काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन दोस्रोपटक पनि अस्विकार गरेको छ । बिहीबार अन्तर्वार्ता दिन बोलाएपछि काठमाडौँको महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका सन्दीपलाई दूतावासले भिसा नदिएको हो ।
यसअघि पनि सन्दीपलाई भिसा दिन अमेरिकाले अस्विकार गरेको थियो तर चौतर्फी विरोध र नेपाल सरकारको पहलपछि दुतावासले उनलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । तर पनि उनलाई भिसा दिइएन ।
अमेरिकाले दोस्रो पटक पनि भिसा दिन अस्विकार गरेपछि सन्दीपले अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप क्रिकेट खेल्न नपाउने पक्का भएको छ ।