राजश्वको अनुसन्धान पछि करको दायरामा अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटी, नेपालमै दर्ता भयो माउ कम्पनी

नवीन ढुंगाना

काठमाडौँ । अमेरिकी लगानीको सफ्टवेयर कम्पनी कोटिभिटी नेपालले नेपाल सरकारलाई तिर्नु पर्ने कर सम्बन्धमा भएको कमजोरी स्वीकार गरेको छ ।

१९ वर्ष देखि कम्पनीको स्वामित्व परिवर्तन हुँदा लाग्ने आयकर नतिरेको र सेवाको निर्यातमा मूल्य अभिवृद्धि कर ( भ्याट) फिर्ता लगेको कम्पनीले राजश्व अनुसन्धान विभागले करछलीमा विस्तृत अनुसन्धान थालेसँगै भ्याट दाखिला गर्न सुरु गरेको खुलेको छ ।

मध्यमस्तरीय करदाता कार्यालयमा दर्ता रहेको सो कम्पनीले फागुन महिनामा ८ करोडको करयोग्य सेवा निर्यात बिक्री गरेको भन्दै सरकारी भ्याटको दायरामा आफूलाई उभ्याएको छ ।

अधिकारीहरूका अनुसार सो कम्पनीले फागुनमा पेस गरेको कारोबारले निर्यातमा भ्याट बापत एक करोड ४ लाख रुपैयाँ सरकारी ढुकुटीमा दाखिला हुनेछ । 

राजश्व अनुसन्धान विभागले आफ्नो ७ महिना लामो अनुसन्धान सकेर  आइतबार उक्त कम्पनी विरुद्ध ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना गरी कुल १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । 

राजश्व अनुसन्धान विभाग इतिहासकै सबै भन्दा ठूलो करछली  मुद्दामा कोटिभिटी नेपाल प्रालि हात्तीसारको माउ कम्पनी कोटिभिटी इन्क अमेरिका र त्यसका प्रतिनिधिलाई प्रतिवादी बनाइएको छ ।  

‘हालसम्मकै ठूलो करछली प्रकरणमा अनुसन्धान अन्तिम किनारातर्फ पुगेपछि कम्पनीले सरकारलाई भ्याट दाखिला गर्न सुरु गरेको छ,’ मध्यम करदाता कार्यालय स्रोतले सिधाकुरासँग भन्यो,‘ नेपालको कानुनमा रहेको छिद्रमा टेकेर कम्पनीले हालसम्म लिएको लाभ राजश्व अनुसन्धान विभागको अनुसन्धान पछि अन्त्य भएको छ। मुद्दाको अन्तिम किनारा लाग्नु अगावै कम्पनीले यस अघिका कमजोरी छोडीसकेको छ । ’ 

राजश्वको अनुसन्धान दायरामा आउनु अघीसम्म कम्पनीले आफ्नो सबै कारोबारलाई ‘अल एक्सपोर्ट’ भनेर विवरण दाखिला गर्ने गरेकामा फागुनमा भने ‘ट्याक्सेवल सेल’ अर्थात करयोग्य बिक्री भनेर मध्यम करदाता कार्यालयमा कारोबार विवरण पेश गरेको छ।

राजश्व अनुसन्धान विभागले सबै अनुसन्धान सकेर मुद्दा दायर गर्ने निश्चित भएपछि सो कम्पनी करको दायरामा आएको कार्यालय उच्च स्रोतले बतायो । सहायक कम्पनीमार्फत माउ कम्पनीलाई सेवा बिक्री गर्दा र अभिवृद्धि कर ऐन २०५२ प्रतिकुल हुने गरी अपव्याख्याका टेकेर हालसम्म भ्याट फिर्ता लगिरहेको थियो । तर, राजश्व अनुसन्धानको कारबाही संगै कम्पनीले नेपालमै माउ कम्पनी खडा गरेर कारोबार गर्न पनि सुरु गरेको छ ।    

