नेभिगेशन
सबै कुरा
सिधाकुरा फलोअप :

चौधरी समूहले स्वीकार्यो वाइवाइको गुणस्तरमा भएको कमजोरी, ८ सय ६९ कार्टुन चाउचाउ बजारबाट फिर्ता गरेर नष्ट

काठमाडौँ । चौधरी समूहले आफ्नो कम्पनीबाट उत्पादन भएको वाइवाइ चाउचाउको गुणस्तरमा भएको कमजोरी स्वीकार गरेको छ । 


Global Ime Bank

चाउचाउमा देखिएको कमजोरीबारे काठमाडौँ महानगरपालिकालाई पत्राचार गर्दै सीजी फुड्स नेपाल ललितपुरले गुणस्तरहीन त्यस्ता चाउचाउ बजारबाट फिर्ता ल्याएको र नष्ट गरेको जानकारी गराएको हो ।

केही समयअघि आएको पत्र बुझेका महानगरका एक अधिकारीले अहिले सीजीले उक्त चाउचाउ नष्ट गरेको जानकारी दिएको सिधाकुरालाई बताए । 

‘सीजीले आफ्नो चाउचाउको गुणस्तरमा भएको कमजोरी स्वीकार गरेको छ,’ महानगरका ति अधिकारीले भने, ‘बजारबाट ८ सय ६९ कार्टुन चाउचाउ फिर्ता ल्याएर नष्ट गर्ने प्रक्रिया सुरु भएको महानगरलाई जानकारी गराएको छ । ति चाउचाउ नष्ट भइसक्यो भन्ने छ ।’ 

सीजी चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्सले उत्पादन गर्ने चिकेन फ्लेभरको वाइवाइ चाउचाउ ब्याच कोड एएलरवाइएल २३, सीएचएआई, २०८० को चाउचाउ बजार अनुगमनमा गुणस्तरहीन पाइएको महानगरले पत्ता लगाएको थियो ।

‘श्रीमान् समक्ष यो जानकारी गराउन चाहन्छु कि ब्याच कोड एएलरवाइएल २३, सीएचएआई, २०८० को गुनासो प्राप्त भएको चाउचाउ डिलर मार्फत ८६९ कार्टुन भैँसेपाटीस्थित चाउचाउ कारखानामा फिर्ता ल्याइसकेको र चाउचाउलाई नष्ट गर्ने प्रकृयामा लागिसकेको व्यहोरा जानकारी गराउँदछौँ,’  सीजी फुड्सका प्रबन्धक रबिन्द्र तुलाधरले महानगरलाई लेखेको पत्रमा उल्लेख छ । 

चौधरी समूहले पत्रमार्फत महानगरलाई चाउचाउमा कैफियत देखिनुमा आफ्नो प्रविधिले राम्रोसँग काम नगरेको र चाउचाउ फ्राइ गर्ने तेलको तापक्रम बढेको स्वीकार गरेको छ । साथै उसले चाउचाउमा ट्वीन प्याकेटबाट मसला चुहिएको र त्यसले ढुसी जस्तो देखिएको हुनसक्ने बताएको छ ।

‘चाउचाउको रङ्ग गाडा हुनुमा ‘टेम्प्रेचर प्रोब’ ले सही समयमा सही तापक्रम नदेखाउँदा चाउचाउ थोरै गाढा रङ्गको हुन गएको, तेलको तापक्रम बढेको र सीसोनिङ ट्वीन प्याकेटबाट मसला चाउचाउको केकमा पोखिएको हुँदा ढुसी लागेको जस्तो देखिएको छ,’ सीजी फुड्सले चाउचाउको गुणस्तर फेल हुनुको कारणबारे पत्रमा भनेको छ ।   

