नेभिगेशन
सबै कुरा

५ अर्ब १८ करोड बढी राजश्व छलीको आरोपमा नेपालस्थित अमेरिकी सफ्टवेयर कम्पनी विरुद्ध मुद्दा दायर

काठमाडौँ । राजश्व अनुसन्धान विभागले नेपालस्थित अमेरिकी एक सफ्टवेयर खरिद बिक्री कम्पनी विरुद्ध ५ अर्ब बढी राजश्व चुहावट गरेको कसुरमा मुद्दा दायर गरेको छ । 

आइतबार उच्च अदालत पाटनमा ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र त्यसकाे दाेब्बर सजायँ समेत कुल १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ मागदाबी गर्दै विभागले राजश्व चुहावट कसुरमा हात्तीसारमा रहेको कोटिभिटी नेपाल विरुद्ध मुद्दा दायर गरेको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए।

Global Ime Bank

राजस्व चुहावट नियन्त्रणमा विभागले तथ्यमा आधारित रही अनुसन्धान तथा तहकिकातलाई जोड दिइएको भन्दै महानिर्देशक ढुंगानाले  एउटै व्यवसायिक कम्पनीलाई यति ठुलो मात्राको सजाय मागदावी गरी अभियोग दायर गरेको यो पहिलो पटक हो।


तस्विर: विभागका महानिर्देशक ढुंगाना

यो कम्पनीले नेपालमा सफ्टवेयर बनाएर अमेरिकामा रहेको कम्पनीलाई बिक्री गर्ने काम गर्छ । विभागकाअनुसार प्रविधिमा आधारित सेवाको व्यापार गर्ने  कम्पनीको स्वामित्व परिवर्तनमा कर छलेको र वस्तुको निर्यातमा भ्याट नतिरेर राजश्व चुहावट भएको यो नै ठूलो घटना हो ।

कोटिभिटि नेपाल हात्तीसार काठमाडौँ, अमेरिकी होल्डिङ कम्पनी कोटिभिटी इंक जोन्स रोड वेल्थह्यामको सहायक कम्पनी हो । 

विभागकाअनुसार कोटिभिटी नेपालले वस्तु तथा सेवाको  व्यापार अमेरिकी होल्डिङ कम्पनीलाई गर्दा मूल्य अभिवृद्धि कर (भ्याट )  छलीका साथै कम्पनीको स्वामित्व  र नियन्त्रण पटक पटक परिवर्तन हुँदासमेत कर नतिरिएको दाबी गरिएको छ । 

‘प्रस्तुत कम्पनीले आफूमा रहेको निहित शेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा सम्बन्धित निकायहरूमा कुनै जानकारी नदिई सो बमोजिम सिर्जना हुने प्रचलित कानून बमोजिमको कर दायित्व पुरा नगरी तथा मुख्य कम्पनी कोटिभिटि इन्कलाई आफ्नो सेवा बिक्री गरी  राजस्व चुहावट गर्ने उद्देश्यले कार्य गरेको देखियो,’ विभागको अभियोग पत्रमा भनिएको छ ।

विभागले स्वामित्व परिवर्तनको कर छली गरेको र वस्तु तथा सेवाको व्यापारमा भ्याट छलेको आरोपमा कोटिभिटी इंक अमेरिकाको माउ कम्पनी र त्यसका सञ्चालकहरू डा। इमाद रजाक, बेरिन्ट मेगन, केरी अस्कीन, पिटर क्यास्पो र अर्पना कथ्योरलाई विपक्षी बनाएको छ । 

उनीहरु बिरुद्ध राजश्व चुहावट (अनुसन्धान नियन्त्रण ) ऐन २०५२ को दफा ३ ले निषेध गरेको र ऐनको दफा ४ को क, ख,ग,च र झ बमोजिमको कसुर गरेको विभागको ठहर छ । सो कम्पनीले शेयर स्वमित्व परिवर्तनको सूचना छल गरेर ४१ करोड ६४ लाख १७ हजार ९६५ रुपैयाँ राजश्व छली गरेको र ४ अर्ब ७६ करोड ५८ लाख ४३ हजार ३३५ रुपैयाँ  राजश्व चुहावट गरेको विभागको ठहर छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड बजेट विनियोजन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड बजेट विनियोजन

काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण गर्ने, मध्य पहाडी लोकमार्गसँग जोडिएको क्षेत्रमा नयाँ डाटा सेन्टर निर्माण गर्ने उनले बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सरकारले ७ अर्ब ७२...
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
अन्तरिक्षमा आफ्नै ‘स्याटेलाइट’ पठाउने प्रयास सुरु भएको छः प्रधानमन्त्री

अन्तरिक्षमा आफ्नै ‘स्याटेलाइट’ पठाउने प्रयास सुरु भएको छः प्रधानमन्त्री

अन्तरिक्षमा पनि आफ्नै ‘स्याटेलाइट’ पठाउने प्रयास सुरु भएको छ । यस क्षेत्रमा नयाँ पुस्ताका हस्ती तयार भइसकेका छन्,” उनले भने, “हामी आत्मविश्वासका साथ अघि बढौँ । सूचना प्रविधिका...
फेसबुकलाई सञ्चारमन्त्रीको अल्टिमेटम: “एक हप्ताभित्र दर्ता भए हुन्छ, नभए बन्द गर्छौं”

फेसबुकलाई सञ्चारमन्त्रीको अल्टिमेटम: “एक हप्ताभित्र दर्ता भए हुन्छ, नभए बन्द गर्छौं”

“नेपालमा बसेर व्यवसाय गर्ने अनि त्यही देशको नियमअनुसार दर्ता प्रक्रिया मान्नुपर्दैन ?”, उनले भने, “एक हप्ताभित्र दर्ता भए हुन्छ, नभए बन्द गर्छौं ।” मन्त्रालयका सचिव स्तरबाट मेटाका अधिकारीबीच...

भर्खरै