कोटिभिटी प्रकरण : निर्यातको विवरण नै फर्जी, कानुनको गलत ब्याख्या गराएर ढुकुटीबाट लगियो १२ करोड

नवीन ढुंगाना

काठमाडाैँ । नेपालमा राजश्व छलीकाे आरोप खेपिरहेको अमेरिकी आइटी कम्पनी कोटिभिटी इंकले फर्जी निर्यात देखाएर नेपालको ढुकुटीबाट भ्याट फिर्ताको रकम लगेको खुलेको छ । राजश्व छली र पुँजीगत लाभकर छलीको आरोपमा १८ चैतदेखि उच्च अदालत पाटनमा मुद्दा खेपिरहेको सो कम्पनीले कर अधिकृतहरुलाई प्रलोभनमा पारेर भरपुर लाभ उठाइएको पाइएको हो ।  


अनुसन्धानमा संलग्न उच्च सरकारी स्रोतका अनुसार पछिल्लो १९ वर्षमा कम्पनीले नेपालबाट १० अर्ब ४२ करोड ७८ लाख २६ हजार ५८८ रुपैयाँ बराबरको सेवा बिक्रि निर्यात गरेको दाबी पेश गरेको थियो । जसअनुसार उसले नेपालमा कार्यालय सञ्चालन गर्दा गरेको खर्चमा भ्याट फिर्ता पाउनुपर्ने भन्दै ५१ करोड ३४ लाख ९९ हजार ५९७ रुपैयाँ करकट्टी सुविधा माग गरेको थियो ।


उच्च स्रोतकाअनुसार हालसम्म कम्पनीले करकट्टी मार्फत १२ करोड रुपैयाँ भन्दा धेरै रकम नेपाल सरकारको ढुकुटीबाट लगिसकेको पुष्टी भएको छ । जबकी नेपालको कानुन र कोटिभिटीकै वित्तिय विवरणअनुसार सो कम्पनीले देखाएको निर्यात बिक्रीको कारोबार नै फर्जी पाइएको अधिकारीहरुले बताएका छन् ।  

‘एक त यो कम्पनीले गरेको निर्यात आफैँंमा निर्यात होइन, फर्जी हिसाब हो’ एक जना अनुसन्धान अधिकृत भन्छन्, ‘अहिलेको विद्यमान कानुनी हैसियतमा कोटिभिटीले भ्याट फिर्ताको सुविधा नै पाउँदैन तर ढुकुटीबाट १२ करोड लगिसकेको पाइएको छ । बाँकी ३९ करोड हाराहारी मागदाबी भएको र दिन बाँकी रहेको देखिन्छ ।’

अधिकारीहरुका अनुसार कम्पनीले पछिल्लो १९ वर्षदेखि नेपालमा एकपछि अर्को कर र राजश्व सहुलियत पाइरहनुमा केही कर अधिकृतहरुको बदनीयत र केहीले अञ्जानमै करको मूल्यांकन गरेको हुनसक्ने अनुमान छ । तर,जसरी भएको भए पनि त्यसबाट राज्यकोषमा ठूलो आर्थिक क्षति पुगेको छ । 

फर्जी निर्यात 

पछिल्लो समय अर्थ मन्त्रालयदेखि केही अर्थशास्त्रीहरुसमेतले मूल्य अभिवृद्धि करको सिद्धान्त विपरित कोटिभिटीलाई मुद्दा दायर गरेको भनी आलोचना गरिरहेका छन् । 

तर, १९ वर्षदेखि नेपालमा सूचना प्रविधिको उत्पादन गर्ने सो कम्पनीले नेपालबाट आफ्नो उत्पादन निर्यात कै फर्जी विवरण कर कार्यालयहरुमा दाखिला गरेको भेटिएको छ । ‘निर्यात बिक्रिमा भ्याट बिल जारी नभएको, निर्यात गरेबापत आउनुपर्ने डलर नआएको अनुसन्धानमा भेटियो,’ राजश्व अनुसन्धान विभाग स्रोत भन्छ, ‘हरेक वर्ष सो कम्पनीले निर्यात दाबी गरेको कुल रकमको अधिकतम् ५२ प्रतिशतसम्म रकम मात्रै नेपाल भित्रिएको देखिएको छ ।’ यसरी आएको डलर कहाँ प्रयोग भएको छ भनी हेर्दा कर्मचारीको तलबका लगि मात्रै पुग्ने रकम आएको देखिएको छ ।

