युएईबाट जन्मकैद मुक्त भएर अन्तत नेपाल फर्किए ओखलढुङ्गाका भुवन श्रेष्ठ

सिधाकुरा

काठमाडौँ । बिहीबार बिहान ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयर अरेबियाको जहाज अवतरण भयो । जहाज धावन मार्गबाट पार्किङतर्फ आउँदै गर्दा झमझम पानी परिरहेको थियो । 

८ वर्ष अघि पैसा कमाउने सुन्दर भविष्य बनाउने सपना बुनेर संयुक्त, अरब इमिरेट्स (युएई) पुगेका ओखलढुङ्गाका भुवन श्रेष्ठले ८ वर्ष पछि झलमल्ल काठमाडौँ देखे, ५ वर्षपछि स्वतन्त्र भएर खुल्ला आकाश देखे ।


साथी हत्याको आरोपमा ५ वर्ष शारजहामा जेल जीवन बिताएर कारागारबाटै सिधै काठमाडौँ आएका उनी जन्मभूमिको माटोमा टेक्न पाउँदा भक्कानिए । 

यात्रु आगमन कक्षको एक छेउमा टुसुक्क बसे, देश छोडेको दिन अनि ५ वर्ष जेलमा काटेका दिन सम्झिए । केही बेरमा विमानस्थलकै एक कर्मचारीलाई सहयोग मागेर आफ्ना दाइलाई फोन लगाए । आगमन कक्षको बाहिरपट्टि दाजु भाइ अङ्गालिएर रोए । ८ वर्षपछि नेपाल फर्कँदा खल्तीमा पासपोर्ट बाहेक भुवनसँग केही थिएन । खुसी हुने एकै मात्र कुरा थियो आजीवन कारागार बस्नु परेन । 

ओखलढुङ्गाको चिशङ्खुगढी ३ का २९ वर्षीय भुवन साथीको हत्या आरोपमा युएईको शारजहा जेल चलान भएका थिए । २९ वर्षीय छोरालाई आजीवन कारावासको सजाय भएपछि जेलबाट छोरा निकाल्न बुबा यम बहादुर श्रेष्ठ ब्लड मनी सङ्कलनका लागि अभियानमा जुटेका थिए । 

मृतकका परिवारको माग अनुसारको ब्लड मनी भुक्तानी गरेको खण्डमा मात्रै भुवन नेपाल फर्किन पाउने भएपछि ६५ वर्षीय यमबहादुरले छोराको तस्विर टिसर्टमा प्रिन्ट गरेर छोराको ज्यान जोगाएर नेपाल फर्काउन सङ्घर्ष गरेका थिए । २०८० फागुन २० गते छोराको जीवितै उद्धारका लागि पहल गरिदिन भन्दै यमबहादुर सिधाकुरा आएका थिए । उनको विषय रिर्पोटिङ पछि भुवनलाई जेलबाट निकाल्न विश्वभरका नेपालीहरूले आर्थिक सङ्कलन गरेका थिए । 


३ लाख दिराम अर्थात नेपाली १ करोड रुपैयाँ मृतक नवलपुरका बाबुराम आलेमगरको परिवारलाई ब्लडमनी बापत बुझाएपछि सबै प्रक्रिया पुरा गरेर भुवन बिहीबार बिहान ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिए । उनका अनुसार हत्या आरोपमा सजाय काटिरहेका धादिङका पहलमान मगर पनि केही दिनमा नेपाल फर्किदै छन् ।

८ वर्ष अघि रोजगारीका लागि युएई पुगेका भुवन र पहलमान तथा मृतक बाबुराम आलेमगर एकै ठाउँमा काम गर्थे । भुवनका अनुसार कामबाट फर्किएपछि तीनै जनाले थोरै मदिरा सेवन गरेर फरक फरक कोठामा सुतेका थिए । तर, केही घण्टापछि बाबुरामको हत्या भएको भन्दै प्रहरीले भुवन र पहलमानको हातमा हतकडी लगायो । 

