राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संयुक्त राज्य अमेरिकास्थित स्यालिस्बरी विश्वविद्यालयमा भर्चुअल्ली सम्बोधन गरेका छन् । विश्वविद्यालयको 'One Person Can make a Difference' लेक्चर सिरिजअन्तर्गत लामिछाने वक्ता थिए ।
लामिछानेले आफ्नो पत्रकारिता हुँदै राजनीतिमा आँउदाको अनुभव बाँडेका थिए । साथै राष्ट्रिय स्वतन्त्र पार्टी निकै छोटो समयमा कसरी जनताका प्रिय बन्न सफल भयो भन्ने विषयमा थिए । लामिछानेले मिसन ८४ को बारेमा समेत सुनाएका थिए ।
स्यालिस्बरी विश्वविद्यालयले आयोजना गर्ने लेक्चर सिरिजमा यस अघि नोबेल पुरस्कार विजेता एवं दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति एफडब्ल्य डे क्लर्क, नोबेल पुरस्कार विजेता एवं ऐतिहासिक अध्ययता लेच वालेसा, महात्मा गान्धीका नाती डा। अरुण गान्धी लगायतले सम्बोधन गरेका थिए ।