेखन थाले । उनले उक्त अकाउन्टबाट होटल सञ्चालकको सम्पर्क नम्बरसमेत राखेर सस्तोमा केटी चाहिए हामी उपलब्ध गराउँछौ, सम्पर्क गर्नुहोला भन्दै पोस्ट र अन्य चर्चित पेजमा कमेन्ट गर्न थाले । उनले फेसबुकमा लेखेको स्टाटस सिधाकुराले प्राप्त गरेको छ, जहाँ उनले लेखेका छन्, ‘के तपाईँलाई केटी चाहियो ? अब चिन्ता नलिनुहोस् । हामी सस्तोमा राम्रो केटी उपलब्ध गराउँछौँ । हाम्रो होटलमा सबै प्रकारको सेवा उपलब्ध रहेको छ । ह्वाट्स्एप नम्बर ९८६४.......’

गणेशमान यत्तिमै मात्र रोकिएनन् । उनले त्यही ऋषिराज झा नामक फेसबुक अकाउन्टको नाम २४ घण्टामा परिवर्तन गरि होटल सञ्चालकको नाम राखे । त्यसबाट समेत उनले उक्त होटलको फोटो नै राखेर पुनः सोही प्रवृत्तिका पोस्ट गरे । सिधाकुराले प्राप्त गरेको उनले गरेको पोस्टमा युवती बस्ने गरेको होटलको फोटो राख्दै लेखिएको छ, ‘तपाईँ इलामको कन्याम घुम्न आउँदै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् । हाम्रो होटलमा सबै प्रकारको सेवा उपलब्ध रहेको छ । Hotel ..... is located at the beautiful place kanyam Illam. Whatsapp सम्पर्क 9864......

त्यही पोस्टमा उनले नोट भनी थप लेखेका छन्, ‘हामी कहाँ सस्तो मूल्यमा केटीको पनि व्यवस्था रहेको छ ।  एक पटक सेवा गर्ने मौका दिनुहोस् । ’


चरित्र हत्या गर्ने प्रवृत्तिका विभिन्न पोस्ट र विभिन्न पेजमा कमेन्ट गर्न थालेपछि होटल सञ्चालकले उनलाई त्यसो नगर्न आग्रह गरे । तर उनले मानेनन् । आफ्नो इज्जतमाथि दाग लाग्ने अवस्था बनेपछि उनले नजिकै रहेको प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय पशुपतिनगर र साइबर ब्युरो काठमाडौँमा उजुरी दर्ता गराएका थिए । 

युवती र होटल सञ्चालककै चरित्रहत्या गर्ने योजना बनाएर सामाजिक सञ्जालमा गणेशमान सिंहले पोस्ट गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि साइबर ब्युरोले उनलाई कार्यालयमा उपस्थित हुन भनेको थियो । सोहीअनुरूप उनी गत मंगलबार साइबर ब्युरोमा उपस्थित भएका थिए । 

ब्युरोमा उपस्थित भएका उनको बयान लिने क्रममा प्रहरीसामु उनले उक्त कार्य आफूले गरेको स्वीकार गरेका छन् । ‘युवती र त्यो होटल सहचालकबीच अनैतिक कार्य भएको शंका लागेर मैले यो सबै गरेको हुँ ।’, बयानका क्रममा सिंहले भनेका छन् । त्यस्तै उनले आफूले एनसेलको सिम प्रयोग गरेर उक्त अकाउन्ट सञ्चालन गरेको पनि स्वीकार गरेका छन् । 

मङ्गलबारको बयान सकेपछि ब्युरोले सिंहलाई पुन बुधबार कार्यालय आउनु भन्दै उनको फोन परीक्षणका लागि राख्यो र उनलाई घर पठायो । 

ब्युरोले भनेअनुरुप नै सिंह बुधबार कार्यालय त पुगे तर उनी स्वभाविक भन्दा फरक अवस्थामा ब्युरो पुगे । त्यसपछि उनको स्वास्थ्य अवस्थाबारे प्रहरीले बुझ्दा उनले आफूले सिटामोल खाएको बताए । त्यस्तै उनको खल्तीबाट २ ओटा सिटामोलको पत्ता समेत भेटिएको एक अधिकृतले सिधाकुरासँग बताए । ‘२ स्ट्रिप सिटामोल खाएर आएको बताएपछि हामीले मानवीय नाताले वीर अस्पताल लगेर भर्ना गराएका हौँ।’

स्वास्थ्योपचार गराउनका लागि अस्पताल भर्ना गरिएका सिंहले अस्पतालको बेडबाट नै गृहमन्त्री रवि लामिछाने र साइबर ब्यूरोमाथि लगाएको आरोप भ्रमपूर्ण रहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ । रवि लामिछानेलाई सहकारी ठग भन्दै कमेन्ट गरेको र सोही कारणले साइबर ब्युरोले जेल हाल्ने भन्दै थर्काएका कारण आफूले विष सेवन गरेको भन्ने गणेशमान सिंहको भिडियो सामाग्री भ्रमपूर्ण रहेको ब्युरोले जनाएको छ ।

'वीर अस्पतालको आकस्मिक कक्ष पठाइएकामा अस्पतालको बेडबाटै आम नागरिकमा भ्रम सिर्जना गर्ने र आफ्नो आपराधिक क्रियाकलाप उपरको अनुसन्धानमा समेत बाधा पुर्‍याउने निकृष्ट उद्देश्य राखी सामाजिक सञ्जाल फेसबुकबाट पोस्ट भई प्रचार भएको भ्रमपूर्ण भिडिओ सन्देशमा कुनै सत्यता नरहेको बेहोरा सबैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचारप्रसार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने ब्यहोरासमेत अनुरोध गरिएको छ', ब्युरोका एसपी भाग्येन्द्र प्रसाद ढकाल भने ।

त्यस्तै जुन उजुरीका आधारमा उनीमाथि सोधपुछ भएको र दोषीले घटनासमेत स्वीकार गरिसकेका कारण उनी कारबाहीको भागीदार हुने अनुसन्धान अधिकृतले बताए । ‘उनको बयानमात्र नभएर हामीले गरेको उनको मोबाइल परीक्षणका क्रममा पनि उक्त अनैतिक कार्य उनै गणेशमान सिंहले गरेका कारण उनी दण्डको भागिदार छन् ।’, ती अधिकृतले सिधाकुरासँग भने  ।  

प्रतिक्रिया

  • पूर्ण बन्धन 6 months ago
    मलाई त यो कहानी पनि बनावटी लाग्यो, कि प्रहरीले नै फोन जांच गरेको हो त? सालिग्राम पुडासैनीको आत्महत्या कै प्रकरणको सिंह को सिटामोल खाएको कुरा साईबर ब्यूरोले पुष्टी गरोस् ।

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....