नेभिगेशन
सबै कुरा

बलिन्द्र धारा आँशु बगाउँदै राष्ट्रपतिलाई भारतीको प्रश्न : मेरो ठाउँमा तपाईंको छोरी भएको भएपनि हत्यारालाई माफी दिनुहुन्थ्यो ?

१६ असोज, काठमाडौं । श्रीमान हत्याराले आमामाफी पाएपछि नेपालगञ्जकी भारती मानन्धर न्याय खोज्दै काठमाडौं आएकी छिन् । आज पत्रकार सम्मेलन गर्दै उनले श्रीमान्को हत्याराको कैद मिनाहा दिएर न्याय माग्ने ढोका समेत बन्द गरेको बताइन् । 

उनले सोही क्रममा राष्ट्रपतिलाई प्रश्न गर्दै मेरो ठाउँम तपाईंको छोरी भएको भए के गर्नुहुन्थ्यो भन्दै प्रश्न गरेकी छिन् । ‘यत्तिका वर्ष भयो, सबैले बिर्सिए होला तर मैले विर्सन सक्दिन । त्यो घटना सम्झदा मरेसरी सोच्छु । मेरो जानुलाई जब खुँडा लागेको थियो कति पीडा भयो होला ? कति तड्पिनुभयो होला ? कति रुनुभयोहोला ?’ उनले भनिन्, ‘ त्यसरी हत्या गर्ने मान्छेलाई आम माफी दिने अधिकार राष्ट्रपतिलाई कसले दियो ? मेरो ठाउँमा उहाँको छोरी हुन्थ्यो भने उहाँले के गर्नुहुनथ्यो । मेरो जस्तै रोइकराई गर्नुपर्ने अवस्था गराउनुहन्थ्यो ? यस्तो दिन देखाउनुहुन्थ्यो आफ्नो छोरीलाई ?’

CG

उनले थपिन्, ‘हाम्रो कानून यस्तो भएसकेछ आफ्नो न्यायको लागि अदालत जाने अधिकार समेत छैन । सरकार बनाउने, मन्त्री बनाउने हामी आम जनता अनी त्यही जनता पीडामा परेको किन हेर्दैन सरकार ?’

के थियो घटना ?

२०७२ सालमा भारतीका श्रीमान चेतन मानन्धर नेपालगञ्जमा सानातिना ठेक्कापट्टाको काम गर्थे । होटल चलाउन सुरु गरेका थिए । सो समयमा चेतन र रिगल भनिने योगराज ढकाल साथी थिए । रिगललाई चेतनले दाइ भन्थे । रिगल तरुण दलका क्षेत्रीय सभापति थिए । पहिला रिगलसँगै हिँड्ने चेतन नेकपा एमालेसँग नजिकिएपछी रिगलसँग रिसिइबी सुरु भएको थियो ।

त्यस समयमा रुपडियातिर नेपाल र भारतबीच अवैध रुपमा बस चल्न थालेका थिए । तिनै बस सञ्चालन गर्ने विषयमा रिगल र चेतन बिच मनमुटाव भएको थियो । हत्या भएको केही दिन अघि मात्र रिगल र चेतन सँगै काठमाडौँ आएका थिए । श्रीमती भारतीका अनुसार नेपालगञ्ज फर्किएपछी चेतन निकै तनावमा थिए । 

साँझको समय, खाना खाने तरखर गर्दैगर्दा रिगलले चेतनलाई अर्को दिन सुर्खेत रोडमा भेट्न बोलाए । भोलिपल्ट मोटरसाइकलमा रिगललाई भेट्न हिँडेका चेतनलाई सुर्खेत रोड नपुग्दै रिगलको समुहले खुँडा प्रहार गरी हत्या गर्यो । हत्यापछि बाँके प्रहरीले ११ जनालाई पक्राउ गरेपनि मुख्य योजनाकार रिगल भने फरार रहेका थिए । 

हत्या गरेर ३ वर्षसम्म फरार भएका रिगल २०७२ भदौ २ मा बाँके जिल्ला अदालतमा आत्मसमर्पण गर्न पुगे । केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले गुण्डागर्दीविरुद्ध इन्काउन्टरको अभियाननै चलाएपछी रिगलले आत्मसपर्ण गरेका थिए । 

२०७६ वैशाखमा जिल्ला अदालत बाँकेका न्यायाधीश विष्णु सुवेदीले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए । रिगलले २०८० भदौ सम्म ४० प्रतिशत मात्रै सजाय भुक्तानी गरेका थिए । असल चालचलन भएको भन्दै संविधान दिवसका दिन नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ६० प्रतिशत कैद मिनाहा गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वर्तमान सरकारको ध्यान आगामी निर्वाचन र सुशासनमा केन्द्रित छ: मन्त्री खरेल

वर्तमान सरकारको ध्यान आगामी निर्वाचन र सुशासनमा केन्द्रित छ: मन्त्री खरेल

आइतबार सिंहदरबारमा प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त हुनुभएका डा.कुमार शर्मा आचार्यलाई नियुक्त पत्रका प्रदानका साथै शुभकामना व्यक्त गर्दै मन्त्री खरेलले निर्वाचनलाइ सफल बनाउन, भ्रष्टाचारलाई नियन्त्रण गर्दै सुशासन कायम...
निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को १६औँ वार्षिक साधारणसभाको शुभारम्भ गर्दै उनले विशिष्ट परिस्थितिमा निर्माण भएको वर्तमान सरकार प्राप्त जिम्मेवारीबमोजिम निर्वाचनलाई केन्द्रमा राखेर सफलतापूर्वक सम्पन्न गर्ने पक्षमा होमिएको बताएका...
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदबारमा संरचनाको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेट गरेकी हुन ।

भर्खरै