घटना हुँदा युएईमै रहेकी मृतक बाबुरामकी श्रीमती नरिमा मगरले भुवन र पहलमान विरुद्ध जाहेरी दिएकी थिइन् । प्रहरीले अदालतमा बुझाएको फाइलमा बाबुरामको हातमा भुवन र पहलमानको फिङ्गर प्रिन्ट देखिएको र उनीहरुले हत्या स्विकार गरेको बयान दिएको उल्लेख गरिएको थियो ।

सोहि आधारमा युएईको उपल्लो अदालतले श्रेष्ठ र मगरलाई आजीवन कारावासको सजाय सुनाएको थियो । कारावासबाट निस्कन उनले मृतकको परिवारलाई ब्लडमनी दिनुपर्ने र परिवारले स्विकृत दिएको खण्डमा रिहा हुने फैसलामा उल्लेख गरिएको थियो । 

भुवन र पहलमान दुवैको आर्थिक अवस्था कमजोर भएपछि उनीहरुका परिवारले स्वदेश फर्काउन आर्थिक सङ्कलन अभियान सुर गरेका थिए । 

केही समय अघि अदालतले तोकेको ३ लाख दिराम, मृतकी श्रीमतीलाई हस्तान्तरण गरेको कागज नेपाली नियोग हुँदै युएई अदालतमा बुझाइएपछि भुवन कारागार मुक्त भएको युएईस्थित नेपाली दुतावासले जनाएको छ । 

नेपाल फर्किएपछि सिधाकुरासँग कुरा गर्दै भुवनले आफूमाथि झुठो आरोप लागेको बताए । भाषाको समस्याका कारण आफूहरुलाई हत्या स्वीकार गरिएको बयानमा औँठा छाप लगाउन लगाइएको र अदालतको फैसला पछि मात्रै सो कुरा बुझेको भुवनको दाबी छ । 

अदालतमा पटकपटक आफ्ना कुरा राख्ने प्रयास गर्दा पनि सुनुवाई नभएको उनको दाबी छ । कारागार चलान भएपछि जीन्दगी सकियो भन्ने सोचेको भुवनले सिधाकुरालाई बताए । ‘आशै मारेको थिएँ तर कुनै न कुनै दिन भगवानले मुक्त गराउँछन् भन्ने सोचेर आफूलाई सम्हालेको थिएँ,’ भुवनले भने, ‘नेपाल र विभिन्न देशमा रोजगारीका लागि पुगेका नेपालीहरूले नै रकम सङ्कलन गरेर नेपाल फर्काए ।’ 


आफू कारागारमा हुँदा आफ्नो उद्धारका लागि बाबुले गरेको सङ्घर्ष सम्झिएर भुवन भावुक बने । नेपालबाट फर्काउनका लागि आर्थिक सङ्कलन भइरहेको खबर पाएका भुवनलाई एकाबिहानै कारागार भित्रका प्रहरीले खुशीको खबर सुनाए । 

तिर्नुपर्ने ब्लडमनी भुक्तानी भई युएई अदालतले रिहाईका लागि अनुमती दिएकाले उनलाई अर्को ठाउँमा सारियो । त्यसपछि कागजी प्रक्रिया पुरा गरे विमानस्थलसम्म पुर्याउँदा पनि भुवन ढुक्क भने थिएनन । यसअघि सँगै जेल बसेका धेरै व्यक्ति विमानस्थल पुगेर समेत फर्कीएका थिए । तर, भुवनको हकमा त्यस्तो भएन । उनी एयर अरेबियाको विमान मार्फत नेपाल फर्कीए ।

अब के गर्ने रु कसो गर्ने भुवनले केही सोच्न सकेका छैनन् । उनलाई कतिबेला बाबु आमालाई भेटौँ भन्ने भएको छ । उनले आफूलाई उद्धार गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिए । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....