विभागका अनुसार नेपालमा काममा खटाइएका आइटी प्रोफेसनललाई तलब दिनबाहेक निर्यातको रकम नै नेपाल नल्याएको कोणबाट कोटिभिटीको छुट्टै अनुसन्धान हुनु पर्ने देखिएको छ । पछिल्लो १० वर्षको कोटिभिटीको आर्थिक लेखाङ्कन हेर्दा कुल निर्यात रकमको दाबी, निर्यातको आधा बराबर भन्दा पनि कम रकम नेपाल भित्रिएको र भित्रिएको रकममा पनि तलबबाहेको रकम ऋण शिर्षकमा देखाइने गरेको विभाग स्रोतले जनाएको छ ।

‘५१ करोड रुपैयाँ बराबर भ्याट फिर्ता (करकट्टी ) सुविधा मागेको कम्पनीले बाँकी ८६ प्रतिशत मूल्य बराबरको के वस्तु नेपालमा निर्यात सुविधाका लागि किन्यो भन्ने हिसाब देखिदैन,’ अनुसन्धान अधिकृत भन्छन्, ‘यो पाटोबाट पनि थप अनुसन्धान गरिनुपर्ने देखिन्छ ।’ 

कम्पनीले नेपालमा कम्प्युटर, एउटा फ्याल्ट, केही थान गाडी  र सामान्य फर्निचबाहेकमा लगानी गरेको देखिएको छैन । 

कोटिभिटीले पाएको करकट्टी 

आन्तरिक राजश्व विभाग मातहतको कार्यालयहरुले पछिल्लो १९ वर्षमा कोटिभिटी नेपाललाई ५१ करोड ३४ लाख ९९ हजार ५९७ रुपैयाँ करकट्टी सुविधा दिएको पाइएको छ । राजश्व अनुसन्धान विभागले करकट्टी, ब्याज र बिगोसहित गरेर यस आरोपमा कोटिभिटीविरुद्ध ४ अर्ब ७६ करोड  ५८ लाख ४३ हजार रुपैयाँ दावी गरेको छ । 

सो कम्पनीले नेपालबाट कुल आर्थिक वर्ष २०८०/८१ सम्म १९ वर्षमा जम्मा निर्यात बिक्रि १० अर्ब ४२ करोड ७८ लाख २६ हजार ५८८ रुपैयाँ विगो कायम गरेको छ । तिमध्ये चार आर्थिक वर्षबाहेक बाँकी १५ फरक–फरक आर्थिक वर्षमा यो कम्पनीले भ्याट रिफण्ड (करकट्टी) सुविधा पाएको देखिन्छ । राजश्व अनुसन्धान विभागले उच्च अदालतमा पेश गरेको आरोप पत्रअनुसार कम्पनीको नेपाल दर्ता, यसको कारोबार, कम्पनीको कानुनी हैसियत हेर्दा कोटिभिटी नेपालको निर्यातमा करकट्टी फिर्ता पाउन अयोग्य कम्पनी हो । 

राजश्व अनुसन्धानको त्यो दाबीलाई यसअघि कोटिभिटीले पाएको करकट्टी फिर्ताको फरक–फरक तथ्यले पुष्टि गर्न थप बल पुर्याउँछ । जस्तो कि यो कम्पनीले आर्थिक वर्ष २०६३/०६४ र २०६४/६५ मा यस्तो सुविधा पाएको छैन । ति आर्थिक वर्षमा क्रमश ८ करोड ७९ लाख २५ हजार र १३ करोड १ लाख ६ हजार रुपैयाँ बराबरको सेवा निर्यात सो कम्पनीले गरेको थियो । त्यो बेला कम्पनीले करकट्टी सुविधा पाएको अभिलेखमा देखिदैन ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ८२ करोड ३९ लाख रुपैयाँ बराबरको निर्यात कोटिभिटिले नेपालबाट गरेको देखिन्छ । सो वर्ष पनि कम्पनीले करकट्टी सुविधा पाएको देखिदैन । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब १९ करोड २७ लाखको सेवा निर्यात गर्दा कोटिभिटीले करकट्टीको सुविधा पाएको देखिदैन । 

