नेभिगेशन
सबै कुरा
कैद माफी मिनाहा प्रकरण :

बिच चोकमा खुँडा हान्ने ‘रिगल’लाई १२ वर्ष कैद माफी दिनेहरु...

१८ असोज, काठमाडौं । असोज ३ गते संविधान दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका ‘रिगल’ योगराज ढकालको १२ वर्ष कैद माफी मिनाहा गरिदिए । तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत रहेका रिगलको योजनामा २०७२ असार २८ गते दिउँसो ३ बजे नेपालगञ्जको सुर्खेत रोडमा मानन्धरमाथि खुँडा प्रहार गरी हत्या भएको थियो । 

बिच रोडमा आफ्नै साथीको हत्या गरेपछि रिगल भारत भागेका थिए । गुन्डा नाइकेहरूविरुद्ध प्रहरीले इन्काउन्टर श्रृङ्खला चलाएपछि भदौ २ गते मात्रै ‘रिगल’ले अदालतमा आत्मसमर्पण गरेका थिए । बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा चेतनको हत्याको मुख्य योजनाकार ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

Dish Home
Global Ime Bank

अदालतको फैसला अनुसार रिगल २० वर्ष कारगार बस्नुपर्ने थियो । तर नेपाली कांग्रेससहितको गठबन्धन  सरकारले उनलाई ८ वर्ष भन्दा धेरै सजाय भुक्तान गर्नै नपर्ने सुविधा दियो । 

सोहि अनुसार कारागार चलान भएको ८ वर्ष पुग्नासाथ उनलाई छुटाउन नेपाली कांग्रेसका नेताहरु नै लागि परेका थिए । संविधान दिवसका दिन माफी मिनाहा हुने भएपछि त्यसको लविङमा रिगलका आफन्त र नेताहरु लागेका थिए । 

रिगलको असल चालचलन भएको, ४० प्रतिशत कैदी भुक्तानी गरेको भन्दै घोराहीस्थित जिल्ला कारागार दाङ र जिल्ला प्रशासन कार्यालय दाङले भदौ १६ गते गृह मन्त्रालयमा सिफारिस गर्याे । 

सोही सिफारिस अनुसार गृह मन्त्रालयले मन्त्रीपरिषदमा प्रस्ताव लगेको थियो । गृहको प्रस्ताव सदर गर्दै मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिलाई रिगलको कैद मिनाहाको लागि सिफारिस  गरेको थियो । 

कसले गर्यो सिफारिस ?

३ बर्षअघि मात्रै जिल्ला कारागार दाङ घोराही सरुवा भएका रिगल १ कार्यकाल घोराही कारागारको चौकिदार भएका थिए भने छुट्नुपहिले नाइके भएर बसेका थिए । 

उनलाई दाङ कारागारका निमित्त जेलर नवराज शर्माले असल चाल चलन भएको, ४० प्रतिशत कैद भुक्तान गरिसकेको भन्दै माफि मिनाहाका लागि प्रस्ताव गरेका थिए । 

निमित्त जेलर शर्माका अनुसार कारागार विभागबाट भएको परिपत्र अनुसार भदौ १६ गते नै  रिगल सहित ४० प्रतिशत कैदी भुक्तान  गरेका ५ जना र ५० प्रतिशत कैद भुक्तान गरेका ७ जनाको कैद कट्टी तथा माफी मिनाहाको प्रस्ताव गरिएको थियो । 

उक्त प्रस्तावमा दाङका तत्कालिन निमित्त प्रमुख जिल्ला अधिकारी तथा हालका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रि पुनले समेत सहमति दिएकी थिइन् । 

कारागारले ४० प्रतिशत कैद भुक्तान गरेका ५ जनालाई माफी मिनाहका लागि सिफारिस गरेपनि रिगल सहित २ जनाको मात्रै माफी मिनाहा भएको निमित्त जेलर शर्मा बताउँछन् ।  

निमित्त जेलर शर्मा र निमित्त प्रमुख जिल्ला अधिकारी पुनले हस्ताक्षर गरेर गृह मन्त्रालयलमा सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा गृह मन्त्रालयका  तर्फबाट उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । 

मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकले गृह मन्त्रालयको प्रस्ताव सदर गर्दै रिगल सहित ६७० जनाको कैद कट्टी तथा माफी मिनाहाका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संविधान दिवसका दिन रिगलको १२ वर्ष कैद मिनाहा गरिदिए । श्रीमानको हत्यारालाई माफी दिएपछि चेतनकी श्रीमती भारती मानन्धर अहिले काठमाडौंमा रिले अनसनमा बसेकी छिन् । साथै उनले सर्वोच्च अदालतमा माफी मिनाहाका लागि सिफारिस गर्ने कारागार, जिल्ला प्रशासन कार्यालय, मन्त्रिपरिषद् तथा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट हालेकी छिन् । 


सम्बन्धित समाचार :

श्रीमानको हत्यारालाई माफी दिएको भन्दै भारतीको माइतिघरमा रिले अनसन

रिगलको सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट, फेरि थुनामा पठाउन माग

बलिन्द्र धारा आँशु बगाउँदै राष्ट्रपतिलाई भारतीको प्रश्न : मेरो ठाउँमा तपाईंको छोरी भएको भएपनि हत्यारालाई माफी दिनुहुन्थ्यो ?

हत्यारालाई माफी दिएर कानूनको दुरुपयोग भएको भन्दै रवि लामिछानेद्वारा राष्ट्रपतिलाई ध्यानाकर्षण

राष्ट्रपति ज्यू ! हत्यारालाई माफी दिएर पाप गर्नु भयो: भारती मानन्धर (भिडियाेसहित)


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीनकुने प्रकरणमा थप ३६ जना रिहा, दुर्गा र रविन्द्रसहित ५२ जना हिरासतमै

तीनकुने प्रकरणमा थप ३६ जना रिहा, दुर्गा र रविन्द्रसहित ५२ जना हिरासतमै

परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका ३४ जना र राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेका २ जना छुटेका छन् । उनीहरुले प्रहरीले बोलाएको बखत उपस्थित हुनुपर्नेछ। ...
बालमन्दिर जग्गा प्रकरणः उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदिसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

बालमन्दिर जग्गा प्रकरणः उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदिसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

हालका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमा सिंहकी दिदिसहित १७ जनालाई प्रतिवादी बनाइएको छ ।
ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ,  बैंकिङ कसुर र चेक अनादरको मुद्दामा दोषी ठहर

ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ,  बैंकिङ कसुर र चेक अनादरको मुद्दामा दोषी ठहर

काठमाडौँको जमलस्थित ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टरका सञ्चालक अग्रवाललाई चेक अनादर र बैकिङ कसुरका फरक फरक मुद्दामा दोषी ठहर भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोत नखुलेको ९५ लाख १७ हजार पाँचसय सहित चार जना पक्राउ

स्रोत नखुलेको ९५ लाख १७ हजार पाँचसय सहित चार जना पक्राउ

उनले भने,“काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि सडकमा आइतबार दुई वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार उनीहरुको साथमा रहेको झोला खानतलासी गर्दा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।

भर्खरै