राजश्वले मुद्दा चलाउने निश्चित भएपछि सो कम्पनीले आफूले नेपालमा गरेको कमजोरी सच्याउन सुरु गरेको अधिकारीहरूले बताएका छन् । यस अघि अमेरिकाको माउ कम्पनीको सहायक कम्पनीका रुपमा नेपालबाट सूचना प्रविधि सेवाको निर्यात गर्दै आएको कम्पनीले यस्तो कार्यमा कानुनको छिद्र देखिएको र कारबाही हुने निश्चित भएपछि सहायक कम्पनी खारेजी गरेर होल्डिङ कम्पनी दर्ता गरेर काम सुरु गरेको छ । 

५ अर्ब १८ करोड बढी राजश्व छलीको आरोपमा नेपालस्थित अमेरिकी सफ्टवेयर कम्पनी विरुद्ध मुद्दा दायर

‘कोटिभिटी नेपाल प्रालिलाई खारेज गरेर इन्फाइनाइट कम्प्युटर सर्भिस नामक माउ कम्पनी नै नेपालमा स्थापना भएर काम सुरु भइसकेको छ,’ कम्पनी रजिष्टार कार्यालय उच्च स्रोतले भन्यो, ‘कोटिभिटी नेपाल प्रालिको सबै कर्मचारी र सम्पत्ति मार्फत साबिककै स्थानमा कम्पनीले नयाँ माउ कम्पनीमार्फत काम सुरु गरिसकेको छ ।’ 

अनलाइनमा कोटिभिटी नेपाल प्रालि कै नाममा देखिने हात्तीसारको कम्पनीले पनि आफूहरू नयाँ कम्पनी इन्फाइनाइट कम्प्युटर सर्भिसेजको रुपमा आएको स्वीकार गरेको छ । कम्पनीका एक प्रतिनिधिले सिधाकुरासँग भने ‘जनशक्ति, कार्यालय र सम्पत्ति उही हो । तर, कम्पनी नयाँ भएको छ’ उनले थपे, ‘पहिलेको कोटिभिटी नेपाल प्रालि बिक्री भएको भन्ने जानकारी गराइएको छ ।’

तर, कम्पनी रजिष्ट्रार कार्यालय स्रोतकाअनुसार सो कम्पनीले उच्च अदालतमा मुद्दा दायर भएपछि खारेजी प्रक्रिया सुरु गरेको छ । मुद्दा परेको कम्पनी खारेज गरेर नयाँ माउ कम्पनीमार्फत सेवा निरन्तर गर्न कम्पनीले यसो गरेको र आफ्नो दायित्व कानुन बमोजिम पुरा गर्ने जानकारी पनि सरकारी निकायलाई गराइएको छ ।  

राजश्व इतिहासकै ठूलो कर चुहावट मुद्दा, तीन दर्जन बढी राजश्व अधिकृतमाथि पनि भ्रष्टाचारमा अनुसन्धान गर्ने निर्णय

आर्थिक वर्ष २०६१/६२ मा भेरिस्क हेल्थ इंक नामक कम्पनीको नाममा  कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौँमा दर्ता भएर सो कम्पनीले नेपालमा कारोबार थालेको थियो । दर्ता भएको पहिलो वर्ष ५ करोड ९२ लाख ६६ हजार ६८८ रुपैयाँ बराबरको कुल निर्यात बिक्री गरेको कम्पनीले १९ वर्षमा १० अर्ब ४२ करोड ७८ लाख २६ हजार ५८८  रुपैयाँ बराबरको निर्यात बिक्री गरेको थियो ।  जसबाट उसले कर कट्टीमार्फत नेपालबाट भ्याट फिर्ता मात्रै ५१ करोड ३४ लाख ९९ हजार रुपैयाँ पाएको थियो । 

