फरार अभियुक्त चलाउनेसँग सीआइबीका डिएसपीको सम्बन्ध देखिएपछि आयोगले लियो बयान, कहाँ छन् चलाउने ?

सिधाकुरा

काठमाडौं । ६० किलो सुन तस्करीका फरार अभियुक्त जीवन चलाउनेसँग सम्बन्ध देखिएको भन्दै सीआइबीका डीएसपी रुगम कुँवरसँग सुन तस्करी छानबिन आयोगले बयान लिएको छ।

आयोग स्रोतका अनुसार फरार चलाउने र डीएसपी कुँवर एउटै ठाउँका हुन् । सीआइबीमा सामान्य भन्दा लामो समय बसेका कुँवरले चलाउनेलाई हिरासतमा नराखी दुबई भगाएको देखिएपछि बयान लिइएको आयोग उच्च स्रोतका दाबी छ।

६० किलो सुन तस्करीका नाइके दावा छिरिङसँग नियमित कारोबार गरेको तथा तस्करीको योजना बनाएको म्यासेज तथा संवाद प्रमाण हुँदा पनि चलाउनेलाई सामान्य बयान पछि हिरासतमा राखेको देखिएन'। आयोग स्रोत भन्छ 'बरु भोलिपल्टै भगाउन सीआइबीकै अधिकारी जिम्मेवार देखिए'। 

सुन तस्करीमा मुद्धा चलाउन पुग्ने प्रयाप्त प्रमाण हुँदा हुँदै डीएसपी कुँवरलेनै चलाउनेलाई भगाएको पुष्टि भएपछि बयानका लागि बोलाएको बताईएको छ।

चलाउनेलाई हिरासतमा नराखी भगाएको विषयमा सीआइबीका प्रमुख एआइजी किरण बज्राचार्यको भूमिका पनि शंकास्पद देखिएको आयोगको दाबी छ। चलाउने र दावा छिरिङको सुन तस्करीको कनेक्सन सिधाकुराको गोल्ड माफिया इन्भेष्टिगेशन सिरिजले खुलासा गरेको थियो।

सुन तस्करीका ‘पत्रकार माफिया जीवन चलाउने’, आफैँ भगाएर आफैँ खोज्दै सीआईबी

चलाउनेले चीनियाँ तस्करले ल्याएको सुन भारत पठाउने र दावा समुहको रकम दुबई हुँदै हुण्डी गरेर अमेरिका पठाउने गरेको पाइएको थियाे । 

                                                  ०००


दावाको मोबाइलमा भेटिएको प्रमाणले सुन तस्करीदेखि हुण्डी कारोबारमा जीवन चलाउनेको भुमिका महत्वपुर्ण देखिन्छ । निरन्तर संवाद भैरहने दावा र जीवन चलाउनेबीच भएको कुराकानीको अंश यस्तो छ । 

दावाले ह्वाट्सएपमा आफ्नो नाम जेम्स राखेका छन् भने जिवन चलाउनेको नाम जेइ दाईका रुपमा सेभ गरेका छन् । दावा र जीवन चलाउने दुबैले एक अर्कालाई ‘दाई’ भन्दै सम्बेधन गरेका छन् । दावाले जीवनलाई एउटा म्यासेज पठाएका छन् । उनले लेखेका छन्, 'I will talk the gold Chinese party after support us do something business. I have some good idea can do business with the Chinese gold Party.'

अर्थात मैले सुनको कारोबार गर्ने चिनियाँ टोलीसँग कुरा गर्छु, उनीहरुको सहयोग पाएपछि हामीले केही व्यापार गर्नुपर्छ । मसँग केही उपायहरु छन्, सुन कारोबार गर्ने चिनियाँ टोलीसँग काम गरौँ । 

यसको जवाफमा जेइ दाई अर्थात जीवन चलाउने लेख्छन् । 'yes dai, mailey milako xu sab kaam dai'.