राजश्व अनुसन्धान विभागको दावी अनुसार कम्पनीको स्वमित्व एकै प्रकारको, निर्यात एकै प्रकारको तर करकट्ट्री सुविधा भने कर अधिकृतको तजबिजीमा कहिले सरकारले पाउने त कहिले कम्पनीले लैजाने गरी निर्धारण भएको पाइएको छ । 

पछिल्लो तथ्याङ्क अनुसार आन्तरिक राजश्व प्रशासन गतिलो गरी बुझेका र इमान्दारिता भएका कर अधिकृतले कोटिभिटीले करकट्टी सुविधा नपाउने भन्दै उसले दाबी गरेको रकम नदिएर सरकारी खातामा जोगाएका छन् भने केहीले नियतबस कम्पनीलाई करकट्टी सुविधा दिएको राजश्व अनुसन्धानको दाबी छ । 

जस्तै, आर्थिक वर्ष २०७८/७९ मा कोटिभिटीले नेपाल प्रवेश गरेयताकै दोस्रो ठूलो आकारको निर्यात गरेको थियो । एक अर्ब १९ करोड २७ लाख ४१ हजार १७३ रुपैयाँ बराबरको सो निर्यातलाई तत्कालिन प्रमुख कर प्रशासक अर्जुन भट्टराईले करकट्टी सुविधा दिएका थिएनन् । स्रोतका अनुसार भट्टराई मध्यमस्तरीय कर कार्यालयको प्रमुख हुँदा उनको मातहतका कर अधिकृतले कोटिभिटीले यो सुविधा नपाउने तथ्य भट्टराईलाई बुझाएका थिए ।

‘कम्पनीको कानुनी हैसियत हेर्दा कोटिभिटीले नेपालबाट करकट्टी सुविधा पाउँदैन भन्ने भएपछि भट्टराईले करकट्टी दिएका थिएनन्,’ एक अधिकारीले सिधाकुरासँग भने । 

त्यस्तै भट्टराईपछिका अर्का कर प्रशासक शम्भु मरासिनीको पालामा कोटिभिटीविरुद्ध अनुसन्धान सुरु भइसकेका कारण करकट्टी सुविधा रोकिएको थियो । 

कर र राजश्व प्रशासनमा काबिल मानिएका भट्टराईले राज्यकोषमा ल्याएको सो कर कसरी अन्य १५ आर्थिक वर्षसम्म सो कम्पनीको पोल्टामा पुग्यो भन्ने विषय नै अहिलेको राजश्व अनुसन्धानको मुल मुद्दा भएको अधिकारीहरु बताउँछन् । 

आर्थिक वर्ष २०६३/६४, २०६४/०६५, २०७६/०७७ र २०७८/७९ गरी चार आर्थिक वर्षमा करकट्टी नपाएको कम्पनीले अन्य १५ फरक–फरक वर्षमा यो सुविधा कुन कानुनी हैसियतमा पायो त ? राजश्वले यसैलाई छली र मिलोमतो भनेको छ । 

चार वर्षलाई छोडेर सो कम्पनीले यत्तिका वर्ष यस्तो सुविधा पाइरहनु कर निर्धारण गर्ने अधिकृतहरुको बदनियत रहेको र सो कारण राज्य कोषमा आउनुपर्ने ठूलो रकम कम्पनीले फिर्ता पाएको भन्दै राजश्व अनुसन्धान विभागले गम्भीर लापरबाही गरेको भन्दै प्रश्न उठाएको छ ।    

मूल्य अभिवृद्धि कर ऐनमा शून्यदरको सुविधा 

नेपालमा भ्याट ऐन बनाएर कार्यन्वयनमा लैजानेमध्येका एक जना विज्ञ हुन राममणि दुवाडी । अर्थ मन्त्रालय मातहतका कर कार्यालयहरुमा लामो समय काम गरेका र ऐनको मस्यौदाकार समेत रहेका दुवाडीका अनुसार भ्याटको अन्तराष्ट्रिय सिद्धान्त अनुसार निर्यातमा भ्याट लाग्दैन । तर, यसका सर्तहरु छन् । 

वस्तु तथा सेवाको निर्यातमा भ्याट कस्तो कारोबारमा लाग्छ भनेर ऐनको दफा ७ ले ब्याख्या गरेको छ । दफा ७ को उपदफा (१) अनुसार  यस ऐन बमोजिम लाग्ने करको दर १३ प्रतिशतको एकल दर हुनेछ । 