यस्तै, नेपालमा स्थापना भएको १० वर्ष पछि कम्पनीले शेयर स्वामित्व परिवर्तन गर्न सुरु पाइएको थियो । शेयरधनी दर्ता किताबअनुसार भेरिस्क इन्फर्मेसन टेक्नोलोजिज् प्रालिको नाममा मिति २०७१/०९ /०६ मा शेयरधनी दर्ता किताबमा डिटु हकाई, इंक, मिति २०७१/ १२/ १३ मा शेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इंक र मिति २०७२/०३/०४ मा शेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इंक नाममा शेयर वृद्धि उल्लेख थियो । भर्सेन्ड टेक्नोलोजिज् प्रालिको नाममा मिति २०७५/०२/३० मा शेयरधनी दर्ता किताबमा भर्सेन्ड टेक्नोलोजिज् इंक उल्लेख भएको, कोटिभिटी नेपालको नाममा मिति २०७६/०५/२६ मा शेयरधनी दर्ता किताबमा कोटिभिटी इंक उल्लेख भएको देखिएको अनुसन्धानमा खुलेको थियो । 

राजश्व अनुसन्धान विभागकाअनुसार पटक पटक शेयर धनी परिवर्तन हुँदा पनि नेपालमा रहेको कम्पनीले यो सूचना लुकाएर स्वामित्व परिवर्तनमा लाग्ने कर छली गरेको थियो । 

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार सो कम्पनीले शेयर स्वामित्व परिवर्तनको सूचना लुकाएर आयकर ४१ करोड ६४ लाख १७ हजार ९६५ रुपैयाँ र मूल्य अभिवृद्धि कर ( भ्याट)  ४ अर्ब ७६ करोड ५८ लाख ४३ हजार ३३५ रुपैयाँ  राजश्व चुहावट गरेको पुष्टि भएको थियो । नेपालमा कम्प्युटर इन्जिनियरहरू मार्फत सफ्टवेयर निर्माण गर्ने सो कम्पनीमा अहिले ६ सय जना नेपाली इन्जिनियरहरू कार्यरत छन् । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सन्दीपले पाए सफाइ || SANDEEP LAMICHHANE || SIDHAKURA ||

  • सन्दीपले पाए सफाइ || SANDEEP LAMICHHANE || SIDHAKURA ||
  • नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङको धन्दा बालेन टिमले कसरी....
  • ...अनी हिरा थापाले घुस दिएको बिल मागिन् || SIDHAKURA ||
  • विश्वकपअघि अत्तालिएका सन्दीप, अदालतसँगको झिनो आश || Sandeep Lamichhane || SIDHAKURA ||
  • नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात र खुलासा (पीडितको पूरा बयान) || SIDHAKURA....
  • नक्कली भुटानी शरणार्थी पीडितको बयान : शरणार्थी बनाउन कांग्रेसकै सेटिङ थियो ||....
  • कतारका राजालाई विपिनका बाबु आमाको बिन्ती, ‘हाम्रो छोरा फर्काइदेउ’ || SIDHAKURA ||
  • बालेनले सजाएको महानगरको भित्ता || SIDHAKURA ||
  • पर्सामा मेयरकी श्रीमती, उपमेयरका श्रीमानदेखि तीन दर्जन बढी शिक्षक राजनीतिमा सक्रिय ||....
  • कोटिभिटी जोगाउन प्रधानमन्त्रीसमेतलाई झुटो ब्रिफिङ || SIDHAKURA ||
  • कोटिभिटी प्रकरण : निर्यातको विवरण नै फर्जी, कानुनको गलत ब्याख्या गराएर ढुकुटीबाट....
  • यसरी बनाउनुहोस् १ घण्टामै श्रम स्वीकृति || SIDHAKURA ||
  • बालेनमाथि कांग्रेसको घेराबन्दी : रोकियो दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स दिने कार्यक्रम -SIDHAKURA
  • धोबिखोला सिँगार्दै काठमाडौँ महानगर | Kathmandu Metropolis embellishing Dhobikhola area | SIDHAKURA....
  • ५ अर्ब १८ करोड राजश्व छल्नेको बचाउमा उत्रिएका वर्षमान पुन र गगन....
  • तस्करीविरुद्ध बोल्दा रिद्धि सिद्धि ज्वेलरीको व्यवसायिक हक खोसियो’ – नरेन्द्र कुमार गुप्ता
  • ५० को स्पिड क्रस ? होसियार ! तपाईलाई यी क्यामेराले खिचिरहेका छन्,....
  • किताब कसरी छापिन्छ ? || Process Of Book Making || SIDHAKURA ||
  • सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, किन बढ्दैछ मूल्य ? | Why does....
  • मिसन इलामः को होला सांसद ? || Mission Ilam: Who will be....
  • यसरी हुन्छ भिर मौरीको मह सिकार || THE THRILL OF MAD HONEY....
  • होलीको दिन ललितपुरको ढोलाहिटीमा जे भयो... || SIDHAKURA ||
  • मोदीलाई चुनौती बनेका केजरीवाल को हुन् ? के हो आरोप ? ||....
  • आमाको उद्धार कुवेतबाट बाँचेर आइन खगिसरा || SIDHAKURA ||
  • दुबइमा दुई तले बस चलाउने नेपाली चेली शान्ती || SIDHAKURA || The....