उनीहरुको म्यासेजको क्रममा यतिमा मात्रै सिमित छैन । दावाले फेरी लेख्छन्, त्यसो भए हामीलाई सहयोग गर । जीवनले जवाफमा पठाउँछन् ‘गुड इन्डियन पार्टी । रिच पर्सन ।’

दावाले फेरि लेख्छन्, ‘लेट मी चेक, इफ ओके, आई विल कम एलोन टु मिट यु ।’ 

जीवनले जवाफ फर्काउँछन् । ओके । 

अर्को दिन दावाले म्यासेज पठाउँछन्, ‘हामी एम्बासडर होटलमा व्यवसाको कुरा गर्दै छौँ ।’ जीवनले रिप्लाई गर्छन्, ‘ओके’ । 

दावाले केही समयपछि अर्को म्यासेज लेख्छन्, ‘उनीहरु सबै मेरो होटलमा छन्, मलाई ३१ लाख रुपैयाँ मागिरहेका छन् ।’ दावाले फेरि अर्को म्यासेजमा लेखेका छन्, ‘दाई कृपया यस्तो नगर्नुस् मलाई धेरै काम गर्नु छ, उनीहरुलाई पैसा दिनुस् ।’ यसको जवाफमा चलाउनेले दाई मैले दुवईको कल कुरिरहेको छु भन्ने म्यासेज पठाउँछन् । 

यो संवादको विषयमा दावाले सीआईबीलाई झुठो बयान दिएका छन् । सीआईबीको बयानमा दावाले उक्त संवाद तेल कारोबार गर्ने विषयमा भएको बताएका छन् । सीआईबीको सवाल नम्बर ३२ मा यो प्रसंगमा प्रश्न सोधिएको थियो । तर यसको जवाफमा दावाले भनेका छन्, ‘चाइनिज नागरिक लिउ आज भन्दा ७ महिना अगाडि नेपालमा आएको समयमा चाइनिज नागरिक लिउलाई खाने तेलको उद्योगमा लगानी गर्न लगाउने विषयमा म र जीवन चलाउनेबीच कुराकानी भएको हो । लगानी चाँही भएको छैन  ।

सोझै झुठो जवाफ दिएका दावालाई प्रहरीले यहि विषयमा दोहोरो प्रश्न गरेको छैन । 

दावा र जीवन चलाउनेको संवाद यत्तिमा मात्रै सिमित छैन । उनीहरुले सुन किन्ने खरिद कर्तादेखि हुण्डीको पैसा अमेरिका पठाउने समेत व्यवस्था गरेको संवादमा देखिन्छ । 

एउटा म्यासेजमा जीवन चलाउनेले दावालाई सुबु प्रताप केसीको वेल्स फार्गो बैंकको खातामा ३० हजार अमेरिकी डलर अर्थात आजको मितिमा ४० लाख २० हजार रुपैयाँ पठाइएको भन्दै म्यासेज पठाएका छन् । 

उनले लेखेका छन् '30k$ sent to subu pratap kc in wells fargo bank.'

यो विषयमा दावालाई सीआईबीले सवाल नम्बर ४२ मा सोधेको छ । जहाँ दावाको जवाफले सुन तस्करी प्रकरणमा अमेरिका बस्ने, नेपाल प्रहरीका पूर्व देखि वर्तमान अधिकारीहरुसँग नङ मासुको सम्बन्ध भएका व्यक्तिको समेत सुन तस्करीमा संलग्नता पुष्टि गर्छ । 



सीआईबीको सवाल नम्बर ४२ जवाफमा दावाले भन्छन्, ‘उक्त पैसा पेम्बा दोर्जे शेर्पाको अमेरिका बस्ने आफन्तलाई अमेरिकामा बस्ने जीवन चलाउनेको चिनेको मान्छेलाई अमेरिकी डलर ३०,०००।– पठाएको हो । अमेरिकामा पैसा पठाएको फोटो जीवनले दावालाई पठाएका थिए । 

