काठमाडाैँ । विगत १४ वर्ष देखि लागु गरिएको सुनको सिण्डीकेट र हाल सुनमा लगाइएको अव्यवहारिक भन्सार वृद्धि विरुद्ध संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले माइतिघर मण्डलामा प्रदर्शन गरेका छन । सुनमा लगाएको सिण्डिकेट तुरुन्त खारेज गर, अव्यवहारिक सुनको भन्सार वृद्धि तुरुन्त खारेज गर, सुनचाँदी व्यवसाय तथा कालिगढ मैत्री निति–निर्देशिका, ऐन तुरुन्त लागु गर भन्ने माग सहित प्रदर्शन गरेका छन् ।
कार्तिक ९, २०८१ शुक्रबार |