नेभिगेशन
सबै कुरा

सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडाैँ । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन नोटिस जारी भएको छ । 

६० किलो सुन प्रकरणमा दावा छिरिङलाई तस्करीको सुन र त्यसका लागि चाहिने पैसा व्यवस्थापनमा उनकाे संलग्नता देखिएकाे थियाे । आफूलाई अपराध बिट हेर्ने पत्रकार दावी गर्ने चलाउने सुन तस्करी मुद्दाका फरार अभियुक्त हुन् । उनीविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । 

Global Ime Bank


चलाउनेसँग सुन तस्करी सम्बन्धी छानबिन गर्न बनेको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले लिएको भर्चुअल बयानमा चलाउनेले आफूले सीआइबीमा ४ घण्टा भिडियो बयान दिएको बताएका थिए । 

सुन तस्करीमा संलग्न रहेका उनलाई बयान दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बोलाएर सीआईबीले नै भगाएको आयोगकाे आयाेगकाे प्रतिवेदनमा उल्लेख छ । 

सुन तस्करीका सन्दिग्धलाई नै फरार बनाएको भन्दै ब्युरोकी तत्कालीन प्रमुख किरण बज्राचार्यसहित ४ जनालाई विभागीय कारबाहीसमेत भएको छ । 

चलाउने र सुन तस्करीमा संलग्नहरुबिचको संवाद सिधाकुराले प्रकाशन गरेको थियो । 

सुन तस्करीका ‘पत्रकार माफिया जीवन चलाउने’, आफैँ भगाएर आफैँ खोज्दै सीआईबी

आयोगलाई जीवन चलाउनेको भिडियो बयान ‘मलाई सीआईबीले जतिसक्दो छिटो नेपालबाट भाग्न भन्यो’

फरार अभियुक्त चलाउनेसँग सीआइबीका डिएसपीको सम्बन्ध देखिएपछि आयोगले लियो बयान, कहाँ छन् चलाउने ?



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...

भर्खरै