फोटोमा जीवन चलाउनेले भनिएका व्यक्ति सुबु प्रताप केसी भएको सीआईबी स्रोतको दावी छ । सुन प्रकरणमा पक्राउ परेका सुमन खरेलको फोनमा समेत सुबु प्रताप केसीका खातामा पैसा पठाएका विवरण भेटिएको छ । 


खरेलको ओप्पो मोबाइलको परीक्षणका क्रममा 'Cash Out To Wells Fargo Bank' भनेर विभिन्न मितिमा रकम डिपोजिट गरेको विवरण उल्लेख छ।

प्रहरीले फेला पारेको स्क्रिन सटहरूमा $6,417, $1,465 र $3,116  अमेरिकी डलर सो बैंकमा डिपोजिट गरेको देखिन्छ।

 उनी नेपाल, दुबई र अमेरीकामा व्यापार गर्ने व्यक्ति हुन् । उनको नेपालमा बसुन्धरा बैंंक्वेट देखि दुबईमा टप एभरेष्ट जनरल ट्रेडिङ सहित अमेरिकामा पनि थुप्रै व्यापार व्यवासाय रहेको प्रहरीको दावी छ । उसो त उनी नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालका नजिकका साथी हुन् ।  

सवेन्द्र खनाल प्रहरी प्रमुख हुँदा नेपाल प्रहरीका अधिकांस कार्यक्रम यही बैंक्वेटमा  भएको प्रहरी स्रोत बताउँछ । 

जीवन चलाउनेले सुबु प्रताप केसीलाई ४० लाख बढी पैसा पठाएको म्यासेजपछि दावाले जीवन चलाउनेलाई अर्को म्यासेज पठाएका छन् । उक्त म्यासेजमा दावाले ५ करोडको  व्याज कति हुन्छ, पार्टीले सोधिरहेको छ भन्दै लेखेका छन् । 

दावाले जीवन चलाउनेलाई 'how much is the monthly Intrest of 50 million, the party Asked me' भन्दै म्यासेज गरेका छन् । 

यस विषयमा पनि दावाले सीआईबीलाई आलटालको जवाफ दिएका छन् । सवाल नम्बर ४३ को जवाफमा दावाले मैले चाइनिज पार्टीहरु चिनेको हुँदा मलाई जीवन चलाउनेले लगानी गर्न रकम खोज्नु भनेको हुँदा मैले रकम खोज्ने क्रममा रकम लगानी गर्ने पार्टीहरुले मासिक ब्याज कति आउँछ भनी सोधेको हुँदा मैले सोही कुरा जीवन चलाउनेलाई सोधेको हुँ भन्ने जवाफ दिएका छन् । 

जीवन चलाउने र दावाको हुण्डी र सुनको कारोबार पुष्टि गर्ने थप संवादहरु पनि छन् । दावाले जीवन चलाउनेलाई यो महिना ८० किलो भन्दै म्यासेज पठाएका छन् । त्यसको जवाफमा जीवनले ओक्के लेखेका छन् । 

सीआईबीले सवाल नम्बर ४४ मा यही विषयमा यो महिना ८० किलो सुन भनिएको हो भन्ने प्रश्न गरेको छ । जवाफमा दावाले मलाई याद भएन भनेका छन् । 

यस्तै अर्को म्यासेजमा जीवन चलाउनेले गोप्य गर्न भन्दै दावालाई म्यासेज पठाएका छन् । उक्त म्यासेजमा जिवनले लेखेका छन्, ‘दाई अलिक गोप्य गर्नुस्, अरुसँग कुरा नगर्नुस् ।’ 

यसको जवाफमा दावाले 'only u and me business talk ok we meet' लेखेको छन् । 

'hlo. I may hyatt. Iwill come to meet u tomorrow morning the Chinese party come office okey, 10:30-11:00 AM.'  भन्दै म्यासेज पठाएका छन् । 