यस्तै, उपदफा २ मा वस्तु तथा सेवाको कारोबारमा शून्यदरमा कर लाग्ने उल्लेख छ । सो सुविधाबारे ऐनको अनुसूची २ ले यस्तो सुविधा कसले पाउने भन्ने ब्याख्या गर्छ । जसअनुसार शून्यदरको सुविधा पाउन ८ वटा व्यवस्थाहरु गरिएको छ । जसमध्ये उपदफा २ को (क) ले नेपालभित्र बसोबास भएको व्यक्तिले नेपाल बाहिरका व्यक्तीले नेपालमा कुनै व्यवसायिक कारोबार, व्यावसायिक प्रतिनिधित्व वा कानुनी रुपमा मान्य प्रतिनिधि नभएको नेपालबाहिरको व्यक्तिलाई आपूर्ति गरेको सेवामा शून्य दर आर्कषित हुन्छ’ भन्ने व्यवस्था गरेको छ । 

अर्थात नेपालमा कुनै व्यवसायिक प्रतिनिधित्व र कानुनी रुपमा मान्य प्रतिनिधि नभएको अवस्थामा मात्रै त्यस्तो निर्यातले शुन्य दरको सुबिधा पाउँछ । शून्य दर भनेको यस्ता कम्पनीले आफ्नो निर्यातका खातिर कच्चा पदार्थ तथा वस्तुहरु खरिदमा तिरेको भ्याट फिर्ता पाउनु हो । त्यही दावी गर्दै कोटिभिटीले नेपालबाट यस्तो सुबिधा पाइरहेको थियो ।  

कोटिभिटी नेपाल शून्यदरको सुबिधा पाउने कम्पनी हो ?

कोटिभिटीले १९ वर्ष लामो समयदेखि नेपालबाट गरेको सेवाको निर्यात कारोबारमा ४ आर्थिक वर्ष सो कम्पनीले आन्तरिक राजश्व विभाग मातहतबाट शून्यदरको सुविधा पाएको छैन भने १५ वर्ष पाएको प्रमाणित भइसकेको छ ।  ४ वर्ष नपाएको सुबिधा १५ वर्ष कुन हैसियतमा पायो भन्ने अनुसन्धानको निचोडमा विभागले यो कम्पनी शून्यदर पाउने कानुन हैसियतको नभएको निश्कर्ष निकालेको छ । 

कम्पनीले नेपालबाट सेवा निर्यात गरेकामा दुबिधा नरहे पनि अनुसूची २ को उपदफा २ (क) अनुसार कोटिभिटीले शून्यदरको सुबिधा पाउँदैन । किनकी सो व्यवस्थाअनुसार नेपालभित्र बसोबास भएको व्यक्तिले नेपाल बाहिरका व्यक्ती जसको नेपालमा कुनै व्यवसायिक कारोबार, व्यावसायिक प्रतिनिधित्व वा कानुनी रुपमा मान्य प्रतिनिधि नभएको अवस्थामा आपूर्ति गरेको सेवामा शून्य दर आर्कषित हुन्छ । 

तर, कोटिभिटी नेपाल प्रालि कोटिभिटी इंक अमेरिकाको नेपालको शाखा कार्यालय,  व्यावसायिक प्रतिनिधित्व र सोको कानुनी रुपमा मान्य प्रतिनिधिसमेत नेपालमा रहेको कम्पनी भएको राजश्वको अनुसन्धानमा स्वीकार गरेको छ । कोटिभिटी नेपालले कोटिभिटी इंकलाई निर्यात गरेको सेवामा शून्यदर आर्कषित हुँदैन भन्ने ऐनको सर्त टेकेर विभागले सो करकट्टी गलत भएको निश्कर्ष निकालेको हो । 

