नेभिगेशन
सबै कुरा

आयोगलाई जीवन चलाउनेको भिडियो बयान ‘मलाई सीआईबीले जतिसक्दो छिटो नेपालबाट भाग्न भन्यो’

काठमाडौँ । सुन तस्करीका मुख्य अभियुक्त मध्येका एक जीवन चलाउनेले आफूलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले नै भगाएको बयान दिएका छन् । 

सुनको अवैध ओसार पसार तथा तस्करी छानबिन गर्न गठित आयोगले लिएको भर्चुअल बयानमा चलाउनेले आफूले सीआइबीमा ४ घण्टा भिडियो बयान दिएको आयोगलाई बताएका थिए । 

‘ब्यारोका एआईजी किरण बज्राचार्यको कार्यकक्षमा १ घण्टा र अन्य संलग्न अधिकारीहरूको कार्यकक्षमा ३ घण्टा भिडियो बयान दिएको हुँ,’ आयोगका उच्च अधिकारी भन्छन् ‘तर, मेरो संलग्नताबाट धेरैको पोल खुल्ने भएपछि उहाँहरूले मलाई जतिसक्दो छिटो नेपाल छोडेर भाग्न भन्नु भयो ।  नेपालबाट आफू भागेको नभई प्रहरीबाटै भाग्न बाध्य पारिएको हो । सहजीकरण गरे म नेपाल आउन तयार छु ।’ चलाउनेले आयोगलाई आफूसँग गरिएको भिडियो संवाद कहाँ लगियो थाहा नभएको पनि बयान दिएका छन् । 

सुन तस्करीका ‘पत्रकार माफिया जीवन चलाउने’, आफैँ भगाएर आफैँ खोज्दै सीआईबी



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिरहामा ८० वर्षीय वृद्धको हत्या

सिरहामा ८० वर्षीय वृद्धको हत्या

मङ्गलबार राति यादवमाथि अज्ञात समूहले टाउकोमा धारिलो हतियारले आक्रमण गरेका मृतकका छोरा कपिलदेव यादवले जानकारी दिए । “घरमा सुतिरहेकै बेला बुबामाथि आक्रमणमा भएको हुनसक्छ । बिहान अबेरसम्म नउठेपछि...
राजेश अहिराजविरुद्ध मुद्दा दायर, जबरजस्ती कोठामा छिरेर बलात्कार गरेको युवतिको बयान

राजेश अहिराजविरुद्ध मुद्दा दायर, जबरजस्ती कोठामा छिरेर बलात्कार गरेको युवतिको बयान

अध्ययनको लागि काठमाडौँ आएकी ति युवतिको कोठामा जरुरी कुरा गर्नुछ भन्दै झा कोठामा प्रवेश गरेको र पानी दिएपछि मुख थुन्दै बलात्कार गरेको उनले बयानका क्रममा बताएकी छिन् ।
श्रीमतीको हत्या गरी ५ वर्ष पाँच वर्ष जेल बसेका व्यक्तिले फेरि गरे बालिकाको हत्या

श्रीमतीको हत्या गरी ५ वर्ष पाँच वर्ष जेल बसेका व्यक्तिले फेरि गरे बालिकाको हत्या

कटैयाचौरी भन्ने स्थान नजिक भएको सो घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । अञ्चलीकी आमा ३६ वर्षीया आशा...
फोहोर मैलाको कर्मचारी हुँ भन्दै १३ लाख बढी उठाउने व्यक्ति पक्राउ

फोहोर मैलाको कर्मचारी हुँ भन्दै १३ लाख बढी उठाउने व्यक्ति पक्राउ

उनलाई गोप्य सुचनाको आधारमा काठमाण्डौं महानगरपालिका वडा नं ३१ बाट प्रहरीले नियन्त्रणमा लिएको थियो । आफू काठमाडौँ महानगरपालिकाको फोहर मैलाको कर्मचारी हूँ” भन्दै रकम उठाउँदै गरेको अवस्थामा प्रहरीले...