दावासँग यसरी सुन तस्करीको योजनाबद्ध तस्करी गर्ने जीवन चलाउनेलाई सीआईबीले नै कार्यालयमा आइसकेपछि भगाएको देखिएको छ । 

सीआईबी स्रोतका अनुसार दावा छिरिङसँग सम्पर्क देखिएपछि  केही समय  अघिसम्म आफूलाई अपराध बिट हेर्ने पत्रकार बताउने जीवन चलाउनेलाई सीआईबी बोलाइएको थियो । भदौ २३ गते सीआईबीमा आएका चलाउनेलाई सीआईबीले पक्राउ नै नगरी ससम्मान घर पठायो । त्यस बखत पनि उनले नयाँ फोन बोकेर आएका थिए । तर प्रहरीले पुरानो फोन ल्याउनु भनेर घर पठाएको चलाउने फर्केर आएनन् । अर्थात सीआईबीले सुन तस्करीका एक माफियालाई जोगायो । 

त्यही सीआईबीले फेरि सरकारी वकिलको कार्यालयमा भने जीवन चलाउने सीआईबी आएको, सोधपुछ भएको भन्ने विवरण नै पेश गरेको छैन । बरु फरार सूचीमा रहेको भन्दै पेश गरेको छ । सुन प्रकरणको अनुसन्धानमा सीआईबीले गम्भिर लापरवाही गरेको देखिन्छ । किनकी सीआईबीमा उपस्थित भएका चलाउनेसँग भएको सोधपुछको विवरण समेत सार्वजनिक गरेको छैन । किनकी जिवनको सम्बन्ध पूर्वप्रहरी अधिकारीदेखि सुन तस्करीका माफियाहरुसँग देखिएकाले उनको बयानबाट सुन तस्करीको थप प्रमाणहरु खुल्न सक्छन् । 

सरकारी वकिलको कार्यालयले पनि जीवन चलाउने दावा छिरिङसमेतको आपराधिक समूहमा आवद्ध भई आपराधिक लाभको लागि अन्य प्रतिवादिहरु समेतसँग मिलि संगठित रुपमा अवैध सुनको कारोबार गरेको कसुर स्थापित भएको उल्लेख गरेको छ । [


स्रोतका अनुसार जीवन चलाउनेको सिडिआरबाट राजनीतिक दलका माथिल्लो तहका नेताहरुको समेत सम्पर्क देखिएको छ । सीआईबीले ससम्मान घर पठाएका चलाउने अहिले सबै तिरबाट सम्पर्क विहिन छन् ।  

स्राेतका अनुसार चलाउने कहिले दुबइ त कहिले भारत बस्दै अाएका थिए । तर पछिल्लाे केही समयदेखी उनि नेपालमै छन् ।

प्रतिक्रिया

The Reporter

ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||

  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||
  • रविको थुनछेक बहसको आदेश आउँदै, पोखरामा के भइरहेको छ ? || Rabi....
  • रवि लामिछानेका वकिलको थुनछेक बहसः अदालतमा के के भयो ? || SIDHAKURA....
  • दुई वर्षको उमेरदेखि बल र ब्याट लिएर क्रिकेट सपना बुनिरहेका अर्पित ||....
  • हाेसियार ! असुरक्षित छ बैंक खाताको पैसा, एफवान् सफ्टको ‘इन्टरनेट बैङ्किङ’ असुरक्षित....
  • रविको राजनीति सक्न कानुन परिवर्तन ! || SIDHAKURA ||
  • ज्यान मार्ने उद्योगका अभियुक्तलाई ओलीद्वारा पार्टीमा भब्य स्वागत || SIDHAKURA ||
  • एनसेलको गैरकानुनी धन्दा, कारबाही गर्न सर्वोच्चको आदेश || SIDHAKURA ||
  • जुँगाको लडाइँ उपेन्द्र र प्रदीप यादवको, २१० क्विन्टल धानमा आगाे लाग्याे हरिन्द्रको....
  • घटना नं ५ : रवि माथि हिरासतमै अमानविय व्यवहार, मानव अधिकार आयोग....
  • भ्रष्टाचारी टेक बहादुर गुरुङ संसदमा, आरोपित रवि लामिछाने निलम्बित || SIDHAKURA CLIPS....