Current Affairs

म अवस्था परिवतर्न गर्न आएको हो....

  • म अवस्था परिवतर्न गर्न आएको हो : सुहाङ नेम्वाङ || SIDHAKURA ||
  • संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे || SIDHAKURA ||
  • Deleted video
  • कांग्रेसलाई आयोग चाहिएको हैन सरकार चाहिएको हो, त्यसैले अनेक तमासा गर्दैछ ||....
  • कांग्रेसका आफ्नै काण्ड खुल्ने डरले गृहमन्त्रीलाई बोल्न दिइएन – मनिष झा ||....
  • गृहमन्त्रीलाई बोल्न रोक्नु हुँदैन : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • देउवा, उनकी पत्नी आरजु र छोराको सम्पत्ति छानबिन नभएसम्म समिति बन्दैन ||....
  • रविले क्लिनचिट पाउने भएपछि कांग्रेसले षडयन्त्र रच्यो || Toshima Karki || SIDHAKURA....
  • सांसदमाथि आक्रमण गरेर कांग्रेसले दादागिरी मच्यायो || SIDHAKURA ||
  • हाम्रो अध्यक्षमाथी संसद्मै आक्रमण भयाे, कांग्रेस अलोकतान्त्रिक बन्याे || RAGHUJI PANT|| SIDHAKURA....
  • संसदमा लफडा, आक्रमणमै उत्रियो कांग्रेस || SIDHAKURA ||
  • गिरीबन्धु टी–स्टेटको जग्गा ओलीले बेचेका हुन्, कांग्रेसलाई दोष दिएछन् || SIDHAKURA ||
  • रविविरुद्ध खनिएका निकोलस रविसँगै माफी माग्न पुगेपछि... || Nicholous & Rabi ||....
  • नीति तथा कार्यक्रममा जनतामा आशा जगाउने धेरै कुराहरु आएका छन् : रवि....
  • विकट राक्सिराङको पीडा, दुई पटक म्याद थप्दा पनि पूरा भएन स्वास्थ्य चौकी....
  • राजतन्त्रको तुलनामा गणतन्त्रमा विकासले फड्को मारेको छः प्रधानमन्त्री प्रचण्ड || SIDHAKURA ||
  • हात पनि बाँध्दिने, बोल्न पनि नदिने मुख पनि थुन्दिने अनी किन डराएको....
  • दुर्गा प्रशाईको आलोचना गर्दा पूर्व डिएसपीलाई जुत्ताको माला || SIDHAKURA ||
  • सिप्रदी ट्रेडिङले काठमाडौँ महानगरलाई नयाँ भन्दै पुरानो टिपर बिक्री गर्ने गरेको खुलासा
  • अनलाइन सट्टेबाजीमा २ अर्ब बढीको कारोबार गर्ने एक जना पक्राउ || SIDHAKURA....
  • कांग्रेसले समिति हैन सरकार माग गरेको हो, जुन संभव छैन : महेश....
  • बङ्गलादेशमा एमबिबिएस पढ्नेहरुको लिस्ट कसरी गर्यो परिवर्तन ? || SIDHAKURA ||
  • नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली ||....
  • अस्थीरताका कारण विकास निर्माणको काममा अघि बढ्न सकेन : केपी ओली ||....
  • कांग्रेस सभामुखको भूमिकाप्रति असन्तुष्ट || SIDHAKURA ||