‘कोटिभिटी नेपाल प्रालि कम्पनी कोटिभिटी इंकको सहायक कम्पनी भएकोले मुख्य कम्पनीको लागि व्यवसायिक कारोबार गर्ने, मुख्य कम्पनी को व्यवसायिक प्रतिनिधित्व गर्ने तथा मुख्य कम्पनीको नेपालस्थित कानुनी रुपमा मान्य प्रतिनिधि समेत देखिएको कारणले गर्दा डीटू हाइके इंकबाट कोटिभिटी इंक हुँदासम्मका कारोबारले डीटू हाइके सर्भिस प्रालिबाट कोटिभिटी नेपाल प्रालि हुँदासम्मका कारोबारले यी दुई कम्पनीका बीचमा मुल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची २ को दफा २ (क) आकर्षित हुने देखिएन,’ अभियोग पत्रमा भनिएको छ, ‘कम्पनीले गरेको बिक्री निर्यात भएकोमा दुविधा रहेन तर कोटिभिटी नेपाल प्रालि मिति २०८० वैशाख २१ मा राजश्व अनुसन्धान विभागलाई लेखेको पत्रमा कोटिभिटी वस्तु तथा सेवाको निर्यात कोटिभिटी इंकलाई मात्रै गरेको ब्यहोरा उल्लेख गरेबाट कोटिभिटीले निर्यात गरेको सेवा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची २ को दफा २ (क) बमोजिमको सुविधा पाउने निर्यात हो भन्न सकिएन ।’

भारतमा पनि पाउँदैनन् यस्ता कम्पनीले शून्यदर 

राजश्व अनुसन्धान विभागले कोटिभिटीलाई मुद्दा दायर गरेपछि कतिपय अभियन्ताहरुले अब कोटिभिटी जस्ता नेपालका आइटी कम्पनी भारत पलायन हुने दाबी गरेका छन् । 

तर, नेपालमा रहेको कोटिभिटी नेपाल र भारतको कोटिभिटीबाट पूर्ण रुपमा सञ्चालन र समन्वयनमा रहेको पाइएको छ । नेपाली कम्पनीको खर्च, लगानी र सूचनादेखि सबै आदान प्रदान भारतबाटै हुने कोटिभिटीका एक अधिकारी बताउँछन् । भारतमा पनि कोटिभिटी रहेको सूचनापछि हामीले भारतमा सेवा निर्यातमा शून्यदर पाउने वा नपाउने व्यवस्थाबारे खोजी गरेका थियौँ । तर, भारतको जुगरात राज्यले  कोटिभिटी नेपालको जस्तै हैसियतमा रहेका कम्पनीले शून्य दर नपाउने सर्कुलर जारी गरेको थियो । 

सेवाको निर्यात अवस्थाबारे जारी गरिएको सर्कुलरअनुसार भारतमा शाखा कार्यालय,  व्यावसायिक प्रतिनिधित्व र सोको कानुनी रुपमा मान्य प्रतिनिधिसमेत रहेको अवस्थामा त्यस्ता कम्पनीले शून्यदर नपाउने सर्कुलरमा भनिएको छ । कतिपय भारतीय मिडियाहरुले शून्यदर नपाउने गुजरात कानुनको व्यवस्था कोटिभिटीकै लागि जारी गरिएको दावी गरेका छन् । 

५ अर्ब १८ करोड राजश्व छल्नेको बचाउमा उत्रिएका वर्षमान पुन र गगन थापा

राजश्वको अनुसन्धान पछि करको दायरामा अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटी, नेपालमै दर्ता भयो माउ कम्पनी

राजश्व इतिहासकै ठूलो कर चुहावट मुद्दा, तीन दर्जन बढी राजश्व अधिकृतमाथि पनि भ्रष्टाचारमा अनुसन्धान गर्ने निर्णय

५ अर्ब १८ करोड बढी राजश्व छलीको आरोपमा नेपालस्थित अमेरिकी सफ्टवेयर कम्पनी विरुद्ध मुद्दा दायर



प्रतिक्रिया

Sidhakura Investigation

साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....

  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

यसरी प*क्राउ परे मानव तस्क*रीको आ*रोप लागेका एमालेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी ||....

  • यसरी प*क्राउ परे मानव तस्क*रीको आ*रोप लागेका एमालेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी ||....
  • रविलाई साङ्गठनिक अपराधको मुद्दा किन ? || SIDHAKURA ||
  • तिहारको छेकोमा प्रयोगकर्तामाथि इन्ड्राइभको लुट धन्दा, तीन गुणासम्म असुल्यो शुल्क || SIDHAKURA....
  • दीपक मनाङेः कारागारदेखि कारागारसम्मको नालिबेली || DEEPAK MANANGE || SIDHAKURA ||
  • THE MANANG VALLEY || SIDHAKURA ||
  • 'रविविरुद्ध कांग्रेस एमाले राणा भन्दा पनि चर्को तानाशाही निस्किए' || SIDHAKURA ||
  • रविमाथिको प्रतिशोधको प्रतिकारमा रास्वपाका दुई कमाण्डर || DP ARYAL || SWORNIM WAGLE....
  • रविमाथि प्रतिशोधको विरोधमा जनता सडकमा || SIDHAKURA ||
  • रविको म्याद थप भएपछि अब आन्दोलन के हुन्छ ? || SIDHAKURA ||
  • जब 'मलाई बचाउनुस्' भन्दै सिधाकुरामा एक महिलाको फोन आयो... || SIDHAKURA ||
  • ५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका....
  • रविमाथि प्रतिशाेध, पुष्टिका आधार || SIDHAKURA ||
  • रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||
  • रवि लामिछाने प्रकरणमा इजलास भित्र के के भयो ? || SIDHAKURA ||
  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||
  • दसैँमा घर जाने हो ? बसको टिकट छैन ! || SIDHAKURA ||
  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....

