नेभिगेशन
सबै कुरा

टुँडिखेलमा ओली र देउवा विरुद्ध नारा लगाउनेहरू भिडियो फुटेज हेरेर पहिचान गरिंदै

काठमाडौँ । टुँडिखेलमा प्रधानमन्त्रीसहितका शीर्ष नेताहरू विरुद्ध नारा लगाउनेहरू खोज्न सुरु गरिएको छ । गौरा पर्व बिथोलिने डरले सोमबार कार्यक्रममा केही पनि नगरिए पनि प्रशासनको सहयोगमा उक्ष्शृंखल गतिविधि गर्नेहरूको खोजी थालिएको आयोजक संस्थाका अध्यक्ष हरिप्रसाद अवस्थीले बताए । 

प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह (प्रसंसा) ले २७ वर्ष देखी काठमाडौँमा गौरा पर्व मनाउँदै आइरहेको छ । यति लामो यात्रामा पहिलो पटक सोमबारको कार्यक्रममा अतिथिहरु माथि दर्शक दीर्घाबाट अपमानित गर्ने काम भएको संस्थाका एक पदाधिकारीले बताए।

Dish Home
Global Ime Bank

‘मिडियामा आएका भिडियो फुटेज हेरेर पहिचानको काम भइरहेको छ,’ अध्यक्ष अवस्थीले भने, ‘यहाँ घुसपैठ भएको छ । ति को को हुन भनेर प्रशासनको सहयोगमा पहिचान गर्दैछौँ ।’ सोमबार काठमाडौँको टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रमका अतिथि प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेर बहादुर देउवा विरुद्ध चर्को नाराबाजी भएको थियो ।


शीर्ष नेताहरू मञ्चबाट सम्बोधनका लागि पोडियममा उक्लिने बितिक्कै उनीहरूको विरुद्धमा नारा लागेको थियो । आफ्नो विरुद्ध दर्शक दीर्घाबाट नाराबाजी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले शिष्टता बिर्सिएको टिप्पणी गरेका थिए । 

त्यस्तै आफू विरुद्ध नाराबाजी भएपछि नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले दर्शक दीर्घामा उनी विरुद्ध नाराबाजी गर्नेलाई बदमास भनेका थिए । तपाईँहरू जति बोल्ने हो बोल्नुस्, कराउनुस्, अरुको कार्यक्रम बिथोल्ने लाज नभएका बदमासहरू,’ देउवाले भनेका थिए । 



 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation