काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको भवनबाट पक्राउ गरिएको हो । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको नेतृतवमा खटिएको सादा पोशाकका प्रहरीले पक्राउ गरेका हुन् ।
सिरोहियाविरुद्ध नागरिकता किर्तेमा बैशाख १६ गते जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा उनीविरुद्ध नागरिकता किर्तेमा जाहेरी दर्ता भएको हो ।
सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले आजै प्रहरीलाई अनुमति दिएको थियो । जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हो । अदालतको इजलास न २ बाट अनुमती जारी भएको थियो ।