Current Affairs

हेटौँडामा खाद्यको कार्यक्रममा भ्रष्टाचार : चिया....

  • हेटौँडामा खाद्यको कार्यक्रममा भ्रष्टाचार : चिया खुवाएर चिकेन खाजा सेटको बिल भुक्तानी....
  • १५ दिनपछि के गर्छन् कुलमान घिसिङ् ?|| SIDHAKURA ||
  • बार्दलीबाट रविको गर्जन, 'थुनामा राख्दैमा बाघ स्याल हुँदैन’ || SIDHAKURA ||
  • दीपक मनाङ्गेलाई यसरी छिराइयो कारागार || Deepak Manange || SIDHAKURA ||
  • रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय रुपन्देही पुर्याइयो || SIDHAKURA ||
  • उर्जा मन्त्रालयको दृश्यः मन्त्री उठेर हिँडे, राज्यमन्त्रीले सचिवलाई बोल्न दिएनन् || SIDHAKURA....
  • हाइकमाण्डको हिरासतको छलफलमा रविले नेताहरुलाई के भने ? || SIDHAKURA ||
  • प्रधानमन्त्री कार्यालय नै भष्ट्राचारको मुल जरो || राज्य व्यवस्था समिति || SIDHAKURA....
  • पोखरामा रास्वपाले गरेको प्रदर्शनमा अश्रुग्यास प्रहार || SIDHAKURA ||
  • 'कानुनतः रविलाई थुन्न मिल्दैन...' : कानुनविद् डा. गान्धी पण्डित || SIDHAKURA ||
  • हिरासतमा के भन्छन् रवि ? || SIDHAKURA ||
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले मनायो महाकवि देवकोटाको जन्मजयन्ती || SIDHAKURA ||
  • विमानस्थलमा हजारौँ यात्रु अलपत्र || SIDHAKURA ||
  • उदयपुरको मौलीक देउसी भैलो || Deusi Bhailo || SIDHAKURA ||
  • ‘हाम्रा छोरा-छोरीहरु रवि-बालेनको समर्थनमा छन्, हामीले रोक्न सकेका छैनौं’ सञ्चारमन्त्री गुरुङ ||
  • Lights, Blessings, Action! Laxmi Puja at Sidhakura || सिधाकुरामा लक्ष्मी पूजा ||
  • प्रचण्डकाे छमछमी || Puspa Kamal Dahal "Prachanda" ||
  • कुकुर: आज्ञाकारी र रक्षक || SIDHAKURA ||
  • जसले दबाब दिएपनि बिजुलीको पैसा उठाएरै छोड्छु: कुलमान घिसिङ || SIDHAKURA ||
  • रोक्का राखेको ६० बोरा चामल गायब, खाद्य प्रविधि, सिडियो कार्यालय, पालिका र....
  • देश किन र कसरी डुब्यो जान्न मन भए सिंहदरबारको वैद्यखाना हेरे पुग्छ–....
  • 'यो देशमा रवि जस्ता राम्रो मान्छेलाई टिक्न दिँदैनन्, मदन भण्डारीलाई पनि यस्तै....
  • पक्राउ परेका नेताहरुलाई निशर्त रिहा नगरे घेरा तोड्ने रास्वपाको चेतावनी || SIDHAKURA....
  • रास्वपाको प्रदर्शन सुरुमै बालुवाटारमा धरपकड, फक्राउ परे नेताहरु || SIDHAKURA ||
  • प्रधानमन्त्रीले जग्गा दान लिनु भ्रष्टाचार हो, लिनेदिनेलाई नै कारवाही होस् || SIDHAKURA....