नेभिगेशन
सबै कुरा

टुँडिखेल घटना जनता जागेको ठुलो घण्टी होः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सोमबार टुँडिखेलमा भएको घटना बारे टिप्पणी गरेका छन् । मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुले लामिछानेलाई सोमबार टँडिखेलमा भएको नारावाजिका विषयमा प्रश्न गरेका थिए । 

देउवाले मञ्चबाटै सर्वसाधारणलाई भने–‘लाज नभएका बदमासहरु’ (भिडियाे)

Dish Home
Global Ime Bank

जवाफमा लामिछानेले दुई तिहाईको सरकारका लागि ठुलो घण्टी भएको टिप्पणी गरे । उनले भने, ‘दुई तिहाईको सरकारलाई यो भन्दा ठुलो घण्टी अरु के बज्ने होर ?’ 

लामिछानेले नागरिकले चासोका साथ राजनीतिलाई हेरेकाले अब जे पनि चल्दैन भन्ने संकेतको सुरुवात भएको पनि बताए । हरेक ठाउँमा नागरिकले हस्तक्षप गर्न सुरु गरिसकेको भन्दै लामिछानेले भने, ‘राजनीतिकरुपमा हामीले हस्तक्षप गर्न आयौँ, आम नागरिकले पनि हस्तक्षेप गर्न अब सुरु गरे भन्ने  संकेतका रुपमा बुझ्नुपर्छ ।’ टुँडिखेलमा जनताले हरेक चिज हेरिरहेका छन्, जागिरहेका छन् भन्ने सन्देश  अभिव्यक्त भएको लामिछानेले बताए ।

नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पुस्ताले शिष्टता बिर्सियो’ (भिडियाे)

लामिछानले भने, ‘जनताले हरेक चिज हेरिरहेका छन् भन्ने कुराको स्पष्ट सन्देश गत चुनावमा हामीले पनि देखाएको हो, स्थानीय चुनावमा साथीहरुले पनि देखाइसकेका हुन्, अहिले आम नागरिक तहमा देखाइसकियो भने अब अरु हेर्न बाँकी केही पनि छैन, सच्चिनु सुध्रिनु बाहेक केही छैन।

टुँडिखेलमा ओली र देउवा विरुद्ध नारा लगाउनेहरू भिडियो फुटेज हेरेर पहिचान गरिंदै

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज संसदमा नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने, कांग्रेस एमालेले लगाए ह्वीप

आज संसदमा नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने, कांग्रेस एमालेले लगाए ह्वीप

नीति तथा कार्यक्रम पास गराउन सत्ताका मुख्य साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई अनिवार्य बैठकमा सहभागी हुन ह्वीप जारी गरेका छन्।
गर्भनर पद कुनै पार्टीको हुँदैन, सत्तारुढ दलभित्र मतभेद छैन: महेश बर्तौला

गर्भनर पद कुनै पार्टीको हुँदैन, सत्तारुढ दलभित्र मतभेद छैन: महेश बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर नियुक्तिका बिषयमा सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका छन् ।
राजसंस्थाको माग गर्दै राजावादीको मोटरसाइकल र्याली (तस्विरहरु)

राजसंस्थाको माग गर्दै राजावादीको मोटरसाइकल र्याली (तस्विरहरु)

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले काठमाडौँमा मोटरसाइकल र्‍याली निकालेका छन् । काठमाडौको सुकेधाराबाट सुरु गरिएको र्यालीमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका प्रकाशचन्द्र लोहनी राजसंस्था पुनर्स्थापना र सनातन...
विद्युत प्राधिकरणको यथार्थ बताउन स्वेतपत्र ल्याएका हौँः उर्जामन्त्री

विद्युत प्राधिकरणको यथार्थ बताउन स्वेतपत्र ल्याएका हौँः उर्जामन्त्री

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत प्राधिकरणको अहिलेको यथार्थ श्वेतपत्रमार्फत बाहिर ल्याइएको बताएका छन् ।