नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण :

६० किलो सुन प्रकरणका प्रमुख अनुसन्धान अधिकृत एसपी संजय थापाको नुवाकोट सरुवा

७ भदौ, काठमाडौं : ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने सीआईबीका प्रहरी उपरीक्षक (एसपी) संजय सिंह थापाको नुवाकोट सरुवा भएको छ । 

हङकङबाट ब्रेक शु मा ल्याइएको ६० किलो ७६१ ग्राम सुन सम्बन्धी फाइल राजश्व अनुसन्धान विभागबाट सीआईबीमा पुगेपछि एसपी थापालाई प्रमुख अनुसन्धान अधिकृत तोकेर अनुसन्धान भएको थियो । तर सुन प्रकरणको अनुसन्धानकै बिचमा थापाको नुवाकोट सरुवा गरेको पाइएको छ ।

Global Ime Bank

सीआईबीकी प्रमुख एआइजी किरण ब्रजाचार्यले पहिलो चरणमा सुन प्रकरणको विस्तृत अनुसन्धान नसकिएकाले पुरक अनुसन्धान गरिने बताएकी थिइन् । तर पुरक अनुसन्धान सुरु गर्नु पूर्वनै  थापालाई नुवाकोट पठाइएको छ ।

थापाको सुन प्रकरणको अनुसन्धान भइरहेकै समयमा गत भदौ १५ गते सरुवा भएको हो । नुवाकाटोका एसपी रविन्द्र पण्डितलाई प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रुपन्देहीमा सरुवा गरेर एसपी थापालाई नुवाकोट पठाइएको हो । 

थापाले एक साता अघिनै नुवकोट पुगेर जिम्मेवारी सम्हालेका छन् ।

सीआईबीमा एसपी थापाको स्थानमा भने जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी होविन्द्र बोगटीलाई तानिएको छ । एसपी बोगटीले पुरक अनुसन्धान अघि बढाउने सीआईबी स्रोतको भनाई छ । 

सीआईबी प्रमुख एआइजी किरण ब्रजाचार्य बिदामा भएकाले सुनको पुरक अनुसन्धान अब कसरी अघि बढ्छ भन्ने टुंगो नलागेको सीआईबी स्रोतले जनाएको छ ।



र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु 

श्रृङ्खला १ : सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान 

श्रृङ्खला २ : सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी 

श्रृङ्खला ३ : Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ? 

श्रृङ्खला ४ : EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’ 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...