साथै, उसले गुणस्तर सुधारका लागि प्यारामिटर मापदण्डलाई कडाईका साथ पालना गर्ने, तेलको तापक्रम मात्रै नभई तेलको गुणस्तरलाई नै उच्च प्राथमिकतामा राख्ने र चाउचाउको गुणस्तरमा शङ्का लागे तत्काल निर्णय गरी गुणस्तरहीन चाउचाउ उपभोक्तासम्म पुग्न रोकिने प्रतिबद्धता पनि महानगर समक्ष गरेको छ ।    

२०८१ वैशाख १२ गते महानगरले चौधरी समूह अन्तर्गतको सीजी फुड्सलाई न्यून गुणस्तरको वाइवाइ चाउचाउ उत्पादन गरेको भन्दै २ लाख रुपैयाँ जरिवाना गरेर सो ब्याचको उत्पादन बजारबाट फिर्ता लैजान निर्देशन दिएको थियो ।

गुणस्तर परीक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु नेपाल राजपत्रको गुणस्तर भन्दा अधिक रहेको पाइएको थियो । 

चाउचाउमा प्रयोग गरिने एसिड भ्यालु अफ एक्स्ट्रयाक्टेड फ्याट एनएमटी १ एम जी हुनुपर्नेमा चाउचाउमा १३।९३४ मिलिग्राम एसिड भ्यालु भेटिएको महानगरको बजार अनुगमन समितिले गरेको गुणस्तर जाँचमा पुष्टी भएको थियो । 

त्यसको भोलिपल्टै सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हचुवाको भरमा वाइवाइ चाउचाउको गुणस्तरबारे गलत हल्ला फिजाएर लगानीको वातावरण बिगारेको आरोप लगाएका थिए । त्यसको प्रतिवाद गर्दै महानगरका मेयर बालेन्द्र शाहले ल्याब रिपोर्टका आधारमा आफूहरुले वाइवाइलाई कारबाही गरेको बताएका थिए । तर, अहिले वाइवाइ आफैँले आफ्नो गुणस्तरमा रहेको कमजोरी स्वीकार गरेर सुधार गर्ने प्रतिबद्धता जनाएको हो ।

सम्बन्धित समाचार :

BREAKING : वाइवाइ चाउचाउको गुणस्तर फेल, चौधरी ग्रुपलाई जरिवाना र चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन

बिनोद चौधरी र वाइवाइको गुणस्तरविरुद्ध बोल्नेलाई धमाधम गाली बेइज्जती मुद्दा, २ वर्ष कैद र ५ करोड क्षतिपूर्ति दावी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल–चीन कतै परेको छैन पानी, कहाँबाट आयो रसुवागढीमा बाढी ?

नेपाल–चीन कतै परेको छैन पानी, कहाँबाट आयो रसुवागढीमा बाढी ?

“रासुवामा सोमबार आएको बाढीको खास कारण पहिचान गर्न अझै समय लाग्नेछ, तर प्रारम्भिक अनुसन्धानबाट उक्त बाढी अत्यधिक वर्षाका कारण आएको थिएन । मौसमी बादलको आवरण हटेपछि मात्रै उपग्रह...
समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

प्रहरी पुग्दा बाँसका भाटाले बारेको, खरले छाएको एक टहरामुनि ४ जनाको बीभत्स हत्या गरेको भेटियो । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको थियो, त्यहीँबाट बगेको रगतले घटनास्थल रक्ताम्मे...
बेइमानहरु ! कानुन मै किर्ते ?

बेइमानहरु ! कानुन मै किर्ते ?

बेइमानहरु ! कानुन मै किर्ते ? || Cooling Period: Parliament Betrayal Exposed
सीसीटीभीले उजागर गरेको एउटा षड्यन्त्र !

सीसीटीभीले उजागर गरेको एउटा षड्यन्त्र !

करिब ३/४ जनाको समूहमा आएका प्रहरी सिधै श्यामको छेउमा पुगेर पारिपट्टि राखिएको रातो मोटरसाइकललाई देखाउँदै त्यो कसको मोटरसाइकल हो ? भन्दै सोध्छन् । श्यामले उक्त मोटरसाइकल आफ्नो भएको...

भर्खरै