ओली बालेनः न्युरोडमा आमनेसामने, फेसबुकमा गुड नाइट !

सिधाकुरा

काठमाडौं । काठमाडौ महानरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जेलको बसाई सम्झाउँदै सोमबार बिहान फेसबुकमा स्ट्याटस लेखे । गिरीबन्धु चिया बगानमा भएको घोटलामा बालेनले ओलीलाई सो स्ट्याटसमा मुछेका थिए ।

महानगरले फुटपाथ बनाउन खनेको ठाउँलाई टाल्दै गरेका सडक डिभिजन काठमाडौँका कर्मचारी र सो गर्नबाट रोक्न तल्लिन नगर प्रहरीबीच न्युुरोडमा घम्साघम्सी चलिरहेको बेला मेयर बालेनले यस्तो टिप्पणी सामाजिक सञ्जालमा लेखेका थिए । 


गिरीबन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्न दिने सम्बन्धमा केपी ओली नेतृवको सरकारले गरेको निर्णय २०८१ वैशाख ३० गते सर्वोच्च अदालतले खारेज गरेको थियो । सर्वोच्चको उक्त फैसलाको पटक पटक तारिफ गरिरहेका मेयर शाह र सो जग्गामा मुछिएका ओलीबीचको तिक्तता सोमबार पुनः न्यूरोडमा छताछुल्ल भएको छ ।

महानगरका मेयर शाह केन्द्रीय सत्तासँगै सधैँजसो प्रतिपक्षको भूमिकामा छन् । प्रायजसो नेताको नाम नतोकी केन्द्रीय सत्ता सञ्चालनमा रहेकासँग सामाजिक सञ्जालमा आगो ओकल्दै आएका मेयर शाह सोमबार भने ओलीको नाम नै किटेर आरोप लगाउने तहमा उत्रिए ।

बालेनको उक्त आरोपबारे संसद भवनबाहिर पत्रकारसँग संक्षिप्त प्रतिक्रिया जनाउँदै ओलीले ‘आरोपबारे बालेनलाई नै सोध्न भनेका छन् ।’ सतहमा दुई नेता बीचको विवाद गिरीबन्धु देखीए पनि भित्रि चुरो भने महानगरमा बालेनको योजना रोक्ने महानगरका एमाले नीति र त्यसलाई केन्द्रीय सत्ताबाट साथ दिने एमाले प्रवृत्तिसँग सम्बन्धित छ ।  

न्यूरोडमा भएको के हो ?

काठमाडौं महानगरले न्युरोडमा जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा गर्दैछ । मानिसको धेरै आवाजावत हुने सो क्षेत्रको पैदला यात्रा सहज बनाउन भन्दै महानगरको सडकको दुवैतर्फ १ मिटर ४० सेन्टिमिटरदेखि २ मिटर ४० सेन्टिमिरटसम्म काटेर फुटपाथ बढाउन १२ जेठ देखि काम सुरु गरेको थियो ।  

महानगरको २२ नम्बर वडा र २४ नम्बरका जनप्रतिनिधिकै सहमतिमा सार्वजनिक खरिद प्रक्रियाबाट ठेक्का लागेर फुटपाथ चौडाको काम सुरु भएको महानगरको दाबी छ । तर, जेठ १२ गते शनिबार सडक विभाग र सडक डिभिजन काठमाडौंले उक्त कार्य महानगरको क्षेत्रधिकार बाहिरको भन्दै सडक खन्ने काम गर्न रोक लगायो । 

सोही दिन साँझ मेयर शाहले सडक डिभिजन काठमाडौँ र सडक विभाग बबरमहलको गेटमा एक एक ट्रक धुलो लगेर खन्याइदिए । महानगरको ट्रकले धुलो खन्याई नसक्दै मेयर शाहले सामाजिक सञ्जालमा चक्रपथ विस्तारको कार्यमा सहजकीकरण नगरे हरेक दिन धुलो उपहार पठाउने धम्की दिँदै भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रघुबिर महासेठविरुद्ध स्ट्याटस लेखे । 

न्युरोडको सडकको चौडा कम गराउन हुँदैन भन्दै काम रोकिएको निहुँमा बालेनले असम्बन्धीत विषय छोडेर धुलो पोखेको भन्दै सोही साँझ सडक विभागले विज्ञप्तिमार्फत महानगरको  प्रतिकारमा उत्रिने चेतावनी दिएको थियो ।

