नेभिगेशन
सबै कुरा

धनराज गुरुङले एक महिनाअघि मात्रै तिरेका थिए ज्योति गुरुङले लिएको ऋणको किस्ता

काठमाडौँ । सहकारीको रकम हिनामिना सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले मितेरी सहकारीको निरीक्षण गरेको छ । समितिले बिहीबार उक्त सहकारीमा निरीक्षण गरेको हो । यो त्यही सहकारी हो जसको रकम हिनामिना गरेको आरोप कांग्रेस उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङमाथि लागेको छ ।  ‍


Dish Home
Global Ime Bank

संसदीय विशेष छानबिन समितिका सभापति सूर्य थापासहितको निरीक्षण टोलीसँग सहकारीका अध्यक्ष कुम्भराज गुरुङले धनराजले डिभोर्स भएको भन्दै गरेको दावीमै शंका गरेका छन् । उनले डिभोर्स नै नभएको बताएका छन् । 

अध्यक्ष गुरुङसँग भएको कुराकानीको भिडियो समितिका सभापति थापाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उक्त भिडियोमा सहकारीका अध्यक्ष गुरुङले एक महिनाअघि धनराज आफैंले आएर सहकारीको रकम तिरेको बताएका छन् । 

समितिका सदस्यले अध्यक्ष गुरुङलाई सोध्छन्, ‘धनराजले तिर्नुभएको कि ज्योतिले तिर्नुभएको ऋण ?’

जवाफमा अध्यक्ष गुरुले भन्छन्, ‘धनराजले आएर तिरेको ।’

‘कैले ?’

‘हेर्नुपर्छ । धेरै भएको छैन । एक महिना जति भयो होला ।’

कांग्रेस उपसभापति गुरुङमाथि सहकारीमा प्रबन्धक रहेकी श्रीमतीसँग मिलेर पौने १५ करोड ठगी गरेको आरोप लागेको छ । उनी विरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मा जाहेरी परेको छ । 

जाहेरीमा सांसद गुरुङ र उनको पत्नी ज्योती गुरुङले आर्थिक अपराध गरेको किटानी छ । ललितपुर महानगरपालिका महालक्ष्मी स्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धक पदमा रहेकी ज्योति गुरुङ र उनको पति धनराज गुरुङले १४ करोड ८१ लाख रुपैयाँ बचत हिनामिना गरेको संसदीय छानबिन समितिमा सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले बयान दिएका थिए ।

सहकारी ठगीको आरोप लागिरहँदा गुरुङले भने अस्वीकार गर्दै आएका छन् । उनले ज्योति गुरुङसँग २०७६ फागुनमै सम्बन्धविच्छेद भएका कारण उनले गरेको कारोबारको जिम्मा आफूले लिन नसक्ने बताउँदै आएका छन् । उनले आफ्नो घर व्यवहार सोही सहकारीको अध्यक्षका कारण बिग्रिएको भन्दै ठगीबाट जोगिन अध्यक्षले सबै दोष आफूलाई लगाएको आरोप लगाउन्दै आएका छन् । 

सम्बन्धित समाचार : 

‘सहकारी छानबिन समिति बनाएपछि धनराजले यो कुरा बाहिर नल्याइदिन तीन पटकसम्म घरमा छलफल गरे’ : कुम्भराज गुरुङ


सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी


सापटी माग्दै पैसा नभएको चेक काट्थिन् ज्योति, घरमा आएका पीडितलाई हप्काउँथे धनराज




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शव जलाउने मेसिन खरिदमा समेत भ्रष्टाचार, पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

शव जलाउने मेसिन खरिदमा समेत भ्रष्टाचार, पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दर्ता

पशुपति क्षेत्रका लागि शव जलाउने विद्युतीय मेसिन (फर्नेस) खरिदमा ठूलो आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १६ जना विरुद्ध विशेष अदालतमा...
खैरो हिरोइनसहित दुई जना पक्राउ

खैरो हिरोइनसहित दुई जना पक्राउ

प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते

बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते

सडक विस्तारका विषयमा विवाद भएपछि ढुङ्गा हानाहान भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नाका साथै एक ‘राउन्ड’ गोली चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता बालिष्टर...
६० किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका पक्राउ

लामो समय देखि फरार रहेको भनिएकी रोकालाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले काठमाडौबाटै पक्राउ गरेको जनाएको छ ।