सिधाकुरा

सिधाकुरा

सिधाकुराका पाठक र दर्शकहरु,

सिधाकुरा डटकम र यसको आधिकारीक यूट्युव तथा फेसबुक पेजबाट मिति २०८१ वैशाख १४ गते शुक्रबार बिहान ६ बजेर २ मिनेटमा प्रकाशन र प्रसारण सुरु भएका ‘द डार्क फाइल’ श्रृङ्खलाका समाचार सामाग्री हटाइएको जानकारी गराउन चाहन्छौँ ।

प्रस्तुत समाचारका श्रृङ्खलाका सम्बन्धमा मिति २०८१ वैशाख १४ गते दिनको ५ बजे प्रेस काउन्सिल नेपालबाट समाचार सामग्री हटाउन २४ घण्टे निर्देशन जारी भएको थियो । 

प्रेस काउन्सिल आचार संहिता विपरितको सो निर्देशन समाचार सामाग्रीको पूर्व प्रकाशन नै रोक्ने नीति गलत भएको भन्दै हामीले विशेष सम्पादकीय मार्फत समाचार नरोक्ने निर्णय जानकारी गराउँदै थप २ वटा श्रृङ्खलाहरु २०८१ वैशाख १५ र १६ गते प्रकाशन र प्रसारणमा ल्याएका थियौँ । 

तर, ति सबै समाचारका सन्दर्भले अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतले अदालतको अवहेलनामा वैशाख १६ गते प्रतिवेदन उठायो । सोही दिन प्रेस काउन्सिल नेपालले पुन पत्राचार गर्दै १७ वैशाखको दिन ३ बजे सबै प्रसारित समाचारको प्रमाणसहित छलफलका लागि काउन्सिलमा उपस्थित हुन सिधाकुराका कार्यकारी सम्पादक नवीन ढुंगाना र प्रस्तोता एवम् सञ्चालक युवराज कंडेललाई पुनः पत्राचार भयो ।  

सोही पत्रका आधारमा काउन्सिलमा दिनको ३ बजे सुरु भएको छलफलमा समाचारमा प्रस्तुत गरिएको ‘स्टीङ अपरेसन’ को सामग्री सही वा गलत हो छुट्ट्याउन उक्त सामाग्रीको प्रेस काउन्सिलबाट प्राविधिक जाँच गरेर समाचारको तथ्य परीक्षण गर्ने, तथ्य परीक्षणको निश्कर्षमा नपुग्दाको अवस्थासम्म पत्रकार आचार संहिताको पालना गर्दै सिधाकुराबाट प्रकाशित भएको समाचार सामग्रीको प्रकाशन स्थगन गर्ने र थप सामाग्री प्रकाशन प्रसारण नगर्ने प्रतिबद्धता सिधाकुराबाट भएको थियो । 

त्यसैअनुसार सिधाकुराले आफ्नो समाचार सामग्री सबै माध्यममा स्थगित (अनपब्लिस्ड) गरेको थियो । 

प्रेस काउन्सिलमा समाचारमा व्यक्त भएको अडियोको तथ्य जाँच गर्ने सहमति भएको केहीबेरमै सर्वोच्च अदालतबाट अदालतको अवहेलनामा सिधाकुराका सामग्री २४ घण्टाभित्र हटाउने, प्रकाशक युवराज कंडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई बयानका लागि हाजिर गराउने र सो विषयसँग सम्बन्धित थप सामाग्री प्रकासन र प्रशारण गर्नमा रोक लगाउने गरी सम्मानित अदालतका न्यायधिशद्वय डा.नहकुल सुवेदी र टेकप्रसाद  ढुंगानाको इजलासबाट १७ वैशाखमा आदेश भयो । सो आदेशको म्याद सिधाकुराको कार्यालयमा मंगलबार प्राप्त भएसँगै हामीले अदालतको आदेश बमोजिमको सबै सामग्री हाम्रो सबै प्रकारका माध्यमबाट हटाउने निर्णय गरेका छौँ ।

हटाइएका समाचार सामाग्रीहरु

१. रिपोर्ट  : चार सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको स्टीङ अपरेसन,कैलास सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए । (लिखित र भिडियो दुवै सामाग्री)

२. विशेष सम्पादकीयः प्रेस काउन्सिलले समाचार हटाउन दिएको २४ घण्टे अल्टिेमेटम अस्वीकार्य ।

३.रिपोर्ट : अन्नपूर्ण टावरको डील, रामशाह पथको पेशी र फैसलाका संयोगहरु (लिखित र भिडियो दुवै सामाग्री)

४.स्टीङकर्ताको बयान : ‘अनि स्टीङ अपरेसन खारेज गराउन लाग्नेहरु नै स्टीङ अपरेसनमा परे’ (लिखित र भिडियो दुवै सामाग्री)

साथै सिधाकुरा अब प्रकाशित समाचारका सन्दर्भमा कानुनी प्रक्रियामा सहभागी भएका कारण प्रस्तुत समाचारका विषयमा कानुनी निरुपणपछि के हुने भन्ने निर्णय हुने जानकारी गराइन्छ । 

धन्यवाद । 

कार्यकारी सम्पादक  


प्रतिक्रिया

  • रुपेश थापा 6 months ago
    सर म आफु पिडामा छु र whatsapp मा म्यासेज गरेको छु बिन्ति छ हेरिदिनु होला😥😥😥
  • Bijaya kumar Ranabhat 6 months ago
    Great work team sidha kura. Go ahead
  • Bishnu Prasad Kafley 6 months ago
  • Karan singh bista 6 months ago
    Keeep going हामी बिस्वस्त छौ कि हामिले सिधा कुरा माथी गरेको बिस्वास कहिले टुटने छैन । सतकर्मको पक्षमा हामी साथमा छौ । हामी प्रतीक्षामा छौ ।
  • Bista Kaji 6 months ago
    😭😢😓 म निशब्द छु केही लेख्न मनै लागेन
  • Torna Bahadur 6 months ago
    Go ahead
  • Niraj Bishwakarma 6 months ago
    Yini Haruko pap ekdin dhuribat karaux . adalat Vanda thulo janta ho.janta Vanda thulo koe xain tar adalat KO samman Garnu parx tar adalat ma basne Haruko Vanda for garnu parx janta tapaiko sath ma X keep it up
  • Post Bahadur Oli 6 months ago
    सत्यतथ्य चेक नगरी हटाउन लगाउनु गलत हो।प्रेस स्वतन्त्रताको ठाडो उलंघन भयो यो त।
  • Saroj Bhattarai 6 months ago
    Go ahead we will always with the good journalism.
  • Umesh shrestha 6 months ago
    Great job go ahead
  • हरिबहादुर खड्का क्षेत्री 6 months ago
    ठीक छ । यो कार्य जनचेतनाको लागि पनि आवस्यक थियो । जनता तपाइहरुसंग छन । तर गलत प्रयायोजन नगर्नु होला । मर्यादाको ख्याल गरे कहिले दुःख पाइन्न । सत्यको बिषय एक्लो लडाई नै हो । धन्यबाद !
  • sfsfsf 5 months ago
    अनि समाचार स्रोतलाई चाहिँ जेल कोच्ने ? आफ्नाे समाचार स्रोतको संरक्षण गर्न नसक्नेले के को खोज पत्रकारिता भनेर धाक लगाउनु ?

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....