न्यूरोडको फुटपाथ चौडा गर्ने विषयमा बालेन र केन्द्रीय निकायबीच विवाद बढीरहेकै बेला जेठ १८ गते बसेको महानगरको कार्यपालिका बैठकमा वडा नम्बर २२ का वडा अध्यक्ष फुटपाथ निर्माण हुन नहुने भन्दै प्रतिवादमा उत्रिए । अझ यो शैलीलाई साथ दिने गरी एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममै बालेन बिरुद्ध तानशाह भन्दै आक्रोशित भएर प्रस्तुत भएपछि ओली र बालेन एक अर्का विरुद्ध आमनेसमनले भएका हुन् ।

जेठ १९ गते शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले बालेनको धुलो खन्याउने सैली अराजक र तानाशाही भएको भन्दै आलोचना गरेका थिए ।   

केन्द्रीय सत्ताका कारण महानगरमै फाटो

जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको फुटपाथ बढाउन थालिएपछि सुरु भएको विवादले संघीय सरकार र स्थानीय सरकारको क्षेत्राधिकारको लडाई मात्रै बाहिर ल्याएका छैन, महानगरको दुई वटाबीच नै द्वन्द्वको निम्तिएको छ । यही द्वन्द्वकाबीच केन्द्रीय सत्ता साझेदार दल एमाले पनि त्यसमा मिसिएपछि महानगरको योजनामा संघीय सरकार छिरेर भाँड भैलो मच्चाउन खोजको मेयर बालेनको बुझाई छ ।  

‘योजना छनोट, डीपीआर निर्माण र ठेक्का प्रक्रिया अघि बढाउँदासम्म विरोध नगरेको वडा २२ का स्थानीयहरु केन्द्र सरकारसँग बालेनको टसल सुरु भएपछि फुटपाथ विस्तारको योजना विरुद्ध उत्रिएका छन् ’ महानगर स्रोत भन्छ । 

वडा नम्बर २२ का उनीहरु बालेनको योजनाअनुसार फुटपाथ निर्माण हुन नहुने अडानमा छन् भने वडा न २४ का स्थानीयहरु महानगरको योजनाअनुसार फुटपाथ विस्तार हुनुपर्ने अडानमा छन् । 

न्यूरोडको फुटपाथ विस्तार रोक्ने सडक विभागको निर्देशन एमालेले सम्हालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनमा भएको भन्दै बालेन यसको अपजस एमाले नेतृत्वमाथि खन्याइरहेका छन् । र त्यसैमा गिरीबन्धु प्रकरण जोडिरहेका छन् । 

संघीय सरकारले बालेनको प्रतिकार गर्ने धम्की र ओलीको टीप्पणीसँगै सडक डिभिजनका कर्मचारी महानगरले बिस्तार गर्न लागेको फुटपाथ पुर्न उत्रिएपछि सोमबार पुन बालेन ओली विरुद्ध उत्रिएका हुन् । 

केही बेरको घम्साघम्सी पछि सडक विभागले खटाएको सडक डिभिजन काठमाडौँको टोलीले महानगरले बनाउन लागेको फुटपाथ टालेर पिच गरेर काम सकेको छ ।

फुटपाथ बिस्तारको लाभ अनेक - महानगर

सामाजिक सञ्जालमा आक्रोशित देखिएका बालेनले सडक विभागले फुटपाथ पुरेपछि भने मौन छन् । तर, महानगरको एक विज्ञप्ति जारी गर्दै नयाँ सडक क्षेत्रमा पहिले सवारी पार्किङ् गर्ने गरिएको भागबाट  पार्किङ् प्रयोजन हटाएपछि त्यो भाग पैदलयात्रीका लागि उपलब्ध गराउन लागिएको दाबी गरेको छ । 