Sidhakura Investigation

EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....

  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

रास्वपालाई इङ्गित गर्दै विश्वप्रकाशले भने,‘भाईबहिनीहरु सिक्दै....

  • रास्वपालाई इङ्गित गर्दै विश्वप्रकाशले भने,‘भाईबहिनीहरु सिक्दै छन्’ || SIDHAKURA ||
  • रवि लामिछाने ८४ दिन थुनिनुपर्ने, सत्ताका मान्छेले नपर्ने ? : राजेन्द्र लिङ्देन....
  • यी ६ काण्डको संसदीय छानबिन समिति चाहिन्छः स्वर्णीम वाग्ले || Swarnim Wagle....
  • दम छ भने मैले भ्रष्टाचार गरेको एउटा प्रमाण ल्याइयोस: केपी शर्मा ओली....
  • संसद्‌‌मा आकस्मिक समयको माग गर्दै रास्वपाको विरोध || SIDHAKURA ||
  • ट्रोल गर्दा जेल ? यो त अत्ति भयो - अधिवक्ता बाबुराम अर्याल....
  • 'सभापतिमाथि साँधिएको राजनीतिक प्रतिशोधको प्रश्न संसदमा उठ्छ' || SIDHAKURA ||
  • सहिदहरुले राणाबाट देश जोगाए, अहिले नेताले कब्जाले गरे || SIDHAKURA ||
  • पाथिभरामा केबलकार बनाउनुपर्छ: योगेश भट्टराई || SIDHAKURA ||
  • कांग्रेसका सचेतकले सरकार त अध्यादेशबाटै चलाउने भनेपछि... || SIDHAKURA ||
  • ‘अब यस्तो घटना कहिल्यै नदोहोरियोस्’ || SIDHAKURA ||
  • मैले खोक्न पाको छैन ICU मा देखाए, त्यो आश पुन्नेवाला छैनः प्रधानमन्त्री....
  • शत्रु लागेको भन्दै रविलाई वृद्ध आमाको जन्तर, रवि किन गए उच्च अदालत....
  • सहकारीका संचालकलाई भन्दा रविलाई मोटो धरौटी, के हो बैंक ग्यारेण्टी || SIDHAKURA....
  • फैसला आउनुअघि रुपन्देहीको अवस्था || Rabi Lamichhane Case Update || SIDHAKURA ||
  • अहिलेको प्रधानमन्त्रीले भन्दा राम्रो काम त म प्रधानमन्त्री भएको भए गर्ने थिएः....
  • सिद्धबाबा सुरुङमार्गभित्र पस्दा... || SIDHAKURA ||
  • रवि भेट्न अदालतबाहिर समर्थकको भिड, आज के के भयो ? || SIDHAKURA....
  • रवि लामिछानेलाई परिवारको जिम्मा लगाउन अदातलको आदेश || SIDHAKURA ||
  • राज्यले सोझा नागरिकमाथि लगाएको झुटा मुद्दाको जिम्मा कसले लिने ? – सोविता....
  • प्रधानमन्त्रीले भेटेनन् हर्क साम्पाङ, समय नदिएपछि रिसाउँदै बाहिरिए || SIDHAKURA ||
  • रित्ताे गाग्री बोकेर हर्क साम्पाङ किन आए काठमाडौँ ? || SIDHAKURA ||
  • धरौटीमा छुटेपटि रवि भन्छन्– न्याय प्रक्रियाप्रति उच्च सम्मान छ || SIDHAKURA ||
  • दिनेश त्रिपाठीलाई कसले किन गर्यो हातपात ? || Dinesh Tripathi || SIDHAKURA....
  • धादिङमा माघे सङक्रान्ति मेला || SIDHAKURA ||