काठमाडौँ : काठमाडौँमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ अधिवेशनअन्तर्गत २३ जना निर्विरोध निर्वाचित भएका छन्।
निर्विरोध निर्वाचित हुनेमा अफ्रिका क्षेत्रीय संयोजकमा पुष्पराज भट्टराई, ओसियाना क्षेत्रको कोर्डिनेटरमा अस्ट्रेलियाका दिनेश पोखरेल, उपसंयोजकमामा अस्ट्रेलियाका अरुणकुमार ठाकुर, गोकुलप्रसाद घिमिरे र कोमल राज पाठक ,अमेरिकाको उपसंयोजकमा गोविन्द सुवेदी, पूर्णचन्द्र बानियाँ, सञ्जयकुमार श्रेष्ठ, अफ्रिका महिला संयोजकमा खेसना लिम्बु, अमेरिकाको संयोजकमा इन्द्रिया त्रिपाठी, मध्यपूर्व संयोजकमा बहराइनकी लक्ष्मी गिरी, ओसियाना संयोजक रेणुका लामा रहेका छन् ।
युरोपको सहसंयोजकमा भावानी तिवारी, मध्यपूर्वमा सरिता भण्डारी पौडेल निर्विरोध निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै युवा संयोजकमा अमेरिकाका लागि स्वराज खत्री, एसिया प्यासेफिकका लागि विकास बस्नेत, युरोपक लागि प्रकाश भण्डारी, मध्यपूर्वका निरञ्जनप्रसाद सिलवाल,ओरियानामा सूर्य आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
अमेरिकाका लागि विशाल राना, एसिया प्यासेफिक नारायण खड्का, मध्यपूर्वका कृष्णकुमार ठाकुर पनि निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै ८ वटा पदका लागि भने उम्मेदवारी नै परेको छैन ।