‘महानगरपालिकाको सार्वजनिक निर्माण विभागकाअनुसार भित्री सहरी क्षेत्रको व्यवस्थापन महानगरपालिका आफैँले गरिरहेको छ । नयाँ सडकको मर्मत गर्ने, सुधार गर्ने, सडक कालोपत्रे गर्ने काम पहिले पनि महानगरपालिकाले गरिरहेको थियो । पैदलयात्रीको सुरक्षाका लागि बार महानगरपालिकाले नै राखेको हो । त्यस क्षेत्र भएर बग्ने ढल पनि महानगरपालिकाले नै राखेको हो । पूर्वाधार निर्माण र सहरी सुविधा वितरणका लागि यसअघि पनि काम गरिसकेको क्षेत्रमा अहिले पैदल मार्ग सुधार गर्ने योजनाअन्तर्गत काम हुन लागेको हो ।’ महानगरले दाबी गरेको छ । 

यो योजना कार्यान्वयन गर्न सडक विभागलाई डिजाइन संलग्न राखेर २०८० असोज ४ गते पत्राचार भइसकेको विभागका प्रमुख सुरज शाक्यले जानकारी दिए ।  

उनकाअनुसार पैदल मार्ग सुधार गर्दा आवागमन, व्यापार तथा स्थानीय सहजतालाई कुनै पनि असर गर्दैन, बरु बढाउँछ । ‘जहाँ पैदल यात्रा धेरै हुन्छ, त्यो ठाउँको जीवन्तता अझ थपिन्छ । व्यापार झन बढ्छ,’ शाक्यले असन बजारको उदाहरण दिँदै भने, ‘पैदल मार्गको स्वरुपमा भएकोले न्युरोडमा भन्दा असनमा मानिसहरु बढी जान्छन् । धेरै सामान खरिद गर्छन् । पहिले पार्किङ् हुन्थ्यो, अब पैदलयात्री हिँड्छन् । सवारी साधनका लागि टु वे सडक हुन्छ । दमकल, एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारी साधन सञ्चालनमा कुनै अवरोध हुँदैन । यत्ति मात्र हो कि यस क्षेत्र निजी सवारी साधन रोकेर राख्न पाइँदैन । सुरुसुरु गन्तव्यमा जानुपर्छ ।’

बालेनलाई सोध्नुस् -ओली

काठमाडौं महानगरपालिकाका काममा एमालेले संधै भाँजो हाल्ने मनोवैज्ञानिक डरबाट महानगरको वर्तमान नेतृत्व ग्रसित छ । महानगरका यस अघि भएको सबै बेथिति तत्कालिन एमालेकातर्फबाट निर्वाचित मेयर विद्या सुन्दर शाक्यले सुरु गरेको र त्यसको लाभ केन्द्रीय सत्ताको एमालेले लिएको दाबी महानगरको छ ।

अझ यस अघि बहु विवादित पार्किङ क्षेत्र हटाएर सोही क्षेत्रमा फुटपाथ बनाउने तयारीमा भएको आफूमाथि गरिएको अवरोधलाई बालेनले पुनः पार्किङ क्षेत्र चलाउनलाई वातावरण तयार गरेको रुपमा चित्रित गर्ने गरेका छन् । सोही प्रकरणमा ओली पनि बोल्न मिसिएपछि उनले ओलीलाई गिरीबन्धुमा मिलिभगत गरेको भनी आरोपमै उत्रिए । यद्यपी आफूमाथि लगाइएको आरोपमो विषयमा ओलीले भने बालेनलाई सोध्न पत्रकारहरुलाई भनेका छन् । आइतबार संसद परिसरमा गिरीबन्धुबारे पत्रकारहरुको जिज्ञासमा ओलीले भने,‘बालेनलाई नै सोध्नुहोस् ।’ 

दिनभरीको तनावका बीच राती ९ बजे एमाले अध्यक्ष ओलीले फेसबुकमा श्रीमति राधिका शाक्यसहितको गोसाईकुण्डको फोटो राख्दै स्ट्याटस लेखे ‘फेसबुक नहेरेको पनि झण्डै एक साता पुग्न लागेछ । राधिका र म गोसाइँकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो । यो गर्मीमा गोसाइँकुण्ड सम्झँदा पनि शीतल महसुस हुन्छ । शुभ रात्रि । ’

ओलीको स्ट्याटसको कमेन्टमा मेयर बालेनले तुरुन्तै जवाफ फर्काए ‘अ हो ! गुड नाइट केपी बा, ह्याब अ स्वीट ड्रीम’